- Home
- Show Content
३०. परोपकार
३०. परोपकार
३०. परोपकार
परोपकार भन्नु नै मानव प्रेम हो। अको शब्दमा भन्दा लोककल्याणको भावनाले अभ्रि्रेरित भै सम्पूर्ण प्राणीको उपकारको लागि गरिएको सौहाद्रपूर्ण कार्यलाई परोपकार भनिन्छ। भिक्षा, भीख, कृपा, करुणा, दयाभाव, धर्मदान आदि शब्दहरू दक्षिण एसियामा प्रायः उस्तै-उस्तै प्रयोजनको लागि प्रयोगमा आउने गर्दछन्। गहन रूपमा अध्ययन गर्दा परोपकार र भिक्षामा तात्विक अन्तर पाउन सकिन्छ। परोपकार समस्याको मूल कारण पहिचान गर्न उद्दत हुन्छ भने भिक्षा दान वर्तमान दुःखबाट थोरै राहत पाउनमा सीमित हुन्छ, परोपकार एक दीघकालीन समाधान हो भने भिक्षा अल्पकालीन, परोपकार हुने खानेको लागि एक मजबुत आग्रह हो भने भिक्षा सादा दान हो, पैसाको ठूलो राशी कुनै सत्कार्यमा प्रदान गर्नु परोपकार हो भने सानो रकम टीका लगाएर दिनु दान हो। विस्तृत रूपमा हेर्दा परोपकार समाजको जीवन शक्ति रूपान्तरणको लागि समय, स्रोत, साधन र प्रतिभाद्वारा गरिने पवित्र कार्य हो।
भनिन्छ, 'प्रत्येक भाग्यको पछाडि एउटा अपराध हुन्छ।' यही लुकेको वस्तुले मानिसलाई परोपकारी कार्य गर्न उक्साउँछ, कसैलाई आफ्नो कमाइको कर घटाउन, कसैले व्यक्तित्व बढाउन, सुन्दर र स्वास्थ्य सामुदायिक जीवन बिताउन, नेतृत्वदायी भूमिका निर्वाह गर्न, शुद्ध हुन र बदनामीबाट जोगिन मात्र। परोपकारलाई यही सीमाभित्र राखेर परिभाषित गर्नु उपभोक्तावादी सोचाइ मात्र हो।
'परोपकार नै समस्त मानव जातिद्वारा सराहना गरिएको सत्यता हो' भनेर अमेरिकी लेखक डेभिड हेनरी थारोले १९ सौं शताब्दीमै भनिसकेका थिए । मानवीय धर्म सर्वग्राहय हुन्छ । सो सार्वजनिक हो। यसले सबैको कल्याण चाहन्छ ।सबैसँग मिलेर बस्न सिकाउँछ । भाइचाराको महान् पाठ पढाउँछ । अनि सम्पूर्ण प्राणी-कल्याणको मूलमन्त्र प्राप्त गर्ने बाटो देखाउँछ, यही नै परोपकार हो। वनस्पतिले अरूको लागि काम गर्छ, प्रकृतिले सकेसम्म सहयोग गर्छ, पानी वर्षन्छ, हावा बहन्छ, सूर्य उदाउँछन्, चन्द्रमाबाट शितलता प्राप्त हुन्छ, यो सबै प्राणीको लागि हो, महानता हो। स्व. दयावीर सिंह कंसाकारको नेतृत्वमा खोलिएको नेपालको परोपकार संस्था आफ्ना लागि खोलिएको होइन, यी सार्वजनिक संस्था हो ।
ग्रामीण समाजको आर्थिक सुरक्षाको अवधारणा बदल्ने एक प्रयास परोपकारको भावना बढाउने उपाय, नेपालको स्थानीय स्रोत साधनको अत्यधिक प्रयोग, महिला शिक्षा र दिगो विकासको लक्ष्यमा सहयोग पुयाउने उद्देश्यले स्थापित टेवा नेपाल, महिलाको लागि विश्वकोष, मामा क्यास आदि संस्थाहरूले गरेको सेवाको योग पनि परोपकार सितै जोडिन्छ।
धर्म र करुणाको संयोग नै बौद्धमार्गी परोपकार हो। यो दयासँग जोडिएको छ। बुद्धले कहिले पनि धर्म प्रचार गरेनन्। परोपकारको पवित्र भावनाले उनको अन्तरआत्मामा प्रेरणा जगायो र बुद्ध सांसारिक बन्धनबाट मुक्त भएर सम्पूर्ण प्राणीको दुःख निरोधको उपाय खोज्न लागे बुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यसँग साक्षात्कार गरेका महामानव भन्ने कुरा बुझिन्छ। बुद्धले दुःख मुक्तिसित सरोकार नराख्ने दार्शनिक विषयलाई महत्त्व दिँदैनथे। उनका सबै मार्गहरू परोपकारमा आधारित छन्।
अरूको मन जित्ने सबैभन्दा ठूलो र बलियो साधन परोपकार भएको छ। यसले आत्मसन्तोष दिलाउँछ। मानवता प्रति प्रेमभाव दर्शाउनुको साथै आत्मनिर्भरताको सन्दर्भमा एउटा भरोसालाग्दो सन्देश दिन्छ, विश्वले मानेको छ।
यो सामग्री राम्रो लागेमा वा यस्तै थप Post हरू चाहनुहुन्छ भने comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review