प्रेरक प्रसङ्ग : समयको महत्व

प्रेरक प्रसङ्ग : समयको महत्व

अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंगटनलाई समयको महत्व बुझ्ने मानिसको रूपमा विश्वभर उदाहरण स्वरूप प्रयोग गरिन्छ । उनलाई समयको मूल्य थाहा थियो । त्यसैले उनी सदैव आफ्नो एक/एक पलको सदुपयोग गर्थे ।


एकपटक उनले आफ्ना केही साथीलाई भोजनका निम्ति निमन्त्रणा गरेका थिए । दिउसको दिनको ३ बजे भनेर निमन्त्रणा भएको थियो । संयोगवस जर्ज वासिंगटनका पाहुनाहरू त्यो समयमा आएनन्। अचम्म को कुरा तब उनले एक्लै खाना खान सुरु गरिदिए । केही बेरपछि भोजमा आएका पाहुनाहरूलाई जर्ज वासिंगटनको यस्तो चाला देखेपछि नराम्रो लाग्यो ।


जर्ज वासिंगटनले भनेछन् - " क्षमा गर्नुस् । खाना टेबलमा ल्याउनु अगाडि मेरो भान्सेले यो सोध्दैन कि पाहुना आए या आएनन् । केवल उसले यो सोध्छ समय भयो या भएन ? " उनको यस्तो कुरा सुनेर पाहुनाहरु लज्जित भए ।

 

सारांश
--------
समय चिन्न सक्नु पर्छ । हरेक काम समयमै गर्न सक्नु पर्छ ।काममा अत्यन्त नियमित हुन सक्नु पर्छ ।काम गर्नेहरु खुराफाती हुन सक्दैनन् , खुराफातिहरुको काम नै हुदैन ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login