Class 9 Virtual Class - Health Population and Environment

Class 9 Virtual Class - Health Population and Environment

  • Youtube Channel : NCED Virtual
  • Class : 9 (Nine)
  • Subject :  Health Population and Environment
  • Total Videos : 58 videos
  • Class 9 Virtual class HPE

एक दशकअघिसम्म शिक्षकले कक्षाकोठामा जे पढायो, विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपथ्र्यो । गाउँ–गाउँमा इन्टरनेटको पहुँच विस्तारसँगै अब भने यो अवस्था छैन । शिक्षकले पढाएको विषय सही वा गलत के हो ? ग्रामीण भेगका विद्यार्थीले पनि थप खोज्न सक्छन् । यसमा विद्यार्थीलाई थप सुविधा दिने गरी सरकारले यस वर्षबाट प्रविधिमैत्री कक्षा सुरु गरेको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले ब्रोडब्यान्ड प्रविधिमार्फत राजधानीबाट पढाएको पाठ दुर्गम गाउँका विद्यार्थीले आफ्नै विद्यालयमा प्रत्यक्ष हेर्न सक्छन् ।

नेपाल सरकार , शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शैक्षिक  जनशक्ति विकास केन्द्रले (NCED ) भर्चुअल’ कक्षा सुरु गरेको हो । सानोठिमीस्थित केन्द्रको कार्यालयको स्टुडियोमा शिक्षकले पढाएको पाठ घरमै बसेर  विद्यार्थीले हेर्ने व्यवस्था मिलाएको हो । ‘भर्चुअल कक्षामार्फत माध्यमिक तहको  विशेष गरी कक्षा 9 को अंग्रेजी, गणित,विज्ञान,नेपाली,सामाजिक र जनसंख्या  विषयको कक्षा संचालन गरिएको छ ।यसले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्य लिएको छ ।

‘यसरी पूरक ज्ञान तथा सिकाइमा विविधता प्रदान गर्ने प्रयास गरिएको छ । सफल विद्यालयका शिक्षकहरूले पढाउने भएकाले विद्यार्थीको आत्मविश्वास पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।‘शिक्षकहरूले पनि यसलाई तालिमका रूपमा उपयोग गरी आगामी दिनमा नियमित शिक्षण सिकाइ कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।’

                   धन्यवाद ।।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login