TSC Model set 71

TSC Model set 71

TSC Model set 71

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

 माध्यमिक  तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 71 (50x2 = 100)

 

 

1. नेपाल तिब्बतबीच थापाथली सन्धि कहिले भएको थियो?

क. वि.सं १९१०

ख. वि.सं १९११

ग. वि.सं १९१२

घ. वि.सं १९१३

 

 

2. डङ्गुवा प्रथा कुन जातिमा प्रचलित छ?

क. लिम्बू

ख. राई

ग. राजवंशी

घ. धिमाल

 

 

 

3. 'डम्बरसाई', 'गोलसाई, 'चिवेसाई', 'साउने' के सँग

क. मकै

ख. धान

ग. चिया

घ. अलैची

 

 

 

4. नेपाल वायुसेवा निगमको स्थापना कहिले भएको हो?

क. २०१३ असार १८

ख. २०१३ साउन १८

ग. २०१४ असार १८

घ. २०१४ साउन १८

 

 

 

5. पन्धौ योजना (आ.व.०७६/७७-०८०/८१) को अन्त्य सम्ममा कति प्रतिशत नागरिकमा आधारभूत खानेपानी सेवा पुर्याउने लक्ष्य छ?

क. ८९ प्रतिशत

ख. ९३ प्रतिशत

ग. ९७ प्रतिशत

घ. ९९ प्रतिशत

 

 

 

 

6. शुद्ध पानीको pH Scale कति हुन्छ?

क. Ph5

ख. Ph6

ग. Ph7

घ. Ph8

 

 

 

7. ओजन तह पातलिदै गएको तथ्य सर्वप्रथम प्रकाशमा ल्याउने वैज्ञानिक को हुन?

क. जोसेफ फरियर

ख. सेरउड रोल्याण्ड

ग. मार्टिन कायाप्रोथ

घ. अलेक्जेण्डर फ्लेमिङ

 

 

 

 

8. संयुक्त राष्ट्र संघको वडापत्र (UN Charter) मा कति धारा छन्?

क. १०१

ख. १०९

ग.१११

घ. १२१

 

 

 

 

9. बिमस्टेक को सचिवालय कहाँ रहेको छ ?

क. बंगलादेश

ख. म्यान्मार

ग. श्रीलंका

घ. थाइल्याण्ड

 

 

 

 

 

 

 

10. विवाहका लागि बर र बधुको उमेर कति वर्ष पुगेको हुनुपर्छ ?

क. १७ वर्ष

ख. १८ वर्ष

ग. २० वर्ष

घ. २२ वर्ष

 

 

 

11. १३ औं दक्षिण एसियाली खेलकुद (साग), २०१९ कुन देशमा आयोजना भएको थियो?

क. नेपाल

ख. भारत

ग. बंगलादेश

घ. पाकिस्तान

 

 

 

12. मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना कुन जिल्लामा सञ्चालित छ?

क. ललितपुर

ख. काभ्रेपलान्चोक

ग. सिन्धुपाल्चोक

घ. रसुवा

 

 

 

13.शिक्षाको व्यक्तिगत उद्देश्यले कुन कुरालाई जोड दिन्छ ?

क. सिकारुको चाहना, तयारी र आवश्यकतामा

ख. व्यक्तिको योग्यता, क्षमता र चाहना

ग. अन्तरनिहित प्रतिभाको प्रस्फुटन

घ. माथिका सबै

 

 

 

14. मानव विकासमा पुरानो स्वरुप हराउदै नया स्वरुपको अधिग्रहण गर्ने कार्य तलका मध्ये कुनमा

निर्भर गर्दछ?

क. वातावरण

ख. परिपक्वता

ग. सिकाइ

घ. माथिका सबै

 

 

 

15. सिकाइको स्थानान्तरणमा तलकामध्ये कुन तत्वमा तलका मध्ये कुन पर्दछ?

क. बौद्धिक क्षमता

ख. संवलन/पुनर्वल

ग. अर्थपूर्णता

घ. पृष्ठपोषण

 

 

 

16. मास्लोको आवश्यकता सिद्धान्तअनुसार शारीरिक आवश्यकताहरु प्रथम श्रेणीमा पर्दछन् भने अन्तिम आवश्यकताका रुपमा तलको कुन पर्दछ?

क. सुरक्षात्मक आवश्यकता

ख. आत्मसम्मान

ग. स्वकार्य/आत्मसाक्षातीकरण

घ. प्रेम

 

 

 

17. मनोवैज्ञानिक थर्नडाइकले सन् १९१३ मा आफ्नो प्रयत्न र भूल सिद्धान्तका नियमका रुपमा प्राथमिक र नियमहरु प्रतिपादन गरेकोमा ठूलो आलोचना आएपछि उनले सिकाइका प्राथमिक नियममा सन् १९३० मा परिवर्तन गरे । ती परिवर्तित नियममा तलको कुन पर्दछ?

क. प्रभावका नियम (Law of effect)

ख. अभ्यासको नियम (Law of practice)

ग. तयारीको नियम (Law of readiness)

घ. माथिका सबै

 

 

 

18. पाठ्यक्रममा शिक्षणको उद्देश्य कस्तो हुनुपर्दछ?

क. व्यापक र विस्तृत

ख. सामान्य र विशिष्ट

ग. विशिष्ट र  व्यावहारिक

घ. अर्थपूर्ण र प्रभावकारी

 

 

 

 

19. विद्यालय तहको पाठ्यक्रम र पाठ्यपुस्तकहरुको निर्माण गर्ने काममा औपतारिक व्यवस्थित थालनी कुन हो?

क. पाठ्यक्रम विकास केन्द्रको स्थापना २०२८

ख. पाठ्यक्रम, पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्र २०३६

ग. सर्वाङ्गीण राष्ट्रिय शिक्षा समिति २०१८

घ. शिक्षा ऐन, २०१९

 

 

 

20. सूचना तथा सञ्चार प्रविधि नीति २०७२ ले सन् २०२० सम्ममा कति प्रतिशत नेपालीलाई डिजिटल रुपमा साक्षर बनाउने नीति लिएको छ ?

क.६०%

ख. ७०%

ग. ७५%

घ. ९०%

 

 

                 

21. 'विद्युतीय सूचना तथा सञ्चार प्रविधिमा आधारित सामग्री विकासमा जोड दिइने छ ।' भन्ने दस्तावेज कुन हो?

क. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६

ख. पन्ध्रौ योजना २०७६-०८१

ग. राष्ट्रिय शिक्षा नीति, २०७६

घ. आधारभूत शिक्षा पाठ्यक्रम, २०७६(कक्षा १-३)

 

 

 

22. राष्ट्रिय साइबर सुरक्षा नीति, २०७३ कसको प्राविधिक सहयोगमा नेपाल दूर सञ्चार प्राधिकरणबाट तयार पारिएको हो?

क. नेपाल सरकार

ख. सूचना तथा सञ्चार मन्त्रालय

ग. अन्तराष्ट्रिय दुर सञ्चार संघ

घ. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

 

 

 

 

23. नेपालको संविधान, २०७२ सँग सम्बन्धित तलका कथनका जोडा मिलाउनुहोस् ।

i.शिक्षा सम्बन्धी हक           १.धारा ३०

ii.बालबालिकाको हक           २.धारा ३१

iii. महिलाको हक              ३. धारा ३५

                                   ४. धारा ३८

                                   ५. धारा ३९

                                    ६. धारा ४०

क. i-(१), ii. -(२), iii. -(३), iv. -(४)

ख. i. -(२), ii. -(३), iii. -(४), iv. -(५)

ग. i. -(४), ii. -(३), iii. -(२), iv. -(१)

घ. i. -(२), ii.-(५), iii.-(४), iv.-(१)

 

 

 

24. नेपालको संविधान, २०७२ अनुसार प्रदेश सरकारको कार्य क्षेत्रमा शिक्षासम्बन्धी कुन अधिकार पर्दछ?

क. उच्च माध्यमिक र विश्वविद्यालय शिक्षा

ख. प्रदेश विश्वविद्यालय र उच्च शिक्षा

ग. उच्च शिक्षा र प्राविधिक शिक्षा

घ. विद्यालय शिक्षा र उच्च शिक्षा

 

 

 

25. विद्यालयका शिक्षकलाई नसिहत दिने वा दुई तलब वृध्दि रोक्का गर्ने सजय कसले गर्न सक्छ ?

(क) प्र.अ. ले

 (ख) व्यवस्थापन समितिले

(ग) स्थानीय तह, शिक्षा प्रमुखले

(घ) शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले

 

 

 

26. कस्तो अवस्थामा कुनै पनि शिक्षक बढुवाका लागि योग्य मानिदैन ?

क. निलम्बन भएको अवधिभर

ख. बढुवा रोक्का भएको अवधिभर

ग. तल्लो पदमा घटुवा भएको मितिले २ वर्ष र ग्रेड रोक्का भएको मितिले एक वर्ष

घ. माथिका सबै अवस्थामा

 

 

 

27. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ व्यवस्थापिका संसदले संविधानको कुन धारा प्रयोग गरी बनाएको हो?

क. धारा २९६

ख. धारा २६९

ग. धारा २८७

घ. धारा २७८

 

 

 

28. दैनिक कार्ययोजना भन्नाले के बुझिन्छ?

क. दैनिक कार्यतालिका (रुटिन)

ख. साप्ताहिक कार्यतालिका

ग. कुनकुन विषय कति समय दिएर कसले कतिखेर शिक्षण गर्ने योजना

घ. माथिका सबै

 

 

 

 

29. प्रवचन विधिको वेफाइदामा कुन पर्दैन?

क. शिक्षणबाट प्रदान गरिएका ज्ञान सिप छिटै विर्सने

ख. कमजोर विद्यार्थीलाई बुझ्न कठिन हुने

ग. कक्षा जीवन्त र विद्यार्थी केन्द्रित नहुने

घ. थोरै समयमा धेरै जानकारी प्रदान गर्न सकिने

 

 

 

 

30. कुनै एउटा परिस्थितिबाट सिकेको सिकाइले अर्को कुनै ठाउँमा वाधा सिर्जना गर्ने खालको स्थानान्तरणलाई के भनिन्छ ?
A) सकारात्मक स्थानान्तरण
B) नकारात्मक स्थानान्तरण
C) शुन्य स्थानान्तरण
D) विस्मरण

 

 

31. कक्षाकोठा व्यवस्थापन अन्तर्गत विद्यार्थी व्यवस्थापनमा तलको कुन पर्दैन?

क. शिक्षक-अभिभावक सम्पर्क व्यवस्थापन

ख. कक्षाकोठामा उपयुक्त शैक्षिक वातावरण सिर्जना

ग. कक्षाकोठाको सजावट र शिक्षण

घ. समूह विभाजन र शिक्षण

 

 

 

32. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ मा भएको प्रावभान अनुसार तलका भनाइका आधारमा सही उत्तर छान्नुहोस् ।


1. विद्यालय शिक्षाको गुणस्तर प्रवर्धनका लागि शिक्षकलाई अध्यापन अनुमतिपत्र र तालिम अनिवार्य हुने छ ।


2. विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विषयगत अध्यापन अनुमतिपत्रसहितको व्यवस्था गरी विद्यमान अध्यापन
अनुमतिपत्रको व्यवस्थालाई थप गरी कार्यन्वयन गर्दै लगिने छ।


3. शिक्षकको पेसागत विकासलाई स्तरीय, प्रयोगमुखी, मूल्यमा आधारित, गुणमा आधारित, अन्तर विषय सम्बन्ध (Inter- subject relation) स्थापित हुने गरी एवम् मागमा आधारित हुने गरी व्यवस्थित गरिने छ।


क. 1&2ठिक
ख.2&3 ठिक
ग. 1&3 ठिक
घ. 1,2&3 ठिक

 

33. ELFA, GLHA, ILJA, _____, MLNA

 

क.OLPA

ख.KLMA

ग.LLMA

घ.KLLA

 

 

 

34. B: 16::D:?

क.-200

ख.256

ग.220

घ.150

 

 

 

35.दुई धाराहरु A र B ले कुनै एक टंयाक क्रमशः 10 घण्टा र 15 घण्टामा भर्दछन् । तेसो धारा C ले पुरै भरिएको सो टंयाकलाई 12 घण्टामा खाली बनाउछ । यदि तिनै धाराहरु एकपटक चलाइयो भने टंयाक कति समयमा भरिन्छ?

क.8 घण्टा

ख.10 घण्टा

ग.12 घण्टा

घ.15 घण्टा

 

 

 

36. अहिले रामका दुबै छोराको उमेरको योग 38 छ | 10 वर्ष पहिले तिनीहरुको उमेरको अनुपात 2 :1 भए हालको उमेर कति कति होला?

क.25 वर्ष र 13 वर्ष

ख.20 वर्ष र 18 वर्ष

ग.22 वर्ष र 16 वर्ष

घ.23 वर्ष र 15 वर्ष

 

 

 

37. यदि POPULAR कोड QPQVMBS हो भने FZLD को कोड के हुन्छ?

क.NAME

ख.GAME

ग.FAME

घ.SAME

 

 

 

38. Which one will replace the question mark ?

 

क. 12

ख. 1

ग. 31

घ. 14

 

 

 

39. Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.

 

क.1

ख.2

ग.3

घ.4

ङ.5

 

 

 

40.कुनै निश्चित ठाउँबाट हरिबहादुर बिहान 07:00 बजे पाँच (5) कि.मि. प्रति घण्टाको गतिमा पूर्व दिशामा हिँड्न शुरु गरेछन् । त्यहि नै ठाउँबाट उहि दिशामा मदनबहादुर बिहान 08:00 बजे दश (10) कि.मि. प्रति घण्टाको गतिमा हिंड्न शुरु गरेछन् भने, हरिबहादुर र मदनबहादुरको भेट कति बजे हुन्छ?

क.08:30

ख.09:00

ग.09.30

घ.10:00

 

 

 

41. कुनै पनि वस्तुको तापक्रम, चाप, करेन्ट आदि मापन गर्ने कम्प्युटरको प्रकारलाई के भनिन्छ?

क. एनालग कम्प्युटर

ख. डिजिटल

ग. हाइब्रिड कम्प्युटर

घ. सुपर कम्प्युटर

 

 

 

 

42. शिक्षण सिकाइ प्रक्रियामा आइपर्ने सञ्चारको भौतिक अवरोधमा तलको मध्ये कुन पर्दैन ?

क. दूरी (टाढा-नजिक)

ख. वैयक्तिक कमजोरी

ग. होहल्ला

घ. भौतिक सुवधिाको कठिनाइ

 

 

 

43. यम (Pluto) लाई ग्रहको मान्यताबाट कहिले हटाइयो?

क. सन् २००५

ख. सन् २००६

ग. सन् २००७

घ. सन् २००८

 

 

 

44. समूह I र समूह II बीच जोडा मिलाउनु होस् र कोडबाट सही उत्तर छान्नुहोस् ।

समूह ।                              समूह II

a.सुर्यबाट सबै भन्दा नजिकको ग्रह    1. शुक्र (Venus)

b.ग्रह                                       2. बरुण (Neptune)

c.सर्युबाट सबै भन्दा टाढाको ग्रह     3. मंगल (Mars)

d.सबैभन्दा तातो ग्रह                 4. बुध (Mercury)

 

क. a4,b3,c2,d1

ख. a4,b3,c1,d2

ग. a4,b3,c2,d1

घ. a4,b3,c2,d3

 

 

 

 

45. एसियाको सबैभन्दा लामो नदि कुन हो ?

क. इन्दस

ख. याङ्जे

ग. ब्रम्हपुत्र

घ. नाइल

 

 

 

46. पृथ्वी आफ्नो अक्षमा कति डिग्री कोण पारेर ढल्किएको छ?

क. ६६-१/२ डिग्री  

ख. ६५-१/२  डिग्री

ग. ६४-१/२  डिग्री

घ. ६३-१/२ डिग्री

 

 

 

47. पुमोरी हिमाल कुन हिश्रृंखलामा पर्दछ ?

क. कञ्चनजङ्गा

ख. मकालु

ग. महालङ्गुर

घ. रोल्वालिङ

 

 

 

48. आर्थिक दृष्टिकोणले महत्तवपूर्ण मानिएको जङ्गल कुन हो ?

क. उष्ण प्रदेशशीय सदावहार जङ्गल

ख. समशितोष्ण पतझर जङ्गल

ग. समशितोष्ण कोणधारी जंङ्गल

घ. लेकाली वनस्पति

 

 

 

49.समूह I र समूह II बीच जोडा मिलाउनु होस् र कोडबाट सही उत्तर छान्नुहोस् ।

समूह ।                      समूह ॥

क. शरद ऋतु                    1. चैत्र-वैशाख

ख. हेमन्त ऋतु                   2. असोज-कार्तिक

ग. शिशिर ऋतु                  3. मंसिर-पुस

घ. वसन्त ऋतु                   4. माघ-फागुन

क. a4,b3,c2,d1

ख. a3,b4,c2,d1

ग. a3,b4,c1,d2

घ. a2,b3,c4,d1

 

 

 

50. कुमारी बनाइ पूजा गर्ने चलन कसले चलाएका हुन्?

क. नरेन्द्रदेव

ख. गुणकामदेव

ग. अंशुवर्मा

घ. धर्मदेव



  • Reviews (1)
  • ambikadanga
  • 4 Years, 2 Weeks ago

gd

Leave a review

To leave a review, please login to your account. Login