- Home
- Show Content
२८. नैतिक समाज निर्माणमा युवाको भूमिका
२८. नैतिक समाज निर्माणमा युवाको भूमिका
२८. नैतिक समाज निर्माणमा युवाको भूमिका
भनिन्छ युवा परिवर्तनका संवाहक हुन् । विश्व इतिहासमा हेर्दा पनि कुनै देशमा आमूल परिवर्तन गर्नका लागि युवाको महत्वपूर्ण भुमिका हुन्छ । युवामा भएको जोस जाँगरले सबै क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ । युवाको उत्साहलाई उचित कार्यमा ल्याउन सकेमा हरेक कार्यले सफलता पाउन सक्नेमा द्विविधा हुँदैन । हरेक परिवर्तनमा अग्रणी भुमिका वहन गर्ने युवा शक्ति व्यवस्थापन धेरै महत्वपूर्ण हुन्छ । यहि महत्वपूर्ण कामको जिम्मेवारी युवाहरुको रहेको छ । हाम्रो देशमा रहेका सम्पूर्ण युवा शक्तिलाई सहि मार्ग निर्देशन गर्ने काम अव हामी युवाको काधमा आएको छ ।
अहिले देशमा नैतिकताको कमी हुदै गइरहेको छ, अर्थात हामी नैतिकता गुमाई रहेका छौ । नीतिशास्त्र, धार्मिक ग्रन्थ र पुराणले हामीलाई नैतिकताको पाठ पढाएका छन् । नैतिकतामानै मानव समाज अडिएको छ । जहाँ नैतिकताको अभाव हुन्छ त्यहाँ विकृतीको भण्डार बन्दछ र मानव मानव रहदैन । मानवले मानवलाई सहयोग गर्नुको सट्टा घृणा र तिरस्कार गर्न थाल्दछन् जसले समाजमा द्वन्द्व सृजना गर्छ ।
अहिले देशमा यहि अवस्था सृजना भइरहेको छ । नैतिकताको अभावमा देशका सबै समस्या दिन प्रतिदिन जटिल बन्दै गइरहेका छन । नेताको नैतिकताले देशलाई मार्ग दिन्छ तर त्यहि नैतिकता हराएका कारण राष्ट्र जटिल मोडमा छ । आ–आफ्नै स्वार्थलाई सबैले प्राथमिकता दिइरहेका छन । यो नैतिक विहिन अवस्था हो । नीति भनेको नियम हो । त्यही नियमको परिधिभित्र रहनुनै नैतिकता हो । हरेक क्षेत्रमा नीति नियमहरु हुन्छन् । मानव जीवनका आ–आफ्नै नियम छन् । नियममा चल्ने मान्छेमानै मानवता रहन्छ । मानवतालाई अंगिकार गरेमा मात्र मानवतावाद झांगिन्छ । आज कुनैपनी क्षेत्रमा नीति नियम पालना हुदैन । जुनसुकै क्षेत्रका मानिस नियम उल्लंघन गर्न मात्र लागी परेका छन् ।
देश चलाउन संविधान वनाइन्छ तर त्यही संविधान वनाउनेहरु नै संविधानको पालना गर्दैनन् । आफैले बनाएको नियम नमान्नेको जमात व्याप्त छ । आफैले पटक पटक विभिन्न काम गर्न बनाइएका तलिका आफै उल्लंघन गरिन्छ । यहि नियम उल्लंघनका कारण अहिले देशमा दिन प्रतिदिन जटिल अवस्था सृजना हुदै गइरहेका छन । भष्टाचारको विषवृक्ष मौलाउदै गइरहेको छ । देशमा ठुला भनाउदा राजनीतिक दलहरुनै आन्तरीक किचलोमा रुमलिएका छन । आफै बनाएका नीति नियमहरु पनी पालना हुदैनन् । मन्त्री, सरकारी कर्मचारी, संघ संस्थाका पदाधिकारी, शिक्षक विद्यार्थी सबैले नियम विपरित काम गर्ने प्रवृती बढ्दै गइरहेको छ । यसले गर्दा नैतिकताविहिन हुन थालेको पाइन्छ । विभिन्न जाती मिलेर बसेको हाम्रो समाजमा जातियताको कुरो उठाइन्छ । जातै पिच्छेका राज्यका माग गरिए । विभिन्न फुलहरुको मिश्रणबाटमात्र फुलबारी सुन्दर बन्छ । फुलहरुलाई छुट्याएर यो सुन्द फुलबारीलाई कुरुप बनाउने कोषिश चलिरहेका छन् ।
नैतिकताको कमीले समाजमा मान्छे मान्छेबीच वैमनस्यता र द्वन्द्व बढ्दैछ । एकले अर्कालाई देखी नसहने, अर्काले गरेको कामप्रती नकारात्मक धारणा र प्रतिकृया दिने यो खराव आचरणले मानिस ग्रसित छन् । नराम्रो कामको आलोचना गर्नु नराम्रो होइन तर राम्रो कामको पनी आलोचना गरिन्छ । अर्काको रिस, डाह, इष्र्याले मान्छेको शत्रु आफन्तनै हुदै गएको पाइन्छ । आफु को हुँ ? र आफ्नो कर्तव्य के हो भन्ने कुराबाट मान्छे विचलित हुदै गइरहेको पाइन्छ । मानिसले मर्यादा उल्लंघन गर्दा समाजमा आपसमा द्वन्द्व सिर्जना भइरहेको छ । हामीलाई हाम्रा पुर्खाहरुले नैतिकता सिकाएका छन । आफ्नो कर्तव्य र अकर्तव्यहरु चिनाएका छन् । हाम्रा धर्मग्रन्थ, पुराण, सबै नैतिक शिक्षका खानी छन् । गीताले मानव जीवनको नियम सिकायो महाभारत, रामायणले कर्तव्य सिकाए । वेदका मन्त्रले कल्याणको कामना र विश्व शान्तिको कामना गर्न सिकाए तर ती कुरा हामीले सिक्ने प्रयास गरेनौ । हाम्रा पुर्खाले हामीलाई खराब काममा नलाग भन्दा भन्दै त्यतै धकेली रहेका छौ र नैतिकता गुमईरहेका छौ । हो यसरी नैतिकता विहिन बन्दै गइरहेको हाम्रो समाजलाई नैतिकतावान र जिम्मेबार बनाउने जिम्मा अब हामी युवाको काधमा आएको छ । अव हामी युवाहरु प्रिवर्तनको सम्बाहक बन्न सक्नु सक्नु पर्छ ।
यो सामग्री राम्रो लागेमा वा यस्तै थप Post हरू चाहनुहुन्छ भने comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review