२०. गुणस्तरिय शिक्षा आजको आवश्यकता !

२०. गुणस्तरिय शिक्षा आजको आवश्यकता !

२०. गुणस्तरिय शिक्षा आजको आवश्यकता !

वास्तवमा शिक्षा के हो ? कस्तो शिक्षा गुणस्तरिय शिक्षा हो । प्राचिन समयमा रुखको फेद र ऋषिको कुटीमा बसेर लिइने गुरुकुल प्रणालीको शिक्षा देखी वर्तमान युगमा घरको कोठा भित्र बसेर कम्प्युटरबाट लिइने शिक्षा प्रणाली सम्मको परिवेशलाई समिक्षा गरि नेपाल जस्तो विकासन्मुख देशमा लागु भएको शिक्षा प्रणालीलाई आत्मसात गर्दै अत्यधिक शैक्षिक उपलब्धी र गुणस्तरीय शिक्षा हालि गर्न प्राप्त स्रोत साधन नीति प्रणाली, दक्ष जनशक्ति र व्यवस्थाको समुचित परिचालन गरिएको पाइन्छ ।

निर्दिष्ट शैक्षिक उपलब्धी नै गुणस्तरिय शिक्षा हो । गुणस्तरीय शिक्षा आर्जन गर्दै लगनसिल विद्यार्थी,कर्तव्य निष्ट शिक्षक जिम्मेवार अभिभावक कुसल व्यवस्थापक सर्जक समुदाय निश्वार्थ व्यक्तित्व,निश्पक्ष निकाय र स्थिर कारणको वर्तमान परिपेच्क्षमा महत्वपूर्ण भुमिका रहन्छ ।  गुणस्तरिय शिक्षाका लागि अन्य कुरा पृथक भएपनि शिक्षक ,अभिभावक विद्यार्थी त्रिपक्षीय सम्बन्धलाई महतवपूर्ण भुमिकामा जोड दिनु पर्छ । यी तीन पक्षबाट त्रिकोणात्मक गुणस्तरिय शिक्षाको लागि टेवा पुग्दछ ।

पौराणीक कालदेखी नै शिक्षाको विशिष्ट थियो । हाम्रा पूर्वीय दर्शनको प्रमाणीत गरिसकेका छन् । शिक्षाको नाममा नीतिगत कितावी ज्ञानले मात्र पुरा हुँदैन । व्यवहारीक बैज्ञानिक ,आधुनिक ब्यबसायमुलक रोजगारमुलक ,प्राविधिक जीवन उपयोगी शिक्षा नै आजको आवस्यकता हो । नेपाल जस्तो विकाससन्मुख बहुधार्मीक, बहुसाँसकृतिक, बहुभाषिक रुढिबादी परम्परा, अन्धविश्वास, जनचेतनाको अभावमा ग्रसित देशमा सहि सरल र असत्य के हो भनेर अन्ध विश्वास कुरुती हटाई सत्य र व्यवहारिक कुरा अगाल्न परिवर्तनकारी तत्वको रुपमा आधुनिक गुणस्तरिय शिक्षाको आवस्यकता भित्र पर्दछ ।

समाज परिवेश र समुदाय अनुकुल हुने गरि व्यबहारिक र सैद्धान्तिक रुपमा समायोजित तरिकाले विद्यालय शैक्षिक संस्थानलाई अगाडी बढाउन कार्यको महत्वपूर्ण भूमिका रहन्छ ।
शैक्षिक क्षेत्र सुधारका लागि बालमैत्री जस्ता विद्यालयको रणनीति योजना बनाई कार्ययोजनाका आधारमा बढाएर कामलाई शिक्षण विधि र विभिन्न किसिमका बाल केन्द्रको बृद्धि र विकास चेतनामुलक क्रियाकलाप अगाडि बढाएर मात्र शैक्षिक क्षेत्रको विकासमा टेवा पुग्न सक्छ ।

विद्यार्थीहरुले शिक्षा लिन लगनसिलका साथ तत्परता आबस्यकता पर्दछ ।गुणस्तरिय शिक्षाका लागि व्यवस्थाप, समुदाय, र अविभावकले उपयूक्त वातावरण निर्माण गर्न जिम्मेवार हुनुपर्छ । गुणस्तरिय शिक्षाले समाजका लागि कर्मठ योगी, कुसल ब्यबस्थापक, राष्ट्रसेवक कर्मचारी,साहित्यकार, इन्जीनियर, पायलट जस्ता दक्ष जनशक्ति उत्पादन गर्ने गर्दछ ।

नेपालको शिक्षा प्रणालीमा भौगोलिक धरातल, हावापानी, र समज परिवेश अनुसार शिक्षालाई प्रोजेक्ट बेश सिकाई प्रभावकारितालाई ध्यान दिदैं पाठ्यक्रम विकासमा ध्यान दिन आबस्यक छ ।

writer :- नृपराज गिरी -बाजुरा

यो सामग्री राम्रो लागेमा वा यस्तै थप  Post हरू चाहनुहुन्छ भने  comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला । 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login