शत्रु किन ठूलो मित्र भन्दा ? एक मार्मिक पत्र .....

शत्रु किन ठूलो मित्र भन्दा ? एक मार्मिक पत्र .....

प्रिय बिध्यार्थी ,


मलाई जाती छ,सायद तिमीहरुलाई पनि जाती नै छ। तिमिहरु सोध्ने गर्थ्यौ नि सर मित्र ठूलो कि सत्रु भनेर? मैले भन्ने गर्थे नि शत्रु ठूलो, यदि तिमी प्रगती चाहन्छौ भने, अनि तिमीहरु मलाई जिज्ञासापुर्ण नजरले हेर्ने गर्थेयौ।आज म बताउन गैरहेको छु । प्रीय बाबू नानिहरु, शत्रु जस्लाई अङ्ग्रेजीमा enemy भनिन्छ। यसलाइ दुश्मन ,अरुको कुभलो सोच्ने पनि भनिन्छ। शत्रु किन ठूलो मित्र भन्दा? फेरि पनि तिमिहरुको मनमा कौतुहुलता जाग्न सक्छ। जसले नजिक बाट तिम्रो सुक्ष्म भन्दा सुक्ष्म गल्तिहरु ,कमजोरीहरु नियालि रहेको ब्यक्ति मित्र हुन सक्दैन, मित्रले त तिम्रो कमि कमजोरी ढाकछोप गरेको हुन्छ। जसरी आफ्ना बाबुआमाले आफ्ना सन्तानका कमि कमजोरीहरु लुकाउने प्रयत्न गरिराख्नु भएको हुन्छ नि। तर शत्रुले तिम्रा हरेक कमजोरीहरु पहिचान गरि उजागर गरिदेको हुन्छ।

अब चुरो कुरो शुरु गर्छु बाबू नानीहरु अल्छी नमानी पढ्नु। हुन त लामो लाग्न सक्छ यो पत्र नि तिमिले भन्दा पहिले मेरो प्रीय शत्रुले पढिसक्छ्न। म मेरो आमाको कोखमा जब देखि थिएं, छोरा हुन्छ कि छोरी हुन्छ भनेर चिन्ता मेरो आमाको शत्रुलाइ हुन्थ्यो रे। अनि मेरो बुबाले कसरी पाल्दो रहिछ ,कसरी कहाँ पडाउदो रहिछ भन्ने चिन्ता हुन्थ्यो रे मेरो बुबाको शत्रुलाइ।


आमा दिनभरी मेलापात जादा,बुबा नोकरीमा जाँदै गर्दा म दिन भरी बोराको झलुङोमा हुँदा रोइर्हेको सुन्नी मेरो आमाको शत्रु हुन्थिन रे,के खायो होला ? कसरी छाडेर जान सकेको होला भनी चिन्ता गर्थिन रे।


बुबाको पुरानो लामो सिट भाको साइकलको चिन्ता गर्ने बुबाको शत्रु हुन्थ्यो रे।दशै तिहार जस्ता चाड्बाड आउँदा उनै शत्रुलाइ पहिले पिर पर्थ्यो रे ,नयाँ लुगा ल्याउछ कि नाइँ ,खसी काट्छ कि नाइँ भनी चिन्ता गर्थे रे। म बिस्तारै ठूलो हुँदै गएं ।अब मेरो नि शत्रु हुँदै गए म कक्षामा पहिलो,दोश्रो हुन्थे। जती कक्षा बड्दै गैयो त्येती शत्रु बड्दै गए।


मैले के खान्छ,के लाउछ,परिक्षामा के हुन्छ? कस्तो केटि बिहे गर्छ भन्ने चिन्ता गर्ने त मेरो प्रीय शत्रु नै थिए।अनि कति सम्म पड्छ,के जागिर खान्छ,कुन तहमा जागिर खान्छ,कति पैसा कमाउछ भन्ने चिन्ता मेरो प्रीय शत्रुलाइ मात्र हुन्थ्यो।


एक्दिन मेरो घर बन्दा हुँदा ,बत्ती नबल्दा उसलाइ चिन्ता हुन्छ,मैले एक्दिन फेसबुक मा स्टाटस नहाल्दा उसैलाई चिन्ता हुन्छ। मैले के खायो होला,कस्तो भिडियो बनाउछ होला भन्ने चिन्ता मेरो प्रिये शत्रुलाइनै हुन्छ।


आज म लक डाउनमा छु,के खाइरहेका होला? तरकारी के कसरी खाइराको होला? घरभित्र छ कि बाहिर गाको छ कि भन्ने चिन्ता मेरो शत्रुलाइ नै हुन्छ।


प्रीय बिध्यार्थी तिमी अहिले सानो छौ,शत्रुको बारेमा धेरै बुझ्दैनौ बिस्तारै बुझ्नेछौ। जसरी मैले अहिले बुझ्दैछु। अनि शत्रु कसरी कमाउन सकिन्छ भन्ने लाग्न सक्छ तिमिलाइ धेरै दुख गर्नै पर्दैन तिमी मुसुक्क हास तिम्रो शत्रु भैहाल्छ्न।तिमी राम्रो काम गर,असल बन,नियम पालना गर,मिठो खाउ राम्रो लगाउ,तिम्रो वोरिपरी शत्रु नै शत्रु हुनेछ्न।जस्ले तिमिलाइ प्रगतिको बाटो मा लैजान मद्धत गर्ने छ्न।त्यसैले बाबू नानिहरु मित्र भन्दा पनि ठूलो हुन्छ्न शत्रु।


अन्त्यमा बिश्व अहिले कोरोना भाइरसले त्रासमय भएको छ,सारा विश्व लक डाउनमा छ तिमीहरु पनि घर भित्रै बस,ज्ञानि हुनु ल आमा बाबालाई दुख नदिनु।सक्छौं भने हस्तलेखन मा जोड दिनु,आमा बाबालाइ घरको काममा सघाउनु। पढाई भनेको त हामी स्वस्थभए पडौला नि है।


                                  उहि तिम्रो सर।

 fb post : Dharmendra Jung Rayamajhi



  • Reviews (1)
  • piyush
  • 5 Years, 7 Months ago

सहि कुरो। loved it ❤❤

Leave a review

To leave a review, please login to your account. Login