- Home
- Show Content
८. मेरो जीवनको लक्ष्य
८. मेरो जीवनको लक्ष्य
८. मेरो जीवनको लक्ष्य
धार विनाको तरवार र लक्ष्य विनाको मानिस निरर्थक हुन्छ । जीवन सङघर्ष हो । सङघर्षको मैदानमा उत्रिएपछि विजयको माला पहिरनुपर्छ । तसर्थ कुमालेको चक्रझैँ फनफनि घुमिरहने समय र त्यहि समयको लगामले बाँधिएको मानव जीवनमा एक कुशल लक्ष्य, अनिवार्य छ । यदि कोहि आफुलाई मानव भन्छ भने उसको लक्ष्य अवश्यमय निर्धारित हुनुपर्छ । मैले पनि आफुलाई मानवको कोटीमा राखेर आफ्नो जीवनको लक्ष्य निर्धारण गरेको छु । मेरो जीवनको लक्ष्य हो, राजनीति । म राजनीतिका माध्यमबाट राष्ट्रलाई कुशल नेतृत्व दिन चाहन्छु र साचोँ अर्थमा भन्नुपर्दा नेपाल र नेपालीको उन्नति र प्रगतिका निम्ति मरिमेट्ने प्रयत्न गर्ने छु । जसरी आगोले तातो बिर्र्सिएको छैन,पानीले चिसो,सूर्यले प्रकाश अनि चन्द्रले शितलता,त्यसरी नै मानिसले पनि आफ्नो लक्ष्य कदापी बिर्सनु हुदैन र सफलता प्राप्तिका निम्ति हरक्षण लागिपर्नु जरुरी छ।
राजनीति अर्थात राज्यसंचालन गर्ने निति, राज्यव्यवस्था सम्बन्धी निति । जनताको शान्ति सुरक्षा कायम गर्ने मौलिक अधिकारको कदर गर्ने, राज्यको शासनव्यवस्थाको प्रणाली निर्धारण गर्ने राष्ट्रिय र अन्तराष्ट्रिय नीतिको उपयूक्त सन्तुलन गर्ने नीति राजनिति हो ।कूशल राजनीतिज्ञको नेतृत्वमा राष्टका हितका निम्ति गरिने निति नै राजनिति हो । तर हाम्रो देशको सन्दर्भमा भने राजनिति पैसा कमाउने निति,भ्रष्टाचार गर्ने निति, देशको अस्मिता बेच्ने निति विकृति र विसङगति भित्र्याउने निति बनेको छ । राजनीति फोहोरी खेल बनेको छ । जाल, झेल, षड्यन्त्र, छलकपट इत्यादिबाट राजनीति चलेको छ । राजनीतिका सिद्धान्त र आदर्शहरु पतन भएका छन्। यी सबै कुशल नेतृत्वको अभावमा भएको हो र यी सम्पूर्ण विकृति र विसङगातिको अन्त्य गरी सामाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न मैले आफ्नो जीवनको लक्ष्य राजनीति बनाएको हुँ।
म राजनीतिका माध्यमबाट शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विधुत्त, खानेपानी जस्ता पूर्वधारहरु विकासमा पहल गर्ने छु । देशको शैक्षिक स्तर सूधारका निम्ति उच्च माध्यमिक तहसम्म निःशूल्क शिक्षा र गाँउगाँउमा विद्यालयको अवधारणा ल्याउने छु । अस्पतालदेखी आर्याघाट सम्म, पाठशालादेखी बधशाला सम्म, सानातिना कार्यलायदेखी ठुलाठुला मन्त्रालयसम्म राजनीति सुधारेर, जनतालाई मनाउने छु, बाटोघाटो खनाउनेछु, अस्पताल,उधोगधन्दा बनाउने छु, गाँउगाँउमा बत्ति बाल्नेछु ,ठाउँठाउँमा पुल हाल्नेछु अनि देश विकासका निम्ति उचित कदम चाल्नेछु ।
राजनीतिक विसङगति बाग्मतिमा सेलाउनेछु भ्रष्टाचार, कमिशनतन्त्र, हत्या, हिसाँ, आतङ्कको अन्त्य गरी राज्यमा शान्ति सुव्यवस्था कयाम गर्दै विदेशी मुद्राले राज्यकोष भर्ने छु । अभावै अभावमा जीवन विताउनेहरु, च्यातियको धोति र भोटोबाट मुस्किलले आफ्नो लाज जोगाउनेहरु अनि पेट भरि खान नपाए पनि पटुका कस्नेहरु के दियो नेताले, के दियो राजनीतिले अनि के दियो लोकतन्त्रले भन्दै भित्रभित्रै मुर्मुरिएका छन् । म तिनीहरुलाई सम्पनता दिलाउन चाहन्छु । औषधीको गोली नदेखेकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिलाउनेछु अनि बन्दुको गोली निलेकाको परिवारलाई आर्थिक राहत प्रदान गर्ने छु । “हे भगवान मलाई कस्तो देश मा जन्म दियौ” भन्ने युवाको रगत देशप्रेमको भावनाले ओतप्रोत गराउनेछु । पृथ्वीलाई नै जुरुक्क उठाउन सक्ने जोस, जाँगर र उत्साह भएका युवावर्ग विदेशी भुमिका दास बनेर कौडीको मुल्यमा आफ्नो श्रम र सीप बेचिरहेका छन् र म तिनीहरुलाई नेपालमै रोजगारी दिलाउने छु । विदेशी स्याउ होइन स्वदेशी नास्पति खाने बानी बसाउनेछु । मिनरल वाटर होइन, ढुङगेधारा र कुवाको पानीले सम्पुर्ण नेपालीको तिर्खा मेटाउनेछु । विश्वको सर्वोच्च शिखर सगरमाथालाई आफ्नो शिर बनाई भुस्वर्गका रुपमा एसियाको मुटु बनेर रहेको नेपाललाई पर्यटकहरुको सर्वप्रिय थलो बनाउनेछु । विज्ञान र प्रविधिको विकासलाई चरम सिमामा पुर्याउनेछु अनि नेपाललाई कृषिप्रधान देश, सगरमाथाको देश, गौतम वुद्धको देश, वीर गोर्खालिको देश भनि संसारभरी चिनाउनेछु ।
अन्तत, देश विकासका निम्ति बनाएका मेरा योजनाहरुलाई भनाइमा होइन व्यवहारमा, देखावटीमा होइन वास्तविकतामा अनि बोक्रामा होइन गुदीमा लागु गराई, पुराना, थोत्रिएका, कुच्चिएका ऐन कानुन, कुसंस्कार र कुप्रवृत्तिलाई राजनीतिका माध्यमबाट पखालेर चिटिक्कको नयाँ नेपाल सिर्जना गर्नु नै मेरो जीवनको उद्देश्य हो । यही मेरो जीवनको लक्ष्य हो ।
यो सामग्री राम्रो लागेमा वा यस्तै थप Post हरू चाहनुहुन्छ भने comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review