खाेट लगाउन जसले नि सक्छ

खाेट लगाउन जसले नि सक्छ

एउटा शहरमा एकजना मुर्तिकार बस्थे । एकदिन उसले एक सुन्दर मूर्ति बनाएर एउटा चोकमा राख्यो र मुनि लेख्याे - '' यो मूर्तिमा जसलाई जहाँ नमिलेको जस्तो लाग्छ, त्यहाँ चिनो लाइदिनोस् ''।


जब उसले साँझ उक्त मूर्ति हेर्यो, पुरै मूर्ति भरी सबै ठाउँमा चिनो लागेर एकदम खराब भैसकेको थियो ।


यो देखेर ऊ अत्यन्त दु:खी भयो । के गर्ने सोच्न सकेन र दिक्क मनेर बसिराखेको बेलामा त्यही बाटो भएर कतै जाँदै गरेको स्वामीले मूर्तिकारलाई त्यस्तो हालतमा देखेर कारण सोधे र उसले पूरै घटनाको बेलिबिस्तार लगायो ।


यो सुनेर स्वामीजीले भने, "तिमी एउटा काम गर, भोली अर्को मूर्ति बनाएर यहीं राख तर मुनि यो लेख कि यस मूर्तिमा जसलाई जे नमिलेको जस्तो लाग्छ, त्यसलाई मिलाएर जानुहोला !"


मूर्तिकारले भोलिपल्ट त्यसै गर्यो र साँझ हेर्दा मूर्ति जस्ताको तस्तै थियो, कसैले छुनसम्म पनि छोएनन् । ऊ संसारको प्रवृति र नियति बुझ्न समर्थ भयो ।

 

सारांश  :
------------------------------------------------------
खोट निकाल्नु, निंदा गर्नु, कुरा काट्नु, आलोचना गर्नु, उपदेश दिनु, सम्भव छैन भन्नु, आदि एकदमै सजिलो छ, दुनियाको जस्तोसुकै निकम्माले पनि गर्न सक्छ तर समस्या बुझेर समाधान गर्नु चाहिँ सबैको वशको कुरा हैन ।



  • Reviews (1)
  • hariadh30
  • 5 Years, 8 Months ago

सहि कुरा । ज्ञानबर्धक कथा ।

Leave a review

To leave a review, please login to your account. Login