- Home
- Show Content
प्रेरक प्रसंग : श्रमको फल
प्रेरक प्रसंग : श्रमको फल
अब्राहम लिङ्कनको बाल्यकाल अत्यन्तै दुःखमय थियो । उनको जन्म अति साधारण र गरीब परिवारमा भएको थियो । उनी कहिले नाउ (डुँगा) चलाएर त कहिले बनजंगलबाट काठ काटेर जीविका चलाउँथे । उनलाई महापुरुषहरुको जीवन चरित्रका विषयमा लेखिएको पुस्तक पढ्दा खुबै आनन्द आउँथ्यो, तर अर्थाभावका कारण उनले किताब किनेर पढ्न सक्ने अवस्था थिएन् । कठिन थियो ।
उनी अमेरिकाका प्रथम राष्ट्रपति जार्ज वाशिङ्टनको जीवनबाट अत्यन्तै प्रभावित थिए । एक समय उनले थाहा पाए कि उनको छिमेकीसंग जार्ज वाशिङ्टनको जीवन चरित्रका बारेमा लेखिएको पुस्तक छ । यो थाहा पाएर उनी प्रशन्न भए । यद्यपि मनमा भय थियो, कहीँ छिमेकीले पुस्तक नदिने हुन कि ? उनका छिमेकीले उनलाई त्यो पुस्तक दिए । अब्राहम लिंकनले शिघ्र नै उक्त पुस्तक फर्काउने वाचासमेत गरे ।
अब्राहम लिंकनले पुस्तक पढि सक्याएका थिएनन् । एक दिन अचानक एकदम जोडतोडका साथ वर्षा भयो । अब्राहम लिंकन सानो झुप्रोमा बस्दथे । उनीसंग भएको त्यो किताब पानीमा भिजेर खराब भयो । अब्राहमको मनमा साह्रै दुःख भयो, तर उनी निराश भएनन् ।
‘मसंग एउटा ठूलो अपराध भएको छ ।’ सोह्र वर्षको अवस्थामा रहेको असहाय युवक अब्राहमको कुराले उनका छिमेकी आश्चर्यचकित परे । उनी बालकको त्यो सरलता तथा निष्कपटताका कारण प्रशन्न पनि भए ।अब्राहम लिंकनले भने म तपाईंको किताब फर्काउन सक्दिन । किनभने त्यो अतिवर्षाका कारण भिजेर खराब भइसकेको छ, तर पनि म तपाईलाई नयाँ किताब दिन्छु । ‘तिमी मलाई कसरी दिन सक्छौ नयाँ किताब ? तिम्रो घरमा एक पैसा त छैन । छिमेकीले उनलाई ताना मारे ।
‘मलाई मेरो श्रम माथि विश्वास छ । म तपाईँको खेतमा मजदूरी गरेर पुस्तकका लागि आवश्यक रकम उठाउँछु । म दुगुना काम गर्छु । अब्राहम लिंकन आशावादी थिए ।उनका छिमेकीलाई पनि उनको यो प्रस्ताव उचित लाग्यो ।अब्राहम लिंकनले पनि मजदूरी गरेर पुस्तकको मुल्यको भरपाई गरे । यस पछि जार्ज वाशिङ्टनको जीवन गाथा समेटिएको किताब उनको सम्पति भयो । यस प्रकार उनले श्रमपूर्वक आफ्नो पुस्तकालयका लागि पहिलो पुस्तक प्राप्त गरेका थिए ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review