छुट्ने बेलाको आदर

छुट्ने बेलाको आदर

एक पटक एक चित्रकार सम्राट नेपोलियनकोमा गए । नेपोलियनले ति चित्रकारले फोहोर मैलो लुगा लगाएको देखेर उनको आदर गरेनन् र उनलाई एकातिर अलि टाढा बस्ने आदेश दिए । पछी कुराकानी गरेर थाहा पाए की उनी बडो कुशल चित्रकार हुन् । केहि समयपछी चित्रकार जान लागे तब नेपोलियन आफै उठे र उनीसग हात मिलाए । साथै उनी ति चित्रकारलाई ढोकासम्म पुर्याउन गए ।

यस प्रकारको सत्कार देखेर चित्रकारलाई बढो आश्चर्य लाग्यो । उनले डराउदै डराउदै सम्राट नेपोलियनसँग सोधे- “जब म भित्र आएको थिए तब तपाईले मलाई छेउमा बस्न समेत दिनुभएन । अब जाने बेलामा तपाई मलाई यहाँसम्म पुर्याउन आउनुभएको छ यसको कारण के हो ?"


नेपोलियनले मुस्कुराउदै भने - “आउने बेलामा जुन आदर गरिन्छ, त्यो मानिसको पोशाक देखेर गरिन्छ । तर जाने बेलामा जुन आदर गरिन्छ, त्यो उसको गुण देखेर गरिन्छ ।”

 

सारांश :
हाम्रो समाज पद र शक्तिको आदर गर्छ ,व्यक्तित्वको होइन । तपाइँ जति सुकै व्यक्तित्वशाली हुनुस ,नेपाली सभामा तपाइको कदर हुदैन । विश्वका सबै दार्शनिक वा सफल व्यक्तित्वहरुको जीवन शैली प्राय साधारण देखिन्छ । गुण र क्षमताको कदर गरिन्छ । तव न मानिसहरु गुणवाट प्रेरित हुन्छन । समाजमा सृजनाशिलताको मूल्य स्थापित हुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login