नेपालमा कोरोना भाईरस कम देखिनुका 5 सम्भावित कारण

नेपालमा कोरोना भाईरस कम देखिनुका 5 सम्भावित कारण

१. परीक्षण नै नहुनु

चिकित्सकहरूले नेपालमा परीक्षण नै कम भएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको बताएका छन्।


२. नेपालीको जीवनशैली


"हामी धेरै पानी खेलाउने रहेछौँ अनि खानेकुराहरू पनि धेरै पकाएर खान्छौँ। त्यस्तै हात मिलाउने, अङ्कमाल गर्ने वा म्वाइँ खाने चलन पनि हाम्रोमा कमै छ। यस्ता क्रियाकलापले कोरोनाभाइरस फैलिनबाट रोकेको हुन सक्छ।"


३. नेपालीको प्रतिरक्षा प्रणाली 'बलियो'हुनु


"नेपालमा देखिएका नौ जनामै किन माइल्ड (मध्यम) लक्षणहरू मात्र देखियो त? अहिले टेकुमै हामीले उपचार गरिरहेका बिरामीहरूलाई पनि हामीले राख्नैपर्ने भएकाले मात्र राखेका हौँ। अन्य रोग लागेको थियो भने उहाँहरूलाई घरै पठाइसक्थ्यौँ। कसैमा पनि कुनै गम्भीर लक्षण नै देखिएको छैन।"


४. बीसीजी खोपको प्रभाव


क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ।बीबीसी विश्व सेवाका अनुसार हालैको एउटा समीक्षा हुन बाँकी अध्ययनले जुन देशहरूमा बीसीजी खोप दिइएको थियो ती देशहरूमा कोरोनाभाइरस सङ्क्रमण कम देखिएको जनाएको छ।


५. भाइरस फैलाउने पूर्वाधार नै कम हुनु


विकसित देशमा जमिनमुनि सब-वे र मेट्रो रेलजस्ता यातायातका संरचनाहरू रहेका छन्। त्यस्ता पूर्वधार भारतका महानगरहरूमा पनि छन्।

 

SOURCE : BBC NEWS summarized



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login