- Home
- Show Content
२४.व्यावहारिक शिक्षा : आजको आवश्यकता
२४.व्यावहारिक शिक्षा : आजको आवश्यकता
२४.व्यावहारिक शिक्षा : आजको आवश्यकता
अहिलेको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक तथा सीपमूलक शिक्षातर्पm ध्यान दिनु हो । अहिलेको अवस्थामा व्यावहारिक, व्यावसायिक तथा सीपमूलक शिक्षा आर्जन गर्नमा विद्यार्थी उत्साहित देखिएका छन् । यसबाट देशले छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्छ भन्ने आशा गर्न सकिन्छ । हाल विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्दित हदा प्राविधिक कलेज खल्ने क्रम पनि जारी छ । विशेष गरी विद्यार्थीको भविष्य निर्माणको आधार मानिने एसएलसी. पास गरेपछि व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्ने बाटो तय गर्छन् । एसएलसीपछि भविष्यमा के गर्ने, के गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा अभिभावक चिन्तित हुन्छन् । त्यसैगरी विद्यार्थीहरुमा पनि विभिन्न इच्छा, आकांक्षा हुन्छन् । फलस्वरुप उनीहरुले भविष्यको बाटो तय गर्दछन् । एसएलसीको रिजल्टपछि आमअभिभावकमा आफ्ना छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि कुन विषय पढाउ'दा उपयुक्त हुने र कुन विषय पढ्न छोराछोरी इच्छुक हुन्छन् त्यहीअनुसार अध्यापन गराउनु आवश्यक छ।
कुनै अवस्थामा विद्यार्थीको इच्छा एकातिर र अभिभावकको इच्छा अर्कोतिर हुन सक्छ र विद्यार्थीले आफ्नो इच्छाअनुसार अध्ययन गर्न नपाउ'दा नकारात्मक असर पर्नसक्छ। विशेष गरी आमअभिभावकको इच्छा आफ्ना छोराछोरीलाई डाक्टर, इञ्जिनियर, पाइलट तथा प्राविधिक विषय पढाउने हुन्छ । त्यस्तै अहिलेको अवस्थामा राम्रो अंक ल्याउने विद्यार्थीहरुको अभिभावकले विज्ञान संकायतर्फ भर्ना गरेका हुन्छन् । समाजमा एउटा यस्तो भ्रम छ, जहाँ विद्याथः र ीले राम्रो अंक पायो भने विज्ञान संकाय नै अध्ययन गर्नुपर्छ । त्यसैले अभिभावकले आप्mना छोरा छोरीलाई यसतर्फ नै दबाब दिएका हुन्छन् । तर आफ्नो इच्छाअनुसारको विषय अध्ययन गर्नुपर्छ । अहिलेको अवस्थामा प्राविधिक शिक्षातर्फ नै ध्यान केन्द्रित गर्नुपर्छ।
अन्धकारमय जीवनमा सुनौलो बिहानीको सिर्जना गर्दै ज्ञानको ज्योति दिएर शिक्षा देखापरेको छ । शिक्षा भनेको थाहा पाउनु हो । यसले ज्ञान दिन्छ । यस प्रकारको मूल्यवान वस्तुको उपयोग प्रणाली र यसको प्रभावकारितालाई ध्यानमा राखी यसको उपयोग गर्ने विषय मुख्य चुनौती हो । प्राविधिक शिक्षातर्फ ध्यान केन्द्रित ह' दै जाँदा शिक्षालाई श्रमसग गाँसेर हेर्न आवश्यक छ । जसले गर्दा शिक्षा सिर्जनात्मक श्रमशक्तिको उत्पादक बन्न सकोस् । यस्तो शिक्षा प्रणाली नेपालको लागि आवश्यक छ। तर हाम्रो मुलुकमा दोषपूर्ण जस्तै मानिएको छ । जसले गर्दा शिक्षाको लक्षलाई लजित बनाएको छ । नेपालमा शिक्षा प्रणालीको उचित कार्यान्वयन हुन नसक्दा शिक्षाले श्रमलाई अपहेलना गरेको छ । हाल युवाहरुमा देखिएको बेरोजगारीलाई त्यसको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ । अर्कोतर्फ यसले नक्कली विद्यार्थीहरु उत्पादन गर्दछ। देश विकासको मुख्य आधार भनेको देशको शिक्षा प्रणालीलाइ लिन सकिन्छ । शिक्षाले भोक लगाउ'छ तर भोक मेटाउ'दैन शिक्षार्थीको शारीरिक र मानसिक क्षमतालाई पनि प्रभाव पार्न सक्दैन । त्यसैले देशको शिक्षा प्रणाली तथा यसको कार्यान्वयन पक्ष खेल जस्तो हुनुपर्छ। शिक्षार्थी खेलाडी जस्तो हुनुपर्छ । जसमा प्रशस्त अभ्यास जोडिएको हुन्छ । हुन त शिक्षाको विकास तीब्र गतिमा भइरहेको छ र अनेक चरणहरु पनि पार गर्दैछ । यद्यपि कामयावी शिक्षाले समाजलाई उभोतर्फ डो¥याउछ।
अहिलेको पुस्ता कम्प्युटर शिक्षातर्पm पनि आकर्षित छ । विश्वस'ग प्रतिष्पर्धा गर्न पनि कम्प्युटर शिक्षालाई प्राविधिक शिक्षाको रुपमा लिन सकिन्छ । अहिलेको शिक्षा प्रणालीअनुसार प्राविधिक विषय पढाउने कुरा कम चुनौतीपूर्ण छैन । शिक्षामा व्यापारीकरणले गर्दा महंगो र ठूलो स्कूलमा आफ्ना विद्यार्थीलाई भर्ना गर्नेतर्फ अभिभावक लागेका हुन्छन् । तर दुर्गम र न्यून आय भएका अभिभावकहरुले भने आफ्ना छोराछोरीले राम्रो अंक प्राप्त गरेपछि कसरी पढाउने भन्ने कुरामा चिन्तित हुन्छन् । किनकि उनीहरुका लागि निजी र महंगा कलेजहरुमा पढाउने हैसियत पुग्दैन । जसले गर्दा देशमा राम्रो प्रतिभा हु'दाह' दै पनि त्यो प्रतिभा खेर गइरहेको छ । यसतर्फ राज्यले ध्यान दिनु उसको उत्तरदायित्व होइन र ? गरिवी तथा कमजोर आर्थिक अवस्थाका कारण राम्रो अंक प्राप्त गर्ने मेधावी विद्यार्थीहरु पनि विशेष गरी दुर्गम इलाका र ग्रामीण इलाकाका सामान्य विषय अध्ययन गर्दै गाउ'मै थन्किन बाध्य छन् । राम्रो विषय पढेर राम्रो मान्छे बन्ने सपना अपुरो भएको छ । शिक्षानीतिको कार्यान्वयन ठीक नहुदा तथा शिक्षामा सबै वर्गको समान पहुच नभएको कारण नेपालमा शिक्षानीति हुनेखाने वर्गकै हितमा छ।
केही समय अगाडि एमविविएस प्रवेशका लागि हने परीक्षामा भएको आर्थिक अनियमिततालाई उदाहरण शैक्षिक विकासको लागि अवरोध सिर्जना भएको छ । अनुसन्धानात्मक विषय र विज्ञानसम्बन्धी विषय पढाइ महंगो र स्रोत साधनको अभावमा सबैको पह' चमा राम्रो विषय पढ्ने अवसरको कमी रहने गरेको छ । त्यसैले नेपालमा प्राविधिक जनशक्तिको कमी छ र उत्पादन पनि कम भएको छ । जसले गर्दा देशले आर्थिकरुपमा फड्को मार्न सकेको छैन । हाल नेपालमा कैयौं उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु बेरोजगार बस्न बाध्य छन् । बेरोजगारी र अवसरको कमीले उच्च शिक्षा हासिल गरेका राम्रा विद्यार्थीहरु विदेश पलायन हुने क्रम पनि बढ्दो छ । विदेश गएर अवसर पाउनेहरुमा उच्च शिक्षामा राम्रो अंक प्राप्त गर्नेहरु नै रहेका छन । यस्तो अवस्थाबाट उच्च शिक्षा हासिल गर्ने व्यक्ति विदेशी भूमिमा नै हराउने गर्दछन् । यस्तो समस्या समाधान गर्नु वैज्ञानिक तथा व्यावहारिक शिक्षानीति अवलम्बन गर्न नितान्त आवश्यक छ । मुलुकको समग्र आर्थिक, राजनीतिक,शैक्षिक, प्राविधिकलगायतका विभिन्न विषयमा ज्ञान आर्जन गरेका व्यक्तिहरुलाई उचित अवसर दिएमा शिक्षा उत्पादनमुखी हुन सक्छ । जसले मुलुक रुपान्तरणको लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
देश विकासको लागि उपयोगी भनेको प्राविधिक, व्यावहारिक तथा व्यावसायिक शिक्षा हो । त्यसैले राज्यले सम्पूर्ण जनतप्राविधिक शिक्षाको विकासमा जोड दिनु आवश्यक छ । जसले गर्दा विद्यमान बेरोजगारी समस्याको समाधान हुन सकोस् र राज्यले पनि आर्थिक लगायतका क्षेत्रमा तीब्र रुपमा विकासमा फड्को मार्न सकोस् । त्यसको एकमात्र उपाय भनेको प्राविधिक शिक्षामा ध्यान दिनु हो । त्यसैले अहिले देश विकासको मुख्य आधार भनेको व्यावहारिक आत्मनिर्भरउन्मुख शिक्षा आजको आवश्यकता हो ।
writer : गिरबहादुर महरा
यो सामग्री राम्रो लागेमा वा यस्तै थप Post हरू चाहनुहुन्छ भने comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review