२७. समाज परिवर्तनमा विद्यार्थीको भूमिका

२७. समाज परिवर्तनमा विद्यार्थीको भूमिका

२७. समाज परिवर्तनमा विद्यार्थीको भूमिका

‘आजको विद्यार्थी नै भोलिका कर्णधार हुन् ।’ यो भनाइबाट नै विद्यार्थी जीवनको महत्व उदघाटित हुन्छ । आजको एउटा विद्यार्थी भोलिको सिङगो समाज, राष्ट्र र विश्व हाक्ने नेत्रीत्व हो, इन्जीनियर हो, डाक्टर हो, वैज्ञानीक हो आदी हो । यस अर्थमा युवा विद्यार्थी नै सिङगो समाज, राष्ट्र र विश्व बदल्न सक्ने शक्ति हो । सम्पूर्ण विश्वको भविष्य युवा विद्यार्थीको जिम्मा हो ।

हाम्रो जस्तो युगौ देखि सामान्ती अन्धविश्वास र कुसंस्कारले भरिभराउ भएको समाजमा २१ औ शतावदी अनुरुपको सचेतना र संस्कार विकास गर्ने ससवद्यार्थीहरुको धेरै महत्वपूर्ण र ठुलो भूमिका हुन्छ । किनकी युवा विद्यार्थीहरुमा नै नयाँ नौलो चेतना र संस्कृति आत्मासात गर्ने इच्छा शक्ति हुन्छ । यिनैले नै परिवर्तनलाई सहझै अंगाल्ने हिम्मत गर्न सक्छन् । त्यसैले संसारका सबै जसो परिवर्तनमा युवाहरु नै अग्रपक्तिंमा उभिदै आएका छन् र भविष्यमा पनि उभिरहने छन् । यो सत्यबाट विद्यार्थीहरु कहिले पछि हट्ने छेनन् ।

विश्वको हरेक इतिहहासले के कुराको पुष्टी गरेको छ भने संसारका प्रत्येक देशहरुका ठुला–ठूला आमूल परिर्वतनका घटनाहरु मुख्य रुपमा युवा विद्यार्थीहरुको सक्रीया सहभागिता मा सम्पन्न भएका छन् । विश्व चर्चित फान्सेली क्रान्ति होस् या रुस, चीन र भारतीय स्वतन्त्रता आन्दोलन यी सबै आन्दोलनमा सचेत युवा विद्यार्थीको नै धेरै ठुलो भूमिका थियो ।

हाम्रै देश भुटानको आन्दोलनलाई हेर्ने हो भने पनि सन् १९८९ मा काङलु“ङ कलेजमा विद्यार्थीहरुले वाङ चुँक राजतन्त्र विरुद्ध आवाज उठाएका हुन् ।

काङलुङ (सेरवचे) कलेजका सचेत विद्यार्थीहरुको पहलमा भूटान विद्यार्थी संघको स्थापना गरेर निरकुशं राजतन्त्तको विरुद्ध सबै भन्दा पहिलो आन्दोलनको झण्डा उठाएका हुन् ।

तर हाम्रो हकमा भने यतिखेर धेरै चुनौतिहरु पर्खाल झै खडा छन् । जसलाई हल गर्न सजिलो छैन । दुई दशक लामो शरणार्थी जीवन वितिसकेको छ । जसबाट धेरै तितो सत्य उत्धारित भएका छन् । एकातिर देश खोसिएको छ भने अर्को तिर भविष्य अन्धकार छ । जे ने तेने शिक्षा आर्जन भएको छ । तर ठोस केही छैन । होस पनि कसरी जब राष्ट्रियता नै नभए पछी अझ बढी प्रश्न कहाँ उढेको छ भने नेपालको शिक्षा नीतिको आधारमा पढाइका विद्यार्थी पुर्नवासको नाममा अमेरिका र युरोपका देशहरुमा अंशबाडे झै बाडिए पछि कसरी त्यहाँको समाजमा घुलमील र प्रतिस््रधा गर्न सक्छन् ? यस सन्र्दभमा युवा विद्यार्थी नै सबै भन्दा सहज र चाडो घुलमिल हुन सक्छन् ।

यसरी हरेक इतिहास र तथ्यहरुले युवा विद्यार्थी नै पविर्तनका बास्तविक संबाहक हुन भन्ने पुष्टि गरेका छन् । यस अर्थमा विद्यार्थीको भूमिका आज नि त्यति कै छ तर कतिपय युवा विद्यार्थीहरुमा शरणार्थी बन्नु नै अभिशाप लागेको छ खासगरी शरणार्थी जीवन ब्यतित गर्दा आइपर्ने गाह्रो अप्ठ्यारो र अभावले आम रुपमा निराशा र आक्रोश पैदा गरेको छ । जसको प्रतिफल समाजमा विकृति विसगति बडेर गएको छ । लागुऔषध दुवेसनी बड्दो अवस्थामा छ । अनुशासन र नैतिकताका शिक्षा एक पछि हर्को गर्दै कमजोर बन्दै गइरहेको छ । यो सव युवा विद्यार्थीहरुले आफ्नो शक्ति र भूमिका नबुझेर गरिरहेको छन् ।

यदी सकारात्मक र आशावादी भएर हेर्ने हो भने संसारका अन्य युवा सरह हामी पनि केही गर्न सक्छौ । हाम्रा हातहरु पनि त्यति कै सिर्जनशील छन् । हामी उतस्कैककक सक्षम छौ । त्यसैले आउनुहोस् युवा विद्यार्थी काँधमा काँध मिलाई समाज परिवर्तन गर्न लागि परौ ।

              writer : सृजन क्षेत्री

यो सामग्री राम्रो लागेमा वा यस्तै थप  Post हरू चाहनुहुन्छ भने  comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला । 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login