होम क्वारेन्टाइनमा SEE तयारी गरिरहेका विद्यार्थीलाई एक शिक्षकको खुलापत्र

होम क्वारेन्टाइनमा SEE तयारी गरिरहेका विद्यार्थीलाई एक शिक्षकको खुलापत्र

प्यारा भाइबहिनीहरु
असिम शुभकामना !

सहृदयी शिक्षकको नाताले भाइबहिनीहरुलाई देशको बिषम परिस्थितिका बाबजुद रोकिएको एसईई  परीक्षाको सफलतामा थप प्रेरणा पुग्न सकोस् भन्नका खातिर सामाजिक सञ्जाल मार्फत २/४ शब्द लेख्न गइरहेको छु । भाइबहिनीहरु समय र परिवेश सधैं हामी र हाम्रो वशमा रहन्न, यो सत्य हो । अनुकुल परिस्थितिमा  सहजताका साथ अगाडि बढ्न सकिन्छ नै तर प्रतिकुल परिस्थितिका चूनौति सामना गर्दै अगाडि बढ्नु चाहिँ हाम्रो महानता हो । हामी अहिले पक्कै पनि हाम्रो स्वास्थ्य प्रति संवेदनशील बनेका छौं । किनभने जीवन रहेमात्र  भोलि अरु सब होला ........?

 तिमीहरु अहिले अन्यौलमा छौं शायद म भएको भए पनि हालत उहि नै हुने थियो । आफ्नो भविष्यको  सपना कसरी साकार पार्ने ? चिन्तित पटक्कै नबन, सोच यो समय ममा रहेकोे अपूर्णतालाई पूरा गर्छु, म भित्रको भुत्तेपनलाई धारिलो बनाउँछु, मेरो अधकल्चोपनलाई सबल तुल्याउँछु । आफ्ना धेरै अष्पस्टतालाई चिर्छु, मन्थन गर्छु र निष्कर्षमा पुग्छु । राज्य तिमी अबोध वालवलिकाको भविष्य निर्धारण गर्ने परीक्षा तयारीको उपयुक्त समय खोजिरहेछ । विश्वको ध्यान अहिले कोरोना भाइरस ( कोभिड–१९) तर्फ मोडिएको छ ,त्यसबाट हामी पनि अछुतो छैनौं, कैयन नेपाली दाजुभाई पनि यसको पिडाबोध गरिरहेछन् । साथै यो समस्याबाट हामी पनि टाढा रहन सक्दैनौं । सजगता अपनाउन हामीले ध्यान दिनुपर्छ । सरकारद्वारा घोषित लकडाउन कार्यक्रमलाई पूर्णरुपले पालना गरौं, स्वीकार गरौं । भाइबहिनीहरु जीवन र जगत धेरै लामो हुन्छ, कठिन हुन्छ र चूनौतिपूर्ण पनि रहन्छ । यस सवालमा हामीमा विवेचनात्मक चिन्तन, सहकार्य र सम्प्रेषण जस्ता कुराको बोध हुनु जरुरी छ ।

मेरो मन्थन धेरै लामो भयो होला किनभने म पनि त खाली समय सदुपयोगको खोजिमा त छु नि । अनि आफ्नो बालापनलाई नियाली रहँदा आफ्नो कडा मेहनतका बाबजुद पनि राम्रो सफलता प्राप्त हुन नसकेको पिडाबोध मलाई छ, साथै अहिलेको समय जुन तिमीहरुको छ त्यो नै जीन्दगीको सबभन्दा महत्त्वपूर्ण हुने रहेछ भन्ने अनुभूत मैंले अहिले आएर गरेको छु । त्यसैले भाइबहिनीहरुलाई संवेदनशील हुनमात्र आग्रह गरेको हुँ ।

यो अवधिमा राज्य तिम्रो पढाइप्रति थप क्रियाशिल रहेको छ । तिम्रो पढाइको गति नरोकियोस् भनेर छोटो अवधिमा नै तिमीलाई सहयोग पुग्ने थुप्रै सामाग्री तयार गरी जानकारीको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ध्भदकष्मभ मा राखिदिएको छ । त्यहाँ सबै विषयका सबै विषयबस्तु तिमीले पाउने छौ । अवश्य नेटवर्कको पहुँचमा छौ होला ? डाउनलोड गर हेर छलफल गर साथीलाई शेयर गर । जसरी पनि आफ्नो अध्ययनलाई निरन्तरता देऊ । सामाजिक सञ्जालको उपयोग गर तर सही ठाउँमा मात्र ।

भाइबहिनीहरु म तिमीहरुको पिडा राम्ररी बुझ्छु किनकि म आखिर तिमीहरुकै गुरु तथा एउटा अभिभावक न परें । विद्यालयको एउटा तह पार गर्दै गर्दाका तिम्रा ती तिता मीठा भावना तथा अनूभुतिहरु मैंले जानेरै झल्झली नियालीरहेको छु । तिमीहरु कति गरीबीमा छट्पटिएयौ,कति वेदनामा जल्यौ, कतिले असल अभिभावकको मायाको अनूभुति गर्न पायौ, कतिले पाएनौं अनि कतिले विद्यालयबाट सहि दिशा निर्देश पायौ र कतिले पाएनौ होला । विद्यालयबाट तिमीले अपेक्षा गरेका कति विषय विद्यालयले बुझ्यो होला कति बुझेन होला । अब तिमी त्यता तर्फ नजाऊ । सिक्ने र सिकाउने कुरा दुबै कठिन विषय हुन् । तिनका वरिपरि धेरै विषय लुकेर रहेका हुन्छन् ।

सिक्ने चाहना, सिक्ने थलो, सिक्ने विषय,सिकाइ वातावरण, सिकाइ शैली, विधि,सिकाइ व्यवहार, अनि चाहाना, तत्परता आदि आदि । विगतमा तिमी हामीले यस कुरामा कति ध्यान दियौं या दिएनौं , आफ्नै ठाउँमा छ, शायद विद्यालयलाई उत्कृष्ठ नतिजा मात्र चाहियो होला, जसका कारण विद्यालयको नाम चलोस्, तिम्रा अभिभावकलाई सधैं राम्रो ग्रेड मात्र चाहियो होला ,जसले अभिभावकको शिर उच्चो रहोस् तर त्यसबेला तिम्रो अपेक्षा के छ ? तिम्रो अप्ठ्यारो के हो ? कसैले सोधेन होला बुझेन होला , कति हामीले पस्केका विषय तिमीले बुझेनौं होला, तिम्रो स्तर हामीलाई थाहा भएन होला ,तिम्रो समस्या तिम्रा अभिभावकले बुझिदिएनन् होला तिमीले पनि त बुझाउन सकेनौ होला नि ?

प्यारा भाइबहिनीहरु , हामी बिच अवसर र चूनौति दुबै आएका छन् । हामीले हाम्रा विगतका कमी कमजोरी सूधारेर अगाडि जानुको विकल्प छैन् । हाम्रो काँधमा सिँङ्गो मुलुकको जिम्बेवारी छ । हामीले हाम्रो भविष्य कस्तो बनाउने यो उपयुक्त समय हो । तसर्थ हामी आफ्नो आफ्नो ठाउँबाट राष्ट्रको विकराल समस्या समाधानमा सहयोग पु¥याउँदै अध्ययन कार्यलाई निरन्तरता दिंदै अगाडि बढ्औं ।


 भबतुः सर्व मंगलम् ।


लेखक गोकुण्डेश्वर बालमन्दिर मावि धनकुटा – ५ का शिक्षक  हुन् ।



  • Reviews (2)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

  • tejbknp39
  • 5 Years, 8 Months ago

So sweet suggestion, sir...Impressive thoughts..

Leave a review

To leave a review, please login to your account. Login