- Home
- Show Content
३१. विद्यार्थी जीवनमा अनुशासनको महत्व
३१. विद्यार्थी जीवनमा अनुशासनको महत्व
३१. विद्यार्थी जीवनमा अनुशासनको महत्व
विद्यार्थी जीवन भनेको बाल्यअवस्थादेखिउच्चशिक्षा हाँसिल गरुञ्जेलसम्मको जीवनलाई भनिन्छ । उमेरको हिसाबले पनि ३/४ वर्षदेखि २२/२५ वर्षसम्मको उमेर विद्यार्थी जीवनको समय अर्थात् जीवन हो ।अनुशासन भनेको नियम कानुनको पालना गर्नु वा अनुशासनमा रहनुलाई अनुशासनको पालना भनिन्छ । जोसुकै मानिसले आ-आˆनो क्षेत्र वा स्थानमा अनुशासनको पालना गर्नुपर्छ । हरेक मानिसले अनुशासनको पालना गरे मात्र ऊसभ्य र महान् व्यक्ति कहलाउँछ भने अनुशासनको पालना नगर्दा हत्या, हिँसा र आतङ्क बढेर मानिस चोर, डाँका र धूर्त कहलाउँछ ।
विद्यार्थी जीवन भनेको जीवनको पहिलो खट्किलो हो । यस जीवनमा अनुशासनको पालना गरी विद्यालयको वातावरणलाई सहजर सुन्दर बनाउँदै पढ्ने विद्यार्थी मात्र लगनशील तथा मिहिनेती भएर राम्रोसँग विद्या आर्जन गर्न सक्दछ ।'हुने विरुवाको चिल्लो पात' भने झैँ ऊ विद्यार्थी पहिलादेखि नै असल लक्षणलेयुक्त भएर अगाडि बढ्छ ।विद्यार्थी जीवनमा अनुशासनको पालना गर्ने हरेक व्यक्ति राष्ट्रको असल नागरिक भएर स्वास्थ्य, शिक्षा, समाजसेवा, राजनीति, उद्योग, वाणिज्य आदि क्षेत्रमा योग्य भई देश विकासमा वा महìव पूर्ण योगदान दिन सक्छ ।
विद्यार्थी जीवन देखि नै शिक्षा र अनुशासन सँगसँगै विकास गर्दै लैजानु नितान्त आवश्यक पर्दछ । मानिस मानिस भएर बाँच्नु छ भने शिक्षा र अनुशासन सदैव कायम राख्नुपर्दछ । शिक्षा र अनुशासन सँगसँगै कायम रहेमा शिक्षार्थी अथवा विद्यार्थी उच्छृंखल, स्वार्थी, मतलबी, अभिमानी, दुराचारी हुन पुग्दैन । मनुष्य चरित्रलाई सुहाउँदो रूपमा ऊ अगाडी बढ्दै गइरहेको हुन्छ र भविष्यमा ऊ सबै क्षेत्रमा इमान्दारितापूर्वक नेतृत्व गर्नसक्ने, दिनसक्ने व्यक्तित्व र अस्तित्वयुक्त व्यक्ति भएर अगाडी बढ्दै जाँदा सबैको कल्याणको लागि अर्थ हितको लागि असाधारण देन दिनसक्ने सपुत भएर निस्कन सक्नेछ ।
अनुशासन भनेको आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक, शैक्षिक, सैनिक, प्रशासनिक जुनसुकै क्षेत्रमा पनि नभई नहुने विषय हो । अनुशासन विहीन जीवन वस्त्र विनाको शरीर जस्तै हुनजान्छ । त्यसैले विद्यार्थी जीवनदेखि नै अनुशासन पालन गर्नुपर्ने शिक्षा दिइराखेमा र पालना गराइराखेमा त्यो पछिसम्म पनि संस्कारको रूपमा रही बानी बस्दै जानेछ र कार्यरूपमा पनि परिणत हुँदै जानेछ । तसर्थ धार्मिक आध्यात्मिक एवं नैतिक शिक्षा नामक अनुशासनलाई जीवन प्रदान गर्ने शिक्षालाई शिक्षालयको शुरूदेखि नै सिकाउनु पढाउनु पालना गराउनु अत्यन्त जरूरी एवं महत्वपूर्ण विषय भएको कुरा सबैले महसूस गर्दै लैजानु सबैको दायित्व र कर्तव्य हो ।
यो सामग्री राम्रो लागेमा वा यस्तै थप Post हरू चाहनुहुन्छ भने comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review