एसईई, ११ र १२ को परीक्षाबारे छलफल गर्न बोर्डले बोलायो बैठक

एसईई, ११ र १२ को परीक्षाबारे छलफल गर्न बोर्डले बोलायो बैठक

साभार : शिलापत्र संवाददाता
काठमाडौं, ९ वैशाख

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई), ११ र १२ को परीक्षा कसरी गर्ने विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ । बोर्डले बुधबार प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, हिसानलगायतसँग छलफल गर्न लागेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाको विकल्पका विषयामा छलफल गर्न बोर्डको अध्यक्षको अध्यक्षतामा कमिटी बनाएको छ । सोही कमिटिले सरोकारवाला निकायसँग छलफल गर्न लागेको हो ।

‘परीक्षाको विकल्पका विषयमा छलफल गर्न लागिएको हो,’ परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘परीक्षाबोरे उहाँहरुको सुझाव लिने छौं । ’

परीक्षा केन्द्र थपेर तत्काल गर्ने वा पूर्णरूपमा लकडाउन खुलेपछि परीक्षा गर्ने भन्ने विषयमा बोर्डले छलफल गरिरहेको छ । परीक्षा केन्द्र थपबारे बोर्डले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइहरूसँग विवरण पनि माग गरेको छ ।

एसईई ६ चैत, १२ को परीक्षा ८ वैशाख र ११ को परीक्षा २१ वैशाखमा गर्ने तालिका सार्वजनिक गरिएको थियो । कोरोना भाइरस (कोभिड १९) का कारण अन्तिम समयमा परीक्षा स्थगित गरिएको थियो ।

,



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login