चिलको कथामा आधारित - प्रेरक प्रसंग

चिलको कथामा आधारित - प्रेरक प्रसंग

चिल जसलाई हामी ईगल पनि भन्नेगर्छौ ! जुन उमेरमा बाकी चराहरुको बच्चाले कराउन चिच्याउन सिक्दै गर्दा त्यस उमेरमा एक आमा चील आफ्नो बच्चालाई खुट्टाको पन्जाको सहायताले बच्चालाई लिएर माथी आकाशमा उड्छे ! पंछिको दुनियाँमा यस्तो कठोर तालीम अरु कसैको हुँदैन !

लेखक : सन्तोष कार्की मौसुफ

आमा चिल आफ्नो बच्चालाई लिएर लगभग १२ Km. आसपासमा उड्छे जति माथी हबाइजहाज उड्ने गर्छ त्यो दुरि तय गर्नलाई आमा चिललाई ६ देखि ९ मिनेट सम्ममा पुर्‍याउछे ! त्यहाँ देखि सुरु हुन्छ उस बच्चाको कठिन परिक्षा !
अब बच्चालाई यहाँ आमाले भन्छे कि, तँ के को लागि जन्मिएको होस? तेरो दुनियाँ के हो? तेरो उचाइ कति छ? तेरो धर्म धेरै ठूलो छ ! र फ़ेरि आमा चिल त्यस बच्चालाई आफ्नो खुट्टाको पन्जाबाट छाड्दिन्छे...!

पृथ्वीमा माथी देखि तल खस्दैगर्दा लगभग २ Km त्यस बच्चालाई आभास नै हुदैन कि उसको साथमा के भैरहेको छ ! ७ km तल झर्दैगर्दा त्यस बच्चाको पखेटा खुल्न थाल्छ ! लगभग ९ km तल झर्दैगर्दा उसको पखेटा पुरै खुल्छ ! यो जिबनमा पहिलो कठिनाइ मुक्त भएको हुन्छ !

अब जमिनबाट लगभग ३००० मिटर उ टाढा छ ! तर अझै उड्न सिकेको छैन ! अब माथिदेखी जमिन तर्फ नजिक आइ रहेको छ ! जहाँबाट आफ्नो इलाका देख्न सक्छ ! अहिले उसको दुरि पृथ्वीबाट ७००/८०० मिटर मात्र बाकी छ ! तर त्यस बच्चाको पखेटा त्यति बलियो छैन कि उ उड्न सकोस् ! जमिनबाट लगभग ४००/५०० दुरि माथी आउदै गर्दा अब उसलाई लाग्छ कि उसको जिबनको यो नै अन्तिम यात्रा हो ! अचानक एक खुट्टाको पन्जा त्यस बच्चा नजिक आएर उसलाई समात्छ... !

यो पन्जा उसको आमाको हुन्छ ! जो ठिक उसको माथी लुकेर उडि रहेको हुन्छ ! र बच्चालाई यस्तै खाले तालिम निरन्तर चलिनै रहन्छ ! जब सम्म कि उ उड्न सिक्दैन !
यो तालीम एक कमान्डो जस्तै हुन्छ ! त्यसपछि एक मजबुत चील यो संसार ले पाउछ !

यो चिल आफुभन्दा १० गुणा वजन जिबलाई पनि सिकार गर्न सक्छ!

नेपालमा एक कहावत छ - हुने बिरुवाको चिल्लो पात..!

अबश्यपनी आफ्नो सन्तानलाई आफू संगै आफ्नो निगरानीमा राख्नुहोस ! उसलाई संसार को कठिनाइ बारे जानकारी गराउनुहोस् ! उसलाई परिश्रम गर्न सिकाउनुहोस् ! उनिहरुलाई लड्न सिकाउनुहोस् ! बिना आबश्यकमा पनि संघर्ष गर्न सिकाउनुहोस् !

अहिले को अनन्त मुखी र अनुयायी हरुको बानी छ ! अभिभावक हरुको बेहिसाब माया ममता मा राखेर आफ्नो छोराछोरी (बोइलर कुखुरा) जस्तै बनाउदै गएका छन् ! जसको साथमा मजबुत खुट्टा त छ तर हिड्न सक्दैनन् ! वजनदार पखेटा त छ तर उड्न सक्दैनन् ! किनकी गमला को बिरुवा र जमिनको बिरुवामा धेरै फरक हुन्छ !!



  • Reviews (1)
  • jagannath
  • 4 Years, 4 Months ago

जिवन एक प्रशिक्षण हो। आमावावुले आफ्ना सन्तानलाई माया गर्नुपर्दछ तर वच्चाको हरेक चाहनालाई पूरा गर्दै उसको आत्मनिर्भर क्षमतालाई घटाई दिएमा भविष्यमा उ पूर्ण रुपले निकम्मा भईदिने हुन्छ। तसर्थ सवैले एउटा कुरा के हेक्का राख्नुपर्छ कि जिवनका कठिनाईहरु सॅग जुध्न र स्वावलम्वी वनाउन उसलाई self training environment मा छोडिदिनुपर्दछ।

Leave a review

To leave a review, please login to your account. Login