- Home
- Show Content
१८. शिक्षा र मुस्लिम समुदाय
१८. शिक्षा र मुस्लिम समुदाय
१८. शिक्षा र मुस्लिम समुदाय
सम्पूर्ण मानवजातीका लागि शिक्षा नै सर्वोपरि हो । यो कुरा सबैलाई थाहा नै छ । बिना शिक्षाको जीवन पशु सरह हुन्छ । शिक्षा नै त्यो हतियार हो जसले समाजमा विद्यमान रहेको विभेद , अत्याचार, अन्यान्य कुरिति र हिंसा जस्ता सत्रुलाई हटाउन सक्छ । तर आजको एकाईसौं शताब्दीमा पनि एक जमात शिक्षाबाट वन्चित रहेकोछ । आधा आकाश भनिने अधिकांश महिला शिक्षाबाट बन्चित छन् । जसको फलस्वरूप आज समुदायमा विभिन्न खले समस्याहरु जस्तै बाल विवाह , बहुविवाह, अनमेल विवाह , तलाक र घरेलुहिंसा आदि विद्यमान छन् ।
मुस्लिम समुदायमा जहां शिक्षाको यति महत्व छ कि हदीशमा नै भनिएको छ कि “ शिक्षा हासिल गर चाहे चीन जान परोस् ।“ यसले पनि प्रमाणित हुन्छ कि मुस्लिम समुदायमा शिक्षाको कति महत्त्व रहेको छ तर अफसोच त्यही समुदायमा आज शिक्षाको कदर हुन सकिरहेको छैन् ।
आज अवस्था यो छ कि हाम्रो गांउ समाजमा महिलाहरुलाई शिक्षा यो कारणले दिइदैन् कि छोरी प्राय धन हो यस माथि शिक्षामा लगानी गर्नु व्यर्थ हो । भने अर्को तिर मान्यता छ कि छोरीलाई पढाएमा उ बिग्रिन्छ वा केटा साथी बनाउनतिर लाग्छ । कोही त यो समेत भन्ने गरेका छन् कि छोरीलाई पढाएमा घरजम गर्न गाह्रो हुन्छ । कसैकसैले भन्ने गर्छन् छोरीलाई स्कूल पठाए भागी हाल्छे । कहिं त यो समेत भनिन्छ कि छोरीलाई पढाए भने मातिन्छन् । महिलाहरुलाई यसरी शिक्षाबाट टाढा हुनुको कारण चाहि समाजमा रहेको कुरीति , असुरक्षा र अविश्वास हो ।
के शिक्षाले बिग्रार्ने काम गर्छ त ?
के शिक्षा हासिल गर्नेहरु घरजम गर्न सक्दैनन् त ? के छोरीलाई स्कूल पाठिएमा भागि नै हाल्छन् र ? के छोरी साच्चिकै पराया धन नै हो ? के छोरीलाई पढाएमा उनीहरु माति नै हाल्छन् ? यस्ता धेरै प्रश्नहरु छन् जसको उत्तर हो नाइ शिक्षाले जीवनलाई सरल बनाउँछ । शिक्षाले बाच्न आधार सिकाउंछ । शिक्षाले सही र गलतमा फरक छुट्याउने ज्ञान दिन्छ । यहां सम्म कि शिक्षाको महत्व यति छ कि एक पुरुष शिक्षा हासिल गरे आफु मात्र शिक्षित हुन्छ तर एक महिला शिक्षित भए पुरा परिवार शिक्षित हुन्छ । परिवार बाट समुदाय र समुदायबाट सम्पुर्ण देश नै शिक्षित हुन्छ ।
आज ठुलठुला देशहरु किन विकसित भएका छन् किन उनीहरु आफ्नो पहिचान अलग बनाउन सफल भए । किनकि उनीहरुले शिक्षाको महत्व बुझे र शिक्षामा जोड दिए । हामी एक नजर आफ्नो समुदायमाथि हेरौं जहां एक तिर महिलाहरु शिक्षा दिलाइयो भने बिग्रिन्छ भन्ने मान्यता छ भने अर्को तिर महिलाहरुलाई शिक्षा दिलाउने सुरक्षित स्थान छैन् । विद्यालयहरु टाढा रहेका कारणले बाटोमा जाने आउने बेला विभिन्न हिंसा अपहरण, बलात्कार र अपराधिक घटना घट्ने गर्छन् । यस्ता धेरै घटनाका कारण घरपरिवारले छोरीलाई स्कूल पठाउन डराउंछन् । भने अर्कोतिर शिक्षामा मिसावट गरिदैंछ शिक्षकहरुका साथै अभिभावक लगायत विद्यालय व्यवस्थापन समितिको समेत लापरबाहीले शिक्षाको स्तर दिन प्रतिदिन घट्दै गइरहेको छ ।
जहां आजको आवश्यकता नै गुणस्तरीय र शीपमुलक शिक्षा आर्जन गर्नु र गराउनु हो । त्यहीं सबैको लापरवाहीले आज नतिजा यो छ कि बच्चाहरुमा शिक्षाप्रतिको आकर्षण घटेकोछ । आज हामी र हाम्रो मुस्लिम समुदाय पछाडि पर्नुको कारण नै शिक्षाको महत्व न बुझ्नु हो । यदि हेर्ने हो भने मुस्लिम समुदायमा अभिभावकहरु आधुनिक र औपचारिक शिक्षा भन्दा पनि मदरसा शिक्षामा बढी जोड दिने गरेका छन् । तर यहां केही यस्ता मदरसा पनि फेला परेकाछन् जहां विद्यार्थीहरुको भविष्यसंग खिल्वाड गरेको पाइयो । अर्थात वर्षोंसम्म पनि एउटै कक्षामा सीमित राखिएको घटना पनि आए । के शिक्षाको अर्थ यही हो त ? यस्तो शिक्षाले हाम्रा बच्चाहरुको भविष्य उज्जवल हुने हो त ?के हामीले यस्तै शिक्षा चाहेका हौं ?के सरकारको शिक्षा नीतिको उद्देश्य यही हो ? कदापि होइन् यो मात्र सरोकारवालाहरुको लापरवाही हो जसको परिणाम स्वरूप हाम्रा बच्चाहरुको भविष्य धरापमा छ ।
मुस्लिम लगायतका अन्य समुदायका महिलाहरुको शिक्षामा पहुंच बढाउन पहल गरेको छ जस्तै ः ओवरसियर , नर्सिंग आदि । सरकारको यस पहलले गर्दा मुस्लिम लगायतको समुदायका बालिकाहरुले यस्ता शिक्षा हासिल गर्न केही हदसम्म सफल पनि भएका छन् । सरकारको यो शिक्षा नीतिले धेरै सकारात्मक प्रभाव पारेको छ । तर शिक्षा लिएर मात्र केही फाईदा हुदैन्ं जब सम्म शिक्षाको सही उपयोग न भए । किन भने सरकारको यो नीति मात्र यस कारण उपयोग गरे ताकि उनकी छोरीहरुको विवाह राम्रो घरमा भइ जाओस् , यस कारण होइन् कि छोरीहरु पनि शिक्षा हासिल गरी केही योगदान दिऊन् ।
के यस्तो गर्दा शिक्षाको सही सदुपयोग हून्छ त ?
अब शिक्षालाई आम गर्न सबैको साझा पहलको खांचो छ । मात्र शिक्षकको पहलले पनि सम्भव छैन् , मात्र अभिभावकको सकृयताले सम्भव छैन् , मात्र संघ सस्ंथाको सचेतनाले सम्भव छैन्, मात्र सरकारको नीति र कार्यक्रमले सम्भव छैन् । यो सम्भव यो मानेमा मात्र हुनेछ जस यी सम्पूर्ण सरोकारवालाहरुको साझा पहल र अगुवायी हुन्छ । यदि शिक्षालाई नाम मात्रको शिक्षा नभइ अर्थपूर्ण र सबैका लागि शिक्षाको अवधारणाका अगाडि बढ्छौं तब मात्र शिक्षाको औचित्य रहन्छ । साथै समाजमा विद्यमान विभिन्न खले समस्याहरु जस्तै बाल विवाह , बहुविवाह, अनमेल विवाह , तलाक र घरेलुहिंसा आदिको अन्तय गर्नका लागि पनि शिक्षा नै एक उचित बाटो र उपाय हो ।
writer : साहिदा बानो साह (तमन्ना)
यो सामग्री राम्रो लागेमा वा यस्तै थप Post हरू चाहनुहुन्छ भने comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review