नम्रताको प्रतियोगितामा अब्राहम लिंकनको स्थान

नम्रताको प्रतियोगितामा अब्राहम लिंकनको स्थान

 एक पटक अमेरिकाका राष्ट्रपति अब्राहम लिंकन आफ्नो साथी संग गाउको यात्रामा थिए । वाटोमा एक समर्थक मजदुरले उनलाई देख्यो ।

मजदुरले उनलाई श्रद्दासाथ केही झुकेर प्रणाम गर्यो । त्यसको जवाफमा लिंकनले पनि उसैगरि शरीर झुकाएर प्रणाम गरे ।

यो देखेर उनका साथीले लिंकनलाई सोधे- ‘तपाईले त्यो साधारण मजदुरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नु भएको ?

’ अब्राहम लिंकनले साथीलाई जवाफ दिए - ‘ महोयद म चाहन्न कि नम्रतामा कोही म भन्दा अगाडि जाओस् ।’ यो सुनेर लिंकनको साथीको शिर लाजले निहुरियो ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login