बाझी आमा -प्रेरक प्रसंग

बाझी आमा -प्रेरक प्रसंग

बिहान-बिहान बेलघण्टी को आवाज सुनेर रामहरि ले ढोका खोल्यो ! आफू अगाडि एक पुरानो ब्रीफकेस लिएर गाउँबाट मास्टर र उनको बिमारी श्रीमती उभिई रहेका थिए!


मास्टर जि ले रामहरि को अनुहार को हाउभाउ ले पत्ता लगाए कि उनीहरुलाई आफुहरु अगाडि देख्दा रामहरि अलिकति पनि खुशिको आभास भएको थिएन ! जबर्जस्ती अनुहारमा मुस्कान ल्याउने कोशिश गर्दै भन्यो: "अरे सर तपाइँहरु दुई केही थाहा नै नदिइ अचानक आउनुभयो! भित्र आउनुहोस्!"

मास्टर साभ ब्रीफकेस उठाएर भित्र पस्दै भने: हो बाबू अचानक नै आउनु पर्‍यो मास्टर्नी बिरामी छिन १ महिना हुन लाग्यो निको हुने कुनै छाँटकाट नै छैन ! धेरै कमजोरी पनि भकी छिन ! जिल्लाको डाक्टरले काठमाडौ टिचिङ हस्पिटल लगेर देखाउनलाई सल्लाह दिए !

यदि तिमिले आज अफिसमा छुट्टी लिएर हामिलाई हस्पिटल सम्म पुर्‍याउन र मास्टर्निलाई के भको छ भनी डाक्टर संग परामर्श लिन्थ्यौ कि..!


हुदैन-हुदैन छुट्टी त अफिस बाट मिल्न असम्भव छ ! मास्टर जि को कुरालाई काट्दै रामहरि ले भन्यो!


केही समयपछि बुहारी सुमित्रा ले नचिने झै गरेर दुई कप चिया र बिस्कुट टेबलमा राख्दिएर भित्र पसिन !

नमुना सुतेर उठि , अगाडि हेर्दा मास्टर जि र उनको श्रीमती लाई देखेर धेरै खुशी हुँदै नाच्दै हजुरबा हजुरआमा भन्दै मास्टर जि को काखमा आएर बसि!


६ महिना अगाडि जब रामहरि एक हप्ताको लागि गाउँ गएको थियो त्यसबेला ज्यादा समय नमुना मास्टर जि को घरमा नै खेल्ने गर्थी !
मास्टर जि, नि:सन्तान थिए! र उनको सानो घर रामहरि को गाउँको घर संग टासिएको र एउटै आँगन थियो !

बृद्ध मास्टर साभ खुब नमुना को साथमा खेल्ने गर्थे र मास्टर्नी पनि बृद्ध हुनुको बाबजुद पनि दिनभर केही न केही बनाएर नमुना लाई खुवाइ रहन्थिन ! बच्चाको साथमा उनीहरु पनि बच्चा नै बनेका थिए !

गाउँबाट काठमाडौ फर्किने समय नमुना खुब रोइ उसको आफ्नो हजुरबुबा हजुरआमा त थिएनन् ! मास्टर जि र मास्टर्नी लाई नै नमुना हजुरबुवा र हजुरआमा मान्थी ! जाने समय रामहरि ले काठमाडौ घरको ठेगाना दिदै भन्यो: कहिले काठमाडौ आउनुभो भने त्यसबेला मेरो घर जरुर आउनुहोस् ! म धेरै खुशी हुने छु!


दुई मास्टर मास्टर्नी को आँखामा नमुना जाँदै गरेको देखेर टिलपिल आँसु भरिएका थियो ! र मनैदेखी आशीर्वाद दिई रहेका थिए!

मुख धुनको लागि मास्टर जि धारा तर्फ गैरहेका थिए! त्यसैबेला सुमित्रा को आवाज कानमा गुन्जियो.. के जरुरत थियो तिमिलाई यिनिहरुलाई आफ्नो घरको ठेगान दिनलाई दिउँसो मेरो साथिहरु आउदै छन् उनीहरुलाई के जवाफ दिनु..! र नमुनालाई भित्र लिएर आउनु फ़ेरि बिमारी बुढी मास्टर्नी को काखमा बस्दा बिमारी सर्‍योभने..!

रामहरि ले भन्यो: मलाई के थाहा थियो त साचै नै यहाँ आउछन् भनेर पर्ख म केही जुक्ति निकाल्छु यहाँबाट अन्तै पठाउन को लागि !
दुई बृद्ध मास्टर मास्टर्नी नाइट गाडिको थकान रातभरिको निन्द्रा र भोकै आएका थिए ! मास्टर मास्टर्नी कुरा गर्दै आएका थिए , रामहरि को घर पुगेर सबैको साथमा आरामले नास्ता खाने ! यश कारण बाटोमा मास्टर मास्टर्नी ले केही खाए-पिएका पनि थिएनन् !

उ बेला बचपनमा कति पटक रामहरि ले पनि हाम्रो घरमा खाना खाएको छ ! उसलाई जसरी नै उसको मनपर्ने खानेकुरा खिर खुवाउने गर्थ्यौं! रामहरि यति ठूलो मान्छे बनेपछि उसले पनि हामिलाई त्यस्तै "खिर" खुवाउछ होला बाटोमा यस्ता यस्तै गन्थन गर्दै बृद्ध मास्टर मास्टर्नी आएका थिए !

नमुना...... ममिको ठूलो आवाज सुनेर डराउदै नमुना भित्र कोठामा गई! केही समयपछि रामहरि मास्टर मास्टर्नी संग कुरा गर्न बैठक रुममा आउँदा त्यहाँबाट हिडि सकेका थिए! चिया बिस्कुट छुएका पनि थिएनन् !

पहिलो पटक काठमाडौ आएका दुई बृद्ध मास्टर मास्ट्र्नी केही गरि ट्याक्सी बाट टिचिङ्ग हस्पिटल पुगे! र धेरै भिडभाड को बिचमा थोरै ठाउँमा बसे तब मास्टर को नजिक कालो मान्छे आयो ! र मास्टर लाई गाउको नाम भन्दै सोध्यो: तपाईहरु मास्टर साभ र मेड्म हो नि...! मलाई बिर्सनु भयो म त्यही रामे क्यात.. तपाईंले मलाई पढाउनु भाको थियो !

मास्टर साभलाई बिस्तारै याद आयो! ए , तिमी हर्कबहादुर को छोरा हैन.. हर्कबहादुर जलजले गैडाछाप सिमेन्ट फ्याक्ट्री मा झाडु लगाउने काम गर्थ्यो! रामे हरिजन हुनुको कारण स्कुलमा आउदा गाउँले हरुले मान्दैन थिए त्यसैले मास्टर साभ बेलुका रामे को घरमा चुपचाप १ घण्टा पढाएर आउने जाने गर्नुहुन्थ्यो !

रामे- "म यस टिचिङ्ग अस्पतालको चौथो श्रेणिको कर्मचारी हुँ ! साफ सफाइ र पोस्टमार्टम रुमको सारा जिम्मेवारी मेरो काधमा छ!"

त्यसपछि तुरुन्तै मास्टर मास्टर्निको ब्रीफकेस टाउकोमा र हातमा झुन्डियार आफ्नो एउटा कोठा भएको सानो क्वाटर मा लिएर गयो! बाटोमा आफुले काम गर्ने साथीहरूलाई खुशी साथ भन्दैथियो मेरो नातेदार आएका छन् ! म उहाँहरू लाई घर पुर्‍याएर आउछु....!

घर पुग्ने बित्तिकै श्रीमती लाई सारा कुराहरू भन्यो: श्रीमती ले पनि खुशी साथ तुरुन्त दुबै मास्टर मास्टर्नी को खुट्टा ढोगेर आशिर्वाद लिइ ! त्यसपछि सबै घरपरिवार मिलेर तातो-तातो नास्ता खाए! त्यसपछि रामेको सानी छोरी मास्टर मास्टर्नी संग खेल्न थाली !

रामे ले भन्यो: हजुरहरु आराम गर्नुहोस् ! आज म जे छु , त्यसको कारण मास्टर साभ हजुर हुनुहुन्छ ! त्यसपछि रामे अस्पतालमा टिकट काटेर आयो रामेको आमा बच्चाबाट नै थिइनन !
मास्टर्नी को लाइनमा पालो आउने बित्तिकै रामे हात जोडेर डाक्टर लाई भन्यो: "राम्रोसँग उपचार गर्नुहोला डाक्टर साहाब ! यि बृद्ध मेरि आमा हुन!" यो सुनेर बुढी आमा मास्टर्निले रामेको शिरमा हात राखिन !
उ बाझी आमा आज साचै आमा बनेकी थिइन ! उनले आज एक छोरा पाएकी थिइन ! र रामे बिना आमाको लाई पनि आज आमा मिलेको थियो!!

 

लेखक :सन्तोष कार्की मौसुफ



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login