2. वैदेशिक रोजगार र यसका असरहरू

2. वैदेशिक रोजगार र यसका असरहरू

  1. वैदेशिक रोजगार र यसका असरहरू

जीवन निर्वाह गरिने इलम, काम, पेशा, व्यवसाय र यही रोजगार स्वदेशमा गरिन्छ भने त्यो स्वदेशी रोजगार भनिन्छ । विदेशमा गरिन्छ भने वैदेशिक रोजगार भनिन्छ । नेपालमा पर्याप्त अवसर नभएका कारण वैदेशिक रोजगारमा नेपाली युवाको उच्च आकर्षण देखिएको छ । वैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्या बढ्दो छ । दैनिक करीब १५०० ब्यक्ति विदेशिने गरेको तथ्यांकले देखाउ‘छ । आज वैदेशिक रोजगार नेपालको अर्थतन्त्र धान्ने माध्यम बन्न पुगेको छ । नेपालमा वैदेशिक रोजगारमा जान एक सय १० मुलुक खुला गरिएको छ । २९ वटा दूतावास खोलिएको छ । नेपालबाहिर करीब ३० लाख नेपाली रहेको भनिय पनि सरकारस‘ग स्पष्ट तथ्यांक छैन । विदेशिएका नेपालीहरुको तथ्यांकको नभएको सरकारस‘ग रेमिट्यान्सको (विप्रेषणको) तथ्यांक छ. रे । हाल नेपालमा ५६.५ प्रतिशत परिवारले विप्रेषण रकम प्राप्त गर्ने गरेका छन् । एक परिवारले एक वर्षमा सरदर ८० हजार बिप्रेषण प्राप्त गर्ने गरेको पाइन्छ । विप्रेषणले ९न्।म्।ए० कुल ग्राहस्त उत्पादनमा करीब २५.५ प्रतिशत योगदान गरेको अवस्था छ । यस्तो अवस्थामा पनि सरकारले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, भरपर्दो र प्रतिफलयुक्त बनाउन सकिरहेको छैन ।


‘फेसन जस्तो देखिएको तर बाध्यताले घेरिएको र समस्याको पीडा बोकेर हि‘ड्ने जमातको लाइन गाविसको कोठादेखि लिएर एमआरपी बनाउने ठाउ‘सम्मको चित्र कहालीलाग्दो छ । बाबु भन्छन्– छोरा त‘ पढेर के गर्छस् ? छोरा– पढ्छु अनि विदेश जाम्ला नि । आमा पनि छोराको आशा गर्दै पछि कमाउलास् नि भन्छिन् । कमाइहालिन्छ नि आमा विदेश गएपछि त । गाउ‘मा रामे हल्लेको देखेर काकाले सोध्ने गर्छन्– रामे त‘ किन हल्लेर हि‘डेको ? उसको उत्तर हुन्छ– म पासर्पाेट बनाउ‘दैछु के । अब भिसा लागि हाल्छ नि । हजुरबुवा घरमा आउनुहुन्छ अनि सोध्ने गर्नु हुन्छ– बुहारी † छोराले कति पठायो त विदेशदेखि पैसा ? बुहारी– मलाई ठीकै भा’छ घर खर्च र रिचार्ज गर्नको लागि । बुहारीको उत्तरपछि नातिलाई सम्झाउ‘दै भन्ने गर्नुहुन्छ– बुवा बिदेशमा हुनुहुन्छ त राम्रोस‘ग पढेस् र बुवाको दु.ख बुझेस् । ऊ बुवाको के दुःख बुझ्थ्यो र । ऊ त नशामा भुल्न सिकिसकेको छ । बुहारी र नातिको उत्तरपछि हजुरबुवाको मनमा पीडा महसुस हुन्छ र सोच्ने गर्नुहुन्छ यदि छोरा नेपालमा भएको भए त बुहारी्लाई रिचार्ज गर्नुपर्थेन होला अनि नाति नसामा लट्ठ पनि हुने थिएन, जस्तो आज यस्ता हजुरवाको आवाज गुन्जिन थालेको छ र हजुरबुवाको समस्या एक घरको देखे ता पनि राष्ट्रको समस्या बन्न पुगेको छ ।


श्रीमान् खाडीको तातो भूमिमा १० तलामाथि इ‘टा बोकेको श्रीमतीलाई थाहा हुदैन होला ? हु‘दो हो त किन पैसा किन रिचार्ज र घर खर्चमा मात्रै पुग्छ त ? तल्ला घरे हर्केका बुवा सोध्ने गर्नु हुन्छ– बाबु तिम्रो छोरा कहॉ छ त नि ? जेठो कतार, माइलो मलेसिया, कान्छो त इन्डेन लाहुरे छ । के अब यस्तै स्थितिबाट समाजमा मानिसको मृत्यु हु‘दा मलामीबिहीन बन्ने हो त लाश अनि जन्तीबिहीन बन्ने हो त विवाह ? हुन त देशमा गणतन्त्र आएको छ, कम्युनिष्टको सिद्घान्तअनुसार त्यो लाश लोकतान्त्रिक होला त्यो विवाह क्रान्तिीकारी होला तर हामी जस्ता सामान्य नागरिकका लागि वाध्यता र विवशताको स्थितिको उपज मात्र हो नि त होइन र ?


समस्या त अझ घरमा खाने चामल छैन । लगाउने लुगा फाटो छैन । शिक्षा लिन पैसा छैन । मेडिकल जाने स्थिति छैन अनि पैसा ब्याजमा लिई वैदेशिक रोजगारमा जान बाध्य छन् ती युवा । वैदेशिक रोजगारलाई मर्यादित बनाउन रोजगारसम्बन्धी सबै कार्यहरुको समन्वय गर्नुपर्र्नेे देखिन्छ । स्वदेशमा हुने ठगी नियन्त्रण गर्ने र सम्झौताबमोजिम काम र ज्याला पाए नपाएको बारे परराष्ट्र मन्त्रालयले अनुगमन गर्नु आवश्यक छ । दक्ष जनशक्ति तयार पार्न सकेमा श्रमिकहरु माथि हुने पीडाको कम हुन्छ । विदेशमा जाने कामदारलाई आवश्यकता पर्ने सही र यथार्थ सूचना यबम जानकारी समयमै उपलब्ध गराउनुपर्ने देखिन्छ ।


अबैधानिकरुपले विदेश जाने कामदारको नियन्त्रण र कडाइ गर्नुपर्ने आवश्यक देखिन्छ । विदेशमा दुःख पाएका कामदारको उद्धार र राहतकोषको स्थापनाले केही समस्या सुल्झाउन सक्छ । सरकारको रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी देशमा रोजगारी सिर्जना गर्नुपर्ने देखिन्छ । जलस्रोत र प्राकृतिक अपार भण्डार भएको ठाउ‘लाई समुचित उपयोग गरी देशमा स्वरोजगार सिर्जना गर्न सकेमा एमआरपी छाप्ने काम कम हुन्थ्यो कि ? श्रमशक्तिको पलायन हुनु राज्यको लागि ठूलो नोक्सानी हो । सकेसम्म राज्यले श्रम शक्तिलाई देशको विकास निर्माणको गतिविधिमा परिचालन गर्न सक्न्नुपर्छ । श्रमशतिm पलायन रोक्नको लागि सरकारले स्वदेशी उद्योग धन्दामा विदेशी लगानीको आकर्षण, सीप विकास र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने देखिन्छ । कृषिमा लगानी बढाउन सकेमा स्वरोजगार व्यवसाय सञ्चालनका लागि राज्यको अनुदान पाउन सकेमा युवाशक्ति स्वदेशी रोजगारमा नै सीमित हुन सक्थे कि ?


वैदेशिक रोजगार आफैमा राम्रो या नराम्रो त होइन तर यसको परिणामले यसलाई नराम्रो नै सावित गर्न पुगेको छ । सरकारलाई त यो वैदेशिक रोजगार कुल ग्राहस्थ उत्पादन (जि.डि.पि) को २५.५ प्रतिशतको योगदान दिएको चिज । तर हर्के र काकालाई चाहि‘ नराम्रो नै हो नि । पारिवारिक समस्या र देशको स्थितिको कारण थुप्रै समस्या कम गर्न बाध्य छन् । नेपाली श्रमिकहरु बाध्यताले हि‘डेका श्रमिकहरु प्रस्थान बिन्दुदेखि नै ठगिन पुग्छन् । गन्तब्यस्थलमा पुगेपछि सम्झौता बमोजिम काम र ज्याला नपाएको गुनासो त छ‘दैछ । त्यस्ता समस्या मानसिक र शारीरिक यातना सहन बाध्य छन् । श्रमिकहरु महिलामाथि हुने दुब्र्यवहार र हिंसा पनि वैदेशिका रोजगारको ठूलो समस्या छ‘दैछ ।

यो सामग्री राम्रो लागेमा वा यस्तै थप  Post हरू चाहनुहुन्छ भने  comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला । 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login