के हो बहुउपयोगी जुम क्लाउड मिटिङ एप ?

के हो बहुउपयोगी जुम क्लाउड मिटिङ एप ?

के हो बहुउपयोगी जुम क्लाउड मिटिङ एप ?
-----------------------------------
यो एप सन् २०१४ जनवरी २४ मै गुगल प्ले स्टोरमा सार्वजनिक भएको हो।यसलाई गुगल प्ले स्टोरबाट १० करोडभन्दा बढी पटक डाउनलोड गरिएको छ भने यो पछिल्लो पटक २४ मार्च २०२० मा अपडेट गरिएको छ।जुम त्यस्तो एप हो जसबाट १०० जनासम्म मानिसलाई अनलाईनबाट एकैपटक मिटिङ गर्न प्रयोग गर्न सकिन्छ।अहिले मानिसहरु बाहिर निस्कन नपाएको अवस्थामा पनि ईन्टरनेटको पहुँच छ भने यसै एपबाट मिटिङ गर्न,अध्ययन गर्न र छलफलमा सहभागी हुने गरेको पाइन्छ ।यसमा स्क्रीन शेयर गर्ने सुविधाका साथै एचडी भिडियो कलिङ सेवा पनि उपलब्ध छ।जुममा मिटिङ वा अध्ययन गर्दा तपाई आईडी बनाएर वा नबनाएर पनि सहभागी हुनसक्नुहुन्छ।साथै फ्रिमा पनि चलाउन सक्नुहुन्छ।यस एपको फ्रि भर्सनमा ४०–४० मिनेटमा भिडियो कलिङ रोकिन्छ र फेरि कल गर्नुपर्ने हुन्छ।तर पेड भर्सनमा भने समयको कुनै सिमा तोकिएको छैन।तपाई अनलिमिटेड समयसम्म यसलाई मिटिङ गर्न प्रयोग गर्न सक्नुहुन्छ।



१ कम्प्युटरमा कसरि जुम एप प्रयोग गर्ने ?


• जुम एपलाई कम्प्युटरमा प्रयोग गर्नका लागि सबैभन्दा सुरुमा तपाई कम्प्युटरमा क्रोम, फायरफक्स अथवा जुनसुकै ब्राउजरबाट तपाईले जुम टाईप गरी डाउनलोड गर्नुहोस । त्यो डाउलोडेड फाईललाई क्लिक गरी ईन्स्टल गर्नुहोस्।इन्स्टल भईसकेपछि एप सुचारु हुनेछ अथवा सुचारु नभएमा तपाईको कम्प्युटरको स्टार्ट मेनुमा गएर स्टार्ट जुम भन्ने अप्सनमा क्लिक गर्नुहोस् त्यसपछि एप्लिकेसन खुल्नेछ।

• तपाईले एपमा join a meting अथवा sign in भन्ने दुई वटा अप्सन देख्नुहुनेछ ।तपाईले यदि आईडी बनाउन चाहानुहुन्छ र जुम प्रयोग गर्ने अन्य साथीहरुको मिटिङमा जोईन हुन चाहानुहुन्छ भने सिधै join a meting अप्सनमा गएर साथीले दिएको मिटिङ आईडी र पासवर्ड दिएको छ भने पासवर्ड पनि हालेर जोईन गर्न सक्नुहुनेछ।अथवा तपाईसँग आईडी पहिले नै बनिसकेको छ भने sign in मा क्लिक गरेर तपाईको आईडी र पासवर्ड हालेर साईन ईन गर्नसक्नुहुनेछ ।

• तपाई साईन ईन गर्नुहुन्छ भने आईडी र पासवर्ड हालेर अथवा साईडमा दिइएको गुगल,फेसबुक जस्ता माध्यमबाट पनि साईन ईन गर्नसक्नुहुन्छ ।

• यदि तपाईसँग आईडी छैन भनेचाहिँ अरुको मिटिङमा मात्र सहभागी हुनसक्नुहुन्छ।आफैले मिटिङ सुरु गर्न भने साईन ईन गर्नु जरुरी छ।


--------------------
२.जुम प्रयोग गर्ने विधिहरु
---------------------


• सबैभन्दा सुरुमा तपाई यो एप खोल्नुहोस् र साईन ईन गर्नुहोस्।साईन ईन गरेपछि त्यहाँ तपाईले new meeting ,join,schedule र share screen भन्ने अप्सन देख्नसक्नुहुन्छ।

• तपाईले न्यू मिटिङमा क्लिक गरेर आफैले नयाँ मिटिङ सुरु गर्न सक्नुहुन्छ।

• जोईनमा क्लिक गरेर साथीले दिएको आईडी र पासवर्ड हालेर उक्त मिटिङमा सहभागी हुनसक्नुहुन्छ।

• सेड्युल मिटिङमा मिटिङको सेड्युल बनाएर अरुलाई ईन्भाईट गर्नसक्नुहुन्छ।

• शेयर स्क्रिनबाट भिडियो कलका दौरान तपाईको स्क्रीन अथवा कम्प्युटरमा भएको फाईललाई सिधै मिटिङमा सहभागीहरुलाई देखाउन वा पठाउन सक्नुहुन्छ ।

• नयाँ मिटिङ सुरु गर्न न्यू मिटिङमा क्लिक गर्नुहोस् । यसो गर्दा तपाईको वेबक्याम खुल्छ र तपाईको भिडियो स्क्रीनमा देखिन्छ ।त्यहाँ तपाईले कम्प्युटर अडियो प्रयोग गर्ने वा नगर्ने भन्ने अप्सन पनि छान्न सक्नुहुन्छ।

• भिडियो कलका दौरान तल विभिन्न मेनु अथवा अप्सन तपाई देख्नसक्नुहुन्छ।सबैभन्दा सुरुमा रहेको जोईन अडियो भन्ने अप्सनबाट तपाई आफ्नो आवाज अफ गर्न वा अन गर्न सक्नुहुन्छ।कुनै मिटिङमा अरु बोलेको बेला सुन्नुमात्र पर्छ र आफुले तुरुन्तै बोल्नुपर्दैन भने तपाईले अडियोलाई अफ राख्दा साउण्ड डिस्टर्व आउँदैन।आफु बोल्दा मात्र अन गर्दा हुन्छ।त्यसपछिको दोस्रो स्टप भिडियो अप्सनबाट तपाई आफ्नो भिडियो अफ गर्नसक्नुहुन्छ।यसरी भिडियो अफ गर्दा मिटिङ सुन्न मात्र सकिन्छ तर अन गरेमा फेरि तपाईको भिडियो कल नै हुन्छ।भिडियो अफ गर्दा तपाईको प्रोफाईल फोटा वा तपाईको नाम मात्र स्क्रिनमा देखाउँछ।

• त्यस्तै ईन्भाईटमा क्लिक गर्नुभयो भने तपाईलाई अरुलाई ईन्भाईट गर्न सक्नुहुन्छ।तपाईले मिटिङ कोड र पासवर्ड सिधै अन्य तरिकाले म्यासेज पठाएर पनि मिटिङमा जोडिन आग्रह गर्नसक्नुहुन्छ।

• तपाईको मिटिङ कोड र पासवर्ड ईन्भाईट भन्ने अप्सनमा क्लिक गर्दा पनि देख्नसक्नुहुन्छ।त्यस्तै म्यानेज पार्टिसिपेन्ट्स् भन्ने अप्सनबाट तपाई मिटिङमा सहभागी भएकाहरुको अडियो अफ गर्न तथा अन्य विभिन्न सेटिङहरु मिलाउन सक्नुहुन्छ।त्यस्तै शेयर स्क्रीनबाट तपाईले तपाईको कम्प्युटर स्क्रीन वा फाईलहरु मिटिङमा सहभागीलाई देखाउन वा पठाउन सक्नुहुन्छ।

• त्यस्तै च्याट भन्ने अप्सनबाट तपाई मिटिङमा सहभागी भएकाहरुसँग पनि च्याट गर्न सक्नुहुन्छ।त्यसमा तपाई कुनै एकजनालाई छुट्टै म्यासेज वा सबै सहभागीहरुलाई एउटै म्यासेज पनि पठाउन सक्नुहून्छ।

• त्यस्तै रेकर्ड भन्ने अप्सनबाट तपाई जुममा गरिएको त्यो मिटिङ रेकर्ड गर्नसक्नुहुन्छ।रेकर्ड स्टप गरेपछि रेकर्ड भएको मिटिङ बैठक सकिएपछि एमपी फोर फम्यार्टमा सेभ हुन्छ । त्यस्तै रियाक्सन अप्सनबाट तपाई थम्ब अप गर्न र ताली बजाएको रियाक्सन पठाउन सक्नुहुन्छ।यसरी तपाई कम्प्युटरबाट जुम एपलाई प्रयोग गर्न सक्नुहुन्छ।


--------------------
मोबाईलबाट कसरी ?
---------------------


१ ) मोबाईलबाट जुम एप चलाउनका लागि तपाई सबैभन्दा सुरुमा एप डाउनलोड गर्नका लागि गुगल प्ले स्टोर अथवा एप स्टोरमा जानुहोस्।
२ ) त्यहाँ सर्च बक्समा जुम भनेर सर्च गर्नुहोस् र जुम एपलाई तपाईको मोबाईलमा ईन्स्टल गर्नुहोस्।
३ ) एप ईन्स्टल भएपछि त्यसलाई ओपन गर्नुहोस्।
४ ) ओपन भएपछि join a meeting भन्ने बक्स खुल्छ र त्यसको तल join a meeting ,sign up र sign in भन्ने अप्सन देख्नुहुनेछ।
५ ) तपाई आईडी बनाउन चाहानुहुन्न र कसैले पठाएकोमिटिङ कोड र पासवर्डका आधारमा मिटिङमा सहभागी हुन चाहानुहुन्छ भने तपाईले join a meeting मा क्लिक गर्नुहोस् र मिटिङ सञ्चालन गर्ने साथी, हाकिम वा शिक्षकले पठाउनुभएको मिटिङ कोड र पासवर्ड हालेर मिटिङमा जोईन गर्नुहोस्।जोईन गर्दा तपाई आफ्नो नाम पनि राख्नसक्नुहुन्छ।तपाईले नाम नराखेपनि तपाईको
मोबाईलको नाम त्यहाँ देखाईरहेको हुन्छ।
६ ) तपाई यदि आईडी बनाउन चाहानुहुन्छ भने sign up मा थिच्नुहोस् र तपाईको ईमेल आईडी,नाम र थर लेखेर तल दिइएको आई अग्री द टर्मस् अफ सर्भिसमा टिकमार्क लगाउनुहोस्।यसो गर्दा एक्टीभेट गर्ने लिंक तपाईको जिमेल एकाउन्टमा आउँछ र त्यसपछि तपाईले जिमेलमा भएको एक्टीभेट लिंकमा थिचेर पासवर्ड राख्नुपर्ने हुन्छ।
७ ) यसरी आईडी बनाएपछि अब तपाई जुम एपमा तपाईको आईडी र पासवर्ड राखेर साईन ईन गर्नसक्नुहुन्छ।
८ ) अरु बाँकी चाहि सबै माथि कम्प्यूटरका लागि भने झैँ नै गर्ने हो।

collection :डा. हरिप्रसाद कंडेल



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login