विद्यार्थीलाई उत्प्रेरित गर्न हल्का व्यङ्ग्य आवस्यक

विद्यार्थीलाई उत्प्रेरित गर्न हल्का व्यङ्ग्य आवस्यक

विद्यार्थीलाई अभिप्रेरित गरेर मात्र उनीहरूलाई विषयवस्तुमा रुचि जगाउन सकिन्छ भन्नेमा कसैको विमति रहेको पाइँदैन । विद्यार्थीमा उत्प्रेरणा जगाउने काम सजिलो भने छैन । यसको पहिलो शर्त हो शिक्षकको प्रतिबद्धता र समर्पण । त्यतिले मात्र पनि पुग्दैन; त्यसका लागि व्यावहारिक ज्ञान, सीप र कलाको पनि उत्तिकै खाँचो पर्छ । विद्यार्थीलाई सिक्न र उत्प्रेरित गर्नका लागि निम्न विधि उपयोगी सावित हुनसक्छ ।

कक्षामा हल्का व्यङ्ग्य पनि गर्ने गर्नुस्

विद्यार्थीहरू व्यङ्ग्य मन पराउँछन् । वास्तवमा, हाउभाउ र ठट्यौलो पाराले पढाउँदा विद्यार्थीहरूले बढी आनन्द अनुभव गर्न सक्छन् । त्यसरी कक्षा सञ्चालन गर्दा तपाईंका कुरा सुन्न विद्यार्थीलाई दिक्क लाग्दैन र पढाएको कुरा पनि राम्ररी बुझन सक्छन् । व्यङ्ग्य गरिरहँदा तपाईंले रिसाहा मुद्रा प्रकट गर्नु हुँदैन, हँसिलो रहनु पर्छ । उनीहरूलाई खुसी पार्नका लागि व्यङ्ग्य गरिरहँदा तपाईंको भावभङ्गी र भाषाबीच पनि तालमेल हुनुपर्छ । व्यङ्ग्य गरेर उनीहरूलाई हँसाउने हो, चित्त दुखाउने होइन भन्ने कुरा लाई सधैँ ख्याल राख्नुस् ।

 



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login