- Home
- Show Content
आलोचकलाई कुर्ची
आलोचकलाई कुर्ची
अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो रक्षा मन्त्रीमा यस्ता व्यक्ति चुनेका थिए जो उनका कट्टर आलोचक थिए, जसले लिङ्कनको विरुद्ध हमेसा केही न केही बोली रहन्थे।
एक दिन लिङ्कनका एक मित्र उनीसंग भेट्न आए। भेटमा रक्षा मन्त्रीको प्रसंग निकाल्दै मित्रले सोधे- राष्ट्रपति महोदय, जुन व्यक्तिलाई तपाईले रक्षा मन्त्रालयको जिम्मेवारी सुम्पिनु भएको छ, के तपाई उहाँसंग राम्ररी परिचित हुनु हुन्छ?
अवश्य पनि। उहाँलाई के भयो र? - लिङ्कनले आश्चर्य मान्दै मित्रलाई सोधे।
मित्रले भने- हिजो नै एक सभामा उहाँले तपाई माथि व्यङ्ग गर्दै भने कि तपाई हेर्दा एउटा दुब्लो पातलो गोरिल्ला झैं देखिनु हुन्छ।
लिङ्कनले भने- हो। आजको समाचारपत्रबाट मलाई यो कुरा थाहा भई सक्यो।
ती मित्रले लिङ्कनलाई उक्साउनको लागि ठूलो स्वरमा भने- यो भन्दा अघिल्लो सभामा पनि उहाँले तपाईलाई भडुँवा भन्नु भएको थियो।
लिङ्कनले मुस्कुराउँदै भने- यो पनि मलाई थाहा छ।
लिङ्कनको जवाफ सुनेर मित्रले अलि रिसाउँदै भने- उहाँले अनेक पल्ट तपाईको अपमान गरिसक्नु भएको छ। यी सबै कुरा राम्रोसंग थाहा पाएर पनि तपाईले उहाँलाई यती महत्वपूर्ण पद किन सुम्पिनु भएको छ?
लिङ्कनले भने- महोदय, उनलाई मैले महत्वपूर्ण पदमा मात्र बसालेको छु, कुनै अलग स्थानमा त होइन नि!
मित्रले अझैं रिसाएर भने- तपाई यो किन सम्झनु हुन्न कि यसबाट तपाईको प्रतिष्ठा खराब हुन सक्छ?
लिङ्कनले ती मित्रलाई सम्झाउँदै भने- मैले केही भन्नु भन्दा अघि नै तपाई यो किन बुझ्नु हुन्न कि जुन व्यक्तिको तपाई कुरा गरिरहनु भएको छ उहाँ प्रशासनको लागि एकदमै योग्य हुनु हुन्छ।
लिङ्कनले अगाडि भने- उहाँले आफ्नो काम सधै पूरा ईमान्दारी र निष्ठापूर्वक गर्नु हुन्छ। अब बाँकी रह्यो मेरो प्रतिष्ठाको कुरा, मेरो बारेमा अनि म को हुँ भन्ने मेरो देशलाई राम्रोसंग थाहा छ। म यस्ता सानातिना कुराहरूको कारणले देशलाई एक कुशल रक्षा मन्त्रीको सेवाबाट वञ्चित गर्न सक्दिन। मलाई निजी भक्तहरूको होइन, देशभक्तहरूको आवश्यकता छ।
स्रोतः एनटिभी
facebook :


- Reviews (0)
Nothing Found...Leave a review