गणित विषयमा राम्रो (GRADE)अंक ल्याउनका लागि कसरी गर्ने तयारी

गणित विषयमा राम्रो (GRADE)अंक ल्याउनका लागि कसरी गर्ने तयारी

यदि यस  परीक्षामा तपाई गणित विषयमा राम्रो अंक ल्याउन चाहानुहुन्छ भने तपाईलाई यो परीक्षाको टिप्स काम लाग्न सक्छ ।


१. ति पाठहरुलाई ज्यादा ध्यान दिनुहोस् ,जसबाट विगतमा सवैभन्दा बढी प्रश्न सोधिएका छन् ।


२. विगत पाँच वर्षको प्रश्नपत्रहरु जम्मा गर्नुहोस् । यसबाट तपाइलाई अन्दाज लगाउन सहज हुन्छ कि परीक्षामा कस्ताखाले प्रश्नहरु बढी सोधिन्छन् ।


३. तयारी जतिनै राम्रो किन नहोस्, तपाई जवसम्म पाठहरु दोहर्याउनुहुन्न तबसम्म राम्रो अंक ल्याउन सक्नुहुन्न । पाठहरु दोहर्याउनाले पाठहरुमा भएको शंका मेटिन्छ ।


४. जे पनि पढ्नुहुन्छ त्यसको शर्ट नोट्स बनाउँदै जानुहोस् । परीक्षाका लागि जब कम समय बचेको हुन्छ, तब यसबाट पाठलाई रिवीजन गर्न मदत मिल्छ ।


५. जुन पाठमा तपाई ज्यादा कमजोर हुनुहुन्छ, त्यसको तयारी पहिले गर्नुहोस् ।


६. परीक्षा छ, यसको मतलव हो हैन कि तपाई हरसमय पढ्दै बस्नुस् । बरु राम्रो हुन्छ, पढाईको बीचमा थोरै समय निकालेर टिभी हेर्नुस्, खेल्नुस्, परिवारसँग कुरागर्ने रमाइलो गर्ने गर्नुस् । यसले तपाईको दिमाग रिफ्रेश हुन्छ साथै राम्रोसँग पढ्न सक्नुहुन्छ ।


७. गणित एउटा यस्तो विषय हो, जसको प्राक्टिस तपाई जति गर्नुहुन्छ, नतिजा पनि त्यति नै राम्रो आउँछ । दिनमा कम्तिमा पनि तीन घण्टा गणित विषयको प्राक्टिसमा दिनुहोस् । फेरी हेर्नुहोस् गणित विषयमा तपाईको कति राम्रो अंक आउँछ ।

 

यो सामग्री एजुकेशन पाटी बाट साभार गरिएको हो 



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login