१९. शिक्षा र अनुशासन

१९. शिक्षा र अनुशासन

१९. शिक्षा र अनुशासन

शिक्षा आँखाको ज्योति हो योबिना मानवको जीवन अन्धकारमय हुन्छ । मानव जीवनलाई सफल र उन्नत बनाउन शिक्षासँगै अनुशासनको अधिक मह¤व रहन्छ । अझ त्यसमा विद्यार्थी जीवनमा शिक्षा र अनुशासनले ठूलो मह¤व राख्दछ । शिक्षा आर्जन गर्नुमात्रै पर्याप्त छैन, शिक्षालाई स्तरीय र भविष्य अनुकुल बनाउन अनुशासनको साथै इच्छा र लगनको पनि उत्तिकै आवश्यकता पर्दछ । असल शिक्षा आर्जन गर्न, शिक्षालाई जीवनोपयोगी बनाउन साधना र तपस्या नै गर्नुपर्दछ । यसरी प्राप्त शिक्षाले स्वयंको जीवनलाई सफल बनाउँदछ नै, अन्यको जीवनमा पनि बदलाव वा सम्भावना बढाउने र उर्जा ल्याउने तागत राख्दछ । अनुशासन सफलताको मार्ग हो, जुन मानवको असल विकासको लागि धेरै आवश्यक छ । मानवले शिक्षा र ज्ञानको साथमा अनुशासनले जीवनयापन गर्दछ भने ऊ आफ्नो सुख र समृद्धिमा भविष्यको लागि मार्ग निर्धारण गर्न सक्दछ ।

 

विद्यार्थी भनेका शिक्षित, सभ्य र चेतनशील नागरिक हुन् । विद्यार्थी जीवन मानव जीवनको अमूल्य जीवन हो । यो बितेपछि पुनः फर्केर आउँदैन । यो अवस्थामा शिक्षा ग्रहण गर्दा आफ्नो लगनलाई केन्द्रित गर्नुपर्दछ । अनावश्यक विवाद र खराब मार्गमा आफूलाई कत्ति पनि विकेन्द्रित गर्नुहँुदैन । आज गरिएको शिक्षाप्रतिको उदासीनताले भविष्यमा जीवनलाई अप्ठ्यारो मोडमा उभ्याउन सक्दछ । त्यसबेला हत्केला पुर्पुरोमा समाउनु शिवाय केही रहँदैन । शिक्षा र अनुशासनबिना मानव वा विद्यार्थी जीवन सधैँ खतरामा नै रहेका हुन्छन् ।

अनु+शासन अर्थात् आफूमा शासन गर्न तथा यही शासनको बलमा जीवनलाई सफलतापूर्वक सञ्चालन गर्न अनुशासन आवश्यकता पर्दछ । त्यसैले शिक्षाको मह¤व र आवश्यकतालाई बुझौँ । साहसी, धैर्यशील र परिश्रमी भई निरन्तर अध्ययन गरौँ । शिक्षाले जीवनलाई एकदिन अवश्य फक्र्याउने छ । शिक्षा आर्जन गर्दा धैर्य, लगन, परिश्रम, सहनशीलता र अनुशासित भई ज्ञान लिने र दिने बानीको विकास गरौँ । कुनै पनि विषयवस्तुमा आपसमा छलफल गर्ने बानीको विकास गरौँ । आफ्नो मनमा खड्केको विषयलाई मनमा माला उनेर नराखौँ, तुरुन्तै प्रश्न सोध्ने संस्कार बसालौँ । भर्खरै फुल्दै गरेका कोपिला हुन् विद्यार्थी, उनीहरुको क्षमताले जस्तो भेट्दछ, त्यसरी नै सोध्न सक्दछन् । त्यसमा गुरु र गुरुआमाहरुले उनीहरुको मनोविज्ञानलाई बुझेर नम्र भई सम्झाउँदै उनीहरुले सोधेको प्रश्नको उत्तर दिन सघाउनु पर्दछ ।

यसले गर्दा उनीहरुमा शिक्षाप्रति लगाव र उर्जा जाग्न थाल्दछ । फलस्वरुप उनीहरुमा शिक्षाको स्तर बढ्न थाल्दछ । असल शिक्षक र मित्रको ज्ञानले आफूमा भएका आधा अवगुण नष्ट हुन्छन्, त्यसैले शिक्षासँगै संगतमा पनि ध्यान दिऊँ । असल शिक्षक र मित्रले असल व्यवहार, अनुशासन, नियत र सर्वप्रियको कार्यमा लाग्न उत्साहित गराउँदछन् । असल शिक्षक र असल मित्रले गलत ढंगका आचारविचारलाई त्यागी राम्रो जीवन उपयोगी मार्गमा पाइला चाल्न सिकाउन तनमनले लागेका हुन्छन् । मात्र हामी उहाँहरुले दिएका ज्ञान र सीपलाई सराहना गर्नुपर्दछ, तबमात्र हामी असल विद्यार्थी मित्रको असल मित्र बन्न सक्दछौँ । असल गुरुजन र मित्रहरुको संगत गर्दा आफूमा भएका आधाजस्तो अवगुण र कुविचार नष्ट हुन्छन् ।

शिक्षा धनको लागि होइन, विश्वास र सफल जीवनको लागि साधना गरिन्छ । धनको आशा राखेर शिक्षा हासिल गर्न खोजियो भने जीवनमा प्राप्त गर्ने ज्ञान र सफलता दुवै गुम्न सक्छ । मानवको जीवनमा शिक्षा र अनुशासन नभएमा जीवनको दौडमा सबैभन्दा पछि जानेछ । यिनको अभावले मानवलाई असफलता नै दिन्छ । त्यसैले शिक्षा काम सक्नको लागि होइन, आफू सक्षम हुनको लागि अध्ययनमा लाग्नुपर्दछ । सरकारले पनि विद्यालय शान्ति क्षेत्र हुन् भनी विसं २०६८ जेठ ११ मा घोषणा गरिसकेको छ । जीवनमा स्वस्थ सुखको अनुभूति तबमात्र गर्न सक्छौँ, जुन बेला हामी असल शिक्षक र मित्रको साथमा ज्ञानको सागरमा रमेका हुन्छौँ । जसले हामीलाई ज्ञान, सुझाव र हितको कार्यमा अग्रसरता गराउँदछन् ।

असल शिक्षाले प्रश्न गर्न र उत्तर दिन सिकाउँछ भने खराब शिक्षाले उत्तर दिन हिच्किच्याउँछ र रट्न सिकाउँछ । त्यसैले शिक्षा दिने र लिने तरिकामा पनि आफैँमा आजैबाट परिवर्तन गरौँ र तबमात्र शिक्षामा बदलाव आउनेछ । हामी आफँै सुधारिएर असल र सज्जन बनिदिँदै जाऊँ, विस्तारै सबैले यो सोच्न र व्यवहारमा उतार्न थाल्नेछन् । अन्ततः समाज र देशमा शिक्षाको क्षेत्रमा परिवर्तन अवश्य नै हुन्छ ।
विद्यार्थी भविष्यका कर्णधार भएको हुनाले उनीहरुलाई असल शिक्षा लिनमा नै ध्यानकेन्द्रित गराऔँ । कुनै पनि प्रकारका घरेलु तथा व्यक्तिगत प्रयोजनका लागि प्रयोग नगरौँ । शिक्षक वर्गलाई शिक्षाका गतिविधिमा जवाफदेही बनाउन पूर्णरुपमा सबै क्षेत्रले अपिल गरौँ । शिक्षक वर्गले आफ्ना विद्यार्थीलाई जिम्मेवारी लिएर असल शिक्षा दिनुहोस्, उनीहरुलाई अनावश्यक बाह्य गतिविधिमा संलग्न हुनबाट रोक्नुहोस् । शिक्षक वर्गले शिक्षा आर्जन गर्ने विद्यार्थीलाई अन्य गतिविधिमा संलग्न गराइएको थाहा पाए उनीहरुसँग स्पष्टीकरण माग्नुहोस् ।

विद्यार्थीहरुलाई यस्ता गतिविधिमा संलग्न गराउँदै हुनुहुन्छ, किन ? भूल हुनु विद्यार्थीमा प्राकृतिक घट्ना हो, यसलाई शिक्षक वर्गले स्वीकार गरी असल संस्कारको जग स्थापित गर्नुपर्दछ । उनीहरुलाई सुधार र प्रगतिउन्मुख मार्गमा डो¥याउनु पर्दछ । बुद्धिहीनहरु धेरै बोल्दछन्, त्यसैले तिनीहरुले बोलेका कुराको अर्थ हुँदैन । तर, बुद्धिशालीहरु कम बोल्दछन्, त्यसको अर्थ धेरै हुन्छ । हामी यही कुरा बुझ्न सक्षम हुनको लागि असल शिक्षाको साथसाथै हामीमा अनुशासनको पनि भरपूर प्रचूरता हुनुपर्दछ ।

आजका विद्यार्थी भविष्यका विद्यालय शान्ति क्षेत्र अभियानका अभियन्ता हुन्, यिनलाई असल शिक्षा र संस्कार दिऊँ । विद्यार्थीले पनि आफ्नो ध्यानलाई शिक्षा आर्जनमा लगन र अनुशासित भई उद्देश्यमा सफलता हासिल गर्न मर्यादित, संयमित भई निरन्तर कर्तव्य पथमा लागिरहनु पर्नेछ । असल शिक्षाले हाम्रो शिर कहिल्यै झुकाउँदैन, सधैँ शिर उचो बनाउँदछ । हामीले हाम्रा असल संस्कारलाई जीवित बनाउनु पर्दछ । विद्यार्थी जीवनमा शिक्षा र अनुशासनमा रहनु, आफ्ना सम्पूर्ण कार्यहरु व्यवस्थितरुपले गर्नु नितान्त आवश्यक छ । शिक्षामा उदासीन भएर होइन, इच्छा, लगन, परिश्रम र अनुशासनलाई आत्मसात् गरेमा सफलता प्राप्त गर्न सकिन्छ । जुन मानव वा विद्यार्थी जीवनमा सहयोगीसिद्ध हुन्छन् । शिक्षाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकोस्, शिक्षा मानवीय जीवनमा प्रयोगमुखी बनोस्, शिक्षाको क्षेत्र शान्तिपूर्ण र भएरहित बन्न सकोस् । 

(pawan.subedi007@gmail.com)

यो सामग्री राम्रो लागेमा वा यस्तै थप  Post हरू चाहनुहुन्छ भने  comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला । 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login