७. पुस्तकालयको महत्व

७. पुस्तकालयको महत्व

७. पुस्तकालयको महत्व

पुस्तक ज्ञानको भकारी हो । सार्वजनिक रुपमा विभिन्न पाठकहरुले आफ्नो नियम परिधिभित्र रहेर पढ््रन पाउने स्थलमा राखिएको पुस्तकहरुलाई लाइव्रेरी वा पुस्तकालय भनिन्छ । लाइव्रेरीमा  राखिएका पुस्तक कुनै एक किसिमका कुराहरुमात्र, कुनै एकैथरीका विचारले मात्र राखिएका विभिन्न थरीका निवन्ध लेख रचना नाटक तथा अनुसन्धानसंग जोडिएका कृतिहरु हुन्छन् । त्यसैगरी देशलाई सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक पक्षलाई पहिलो स्थानमा राखी गरिएका ज्ञानका भण्डारलाई समेटेर कृतिहरु राखिन्छन् । यसरी राखिएका बहुमूल्य कृतिहरु समेटेर राखिएका पुस्तकहरु अध्ययनशील व्यक्तिका लागि निकै फाइदाजनक हुन सक्दछन् । त्यसैले हरेक ठाउँमा स्थापना गरेका पुस्तकालयको ठूलो महत्व रहेको छ ।

  ऊर्जाशील व्यक्ति ज्ञानको भोको हुन्छ । मानिसमा ज्ञानआर्जन गर्ने मात्र नभइ खोजमूलक अनुसन्धान गर्ने प्रवृत्ति मानिसमा रहेको हुन्छ । त्यस्ता अनुसन्धान खोजमूलक जिज्ञासालाई पुस्तकालयले पुरा गर्दछ । लाइव्रेरीमा राखिएका पुस्तक अध्ययनशील व्यक्तिका लागि असल मित्रपनि हो । जसरी असल साथीले गाह्रो अप्ठ्यारो परेको समयमा खुल्ला हृदयका साथ चोखो पवित्र साथ दिन्छ । त्यस्तै पुस्तकालयले अनुसन्धानका लागि असल मित्रको भूमिका पुस्तकले निर्वाह गर्दछ । ज्ञानको महासागरमा पुर्‍याउन सहयोग गर्दछ । तिनलाई सफल वाटोमा समेत पहिल्याइ अगाडि बढाउँदछ । आत्मवल बढाउँदछ । हरेक अध्यानशील मानिसलाई सशक्त बनाउने माध्यम नै पुस्तक हुन ।

हरेक समाजमा पुस्तकालय स्थापना गर्नु पर्दछ । मानिसलाई मानसिकरुपमा सशक्त बनाउने आधार हुन पुस्तकहरु पुस्तकालय स्थापना गर्दा पाठकवर्गलाई धेरै फाइदा पुग्दछ । पाठकहरुले सामान्य शुल्कमा त्यस भित्रको धेरै ज्ञानलाई प्राप्त गर्न सक्दछन् ।  लाइव्रेरीमा राखिएका धेरै पुस्तकहरु पाठकले किनेर अध्ययन गर्नुभन्दा किनेर पढ्न सकिन्छ जस्तो लाग्दैन् । किन्न खोज्दा  पाठक वर्गले प्राप्त गर्नसक्ने स्थिति हुन सक्दछ । एक अत्यधिक अभाव दोस्रो पुस्तकै नपाउनु त्यसैले यस्तो अवस्थामा पुस्तकालयले अध्ययनशील व्यक्तिको इच्छा चाहाना पूर्ण गरिदिने गर्दछ । पाठकवर्गको जिज्ञसा मेटाउँदछ । यस आधारमा पनि हरेक समाजमा पुस्तकालयको महत्व रहेको छ ।


  संस्थागत रुपमा स्थापना गरेका पुस्तकालयको विभिन्न विद्यालय महाविद्यालय कार्यालय संघसंस्था कार्यालयमा स्थापना गरेको पुस्तकालयहरु पर्दछन् । त्यस्ता संस्थागत रुपमा खोलेका पुस्तकालयमा त्यहीं बसेर आफूले चाहेअनुसारको पुस्तक अध्ययन गर्न पाइन्छ । यी सबै पुस्तक  सबैका लागि  सहजढंगले खोज्दा पाइदैंनन् । यसरी राखिएका पुस्तक सबै राम्रा असल मात्र हँुदैनन्, खराब मात्रै हँुदैनन् । सबैखाले पुस्तक रादिएका हुन्छन् । पाठकले आफूलाई मनपर्ने आवश्यक पुस्तक छनौट गरी अध्यन गर्दै आत्मसन्तुष्टी प्राप्त गनुपर्दछ । यसरी एक ठाउँमा बसी अनेकथरीका पुस्तकबाट ज्ञान आर्जन गर्न सकिने हुँदा समाजमा पुस्तकालय को ठूलो महत्व राख्दछ ।

यो सामग्री राम्रो लागेमा वा यस्तै थप  Post हरू चाहनुहुन्छ भने  comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला । 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login