मन छुने कथा : कुलत

मन छुने कथा : कुलत

" आन्टि चिया बन्छ ?? "


आन्टी- “बन्छ नि बाबू कति ओटा बनाउने हो र ?? ”


एउटा बनाउनुस न ब्लाक टी !


आन्टी- “ए हस बस्दै गर्नुस है त ”


हस…अनि सुन्नुस न एउटा सुर्य पनि दिनुस है ।
आन्टी- “हामी चुरोट बेच्दैनौ नि बाबू, तिमी जस्तै जवान केटाहरु सबै मेरै छोरा जस्तै हुन्। म मेरा छोराहरु कुलतमा फसेको कसरी हेर्न सक्छु र ? ”


म छक्क परें,काठमाडौ भित्रका अधिकांस होटलहरुमा चिया पसलहरुमा चुरोट पाइन्छ, अझ भनौं चुरोट भएन भने पसल नै चल्दैन , तर यहाँ चुरोट नै छैन । अझ भनौं बेच्ने गरेकै छैन रे !


“बाबू छोरा चुरोट खाने नै भए उ तल्लो पसलमा पाइन्छ, गएर ल्याउ” भन्दै मलाई पसल देखाई दिनु भयो । घरबाट केही टाढा भएकाले घरको यादले नसताउने त कुरै भएन, त्यही माथी चिया साउनिले छोरा भनेर सम्बोधन गरे पछि चुरोट किन्ने आँट नै आएन। मैले चिया मात्र पिउने निर्णय गरें।


उहाँ चिया मेरो टेबल मा राखीदिदै .. करेशामा रोपेका धनियाका स-साना मुठा बनाउँदै बोल्न लाग्नु भयो - “तिमी जस्तै छोरो थियो, कुलत मा फस्यो, चुरोट अनि चुरोट बाट बिस्तारै गाजा,साथी भाइको सङ्गतले हरेक कुरा खान थाल्यो । नखा भनेर धेरै सम्झाई बुझाई गर्याैं ।एक्लो छोरो रिसाएनी माया लाग्ने।उसकाे हर चाहाना पूरा गरिदिन कुनै नाई नास्ती नै गरेनौ। हुर्किदै गयो,उसले चाहेका कुरा मनखुसी गर्दै गयो ।”
अनि अहिले चै उसले चुरोटहरु खान छोड्यो र आन्टी ?


“अहिले उस्ले चाहेर पनि खान सक्दैन ।
हामीले खाउ बाबू भनेर भन्न पनि सक्दैनौं ।
साँझ ममि ढोका खोल न भन्छ कि झैं लाग्छ।


यो मोबाईलमा ममि म आज आउदिन साथिकैमा बस्छु है भन्दै फोन गर्छ कि झैं लाग्छ ।कहिलेकाहीँ झुक्किएर उसलाई पनि खाना बसाल्छु ।”


म केही बोल्नै सकिन।


चिया पिइरहें । ” यहाँ चिया पिउन आउने १५/२० जनाले चुरोट छोडी सके बाबू भन्दै धनियाका मुठ्ठा पखाल्न भित्र छिर्नु भयो । धनियाका मुठ्ठा पखाल्न छिर्नु भयो कि छोराका यादले झरेका आँसु पखाल्न छिर्नु भयो मैले पत्तो पाउँन सकिन ।


घर फर्किएँ ।कौसीमा चियाको चुस्की लगाउदै, चुरोट सल्काएँ र एक चुस्की चिया संगै एक सर्को चुरोट तानें ।बिहान भेटेकि ति आमाको याद आयो । एक पछाडिको अर्को सर्को तान्नै मन लागेन चुरोटलाई निभ्याए र चिया सिध्याएर तल झरें ।

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login