३३. विद्यार्थी जीवनमा पत्रपत्रिकाको महत्व

३३. विद्यार्थी जीवनमा पत्रपत्रिकाको महत्व

३३. विद्यार्थी जीवनमा पत्रपत्रिकाको महत्व


पत्रपत्रिका सञ्चारको एउटा महत्वपूर्ण साधन हो । विभिन्न ठाउँमा भएका गतिविधि तथा क्रियाकलापहरु संकलन गरी पत्रपत्रिकामा प्रकाशित हुने गर्दछन् । पत्रपत्रिकाको प्रयोगले मानिसहरु एक ठाउँमा बसेर अर्को ठाउँ एवं एउटा मुलुकमा बसेर अर्को मुलुकमा घटेका घटनाहरु थाहा पाउँछन् । हामीले अन्य विभिन्न देशहरुमा भएका कुराबाट धेरै ज्ञान लिन सक्छौं । पत्रपत्रिका मानिसहरुका लागि ज्ञान प्राप्त गर्ने एउटा स्रोत हो । जसले मानिसलाई क्रियाशील र सिर्जनशील बनाउँछ । पत्रपत्रिकाहरु मानिसको प्रेरक पनि हुन् । नियमित रुपमा पत्रपत्रिका पढ्नु धेरै आवश्यक पनि हुन्छ । यसले हामीलाई नविन किसिमको ज्ञान दिन्छ । पत्रपत्रिकामा छापिएका सामग्रीहरुले हामीलाई कुनै पनि किसिमको काम गर्न जोश अनि जाँगर थपिदिन्छ ।

विद्यार्थीहरुका लागि पत्रपत्रिका अध्ययन गर्नु तथा त्यसमा भएका आफूलाई काम लाग्ने ज्ञान तथा सूचनाको टिपोट गर्नु अति आवश्यक पनि हुन जान्छ । पत्रपत्रिकाको नियमित पढ्नाले विद्यार्थीलाई देश विदेशमा भइरहेका घटना तथा गतिविधिहरु बारे थाहा हुन्छ । यसले विद्यार्थीलाई ठूलो सहयोग पु¥याउँछ । उनीहरुले पत्रपत्रिकाको माध्यमबाट राजनैतिक, ऐतिहासिक तथा भौगोलिक कुराको समेत ज्ञान बढाउन सक्छन् । विद्यार्थीहरुले राम्राराम्रा पत्रपत्रिका खोजीखोजी पढ्ने बानी बसाल्नुपर्छ । नेपालको सन्दर्भमा विद्यार्थीहरुलाई लक्षित गरेर विभिन्न पत्रपत्रिकाहरु पनि प्रकाशन हुँदै आएका छन् । छापा माध्यमहरुबाट मुना, बाल बगैँचा, बाल आवाज लगायतका बाल पत्रिकाहरु प्रकाशन हँदै आएका छन् भने विद्युतिय माध्यमबाट बालबालिकाहरुद्धारा नै ब्लग साइट बाल सरोकार डट वेवस् डटकम प्रकाशन हुँदै आएको छ । त्यस्तै अनलाइन बाल पत्रिका, साथीसाथी डटकम लगायतले अनलाइनबाटै बालबालिकाहरुलाई ज्ञानबद्र्धन सामग्रीहरु पस्कदैँ आएका छन् ।

त्यसै गरेर कुनै पनि मानिस कुमार्ग तर्फ लागेको छ भने पत्रपत्रिका पढ्ने बानीले उसलाई सुमार्गतिर लाग्न समेत प्रेरित गर्दछ । यस्तो बानीले मानिस अनुशासित, लगनशील र विनम्र बन्दछ । पत्रपत्रिकाहरु सबै एक किसिमका हुँदैनन् । हरेक पत्रिका निश्चित समयमा मात्र प्रकाशित हुने गर्दछन् । कतिपय पत्रिका एक विषयमा मात्र केन्द्रित रहेका हुन्छन् भने कतिपयले देशविदेशका सम्पूर्ण पक्षहरुलाई समेटेका हुन्छन् । आर्थिक, राजनैतिक, खेलकुद, भाषा, साहित्य, कला र मनोरञ्जन सबै पक्ष समेट्ने पत्रपत्रिका मानिसहरु बढी मन पराउँछन् । आफ्नो चाहना, आवश्यकता र रुचि अनुसारका राम्रा र उपयोगी पत्रपत्रिकाको छनोट गर्नुपर्छ । हामीले पत्रपत्रिकाको सदुपयोग गर्न पनि जान्नुपर्छ । पत्रपत्रिका पढ्ने भनेको सबै समय यसैमा लगाउनु पर्छ भन्ने छैन । आफ्नो फुर्सदको समय मिलाएर पत्रपत्रिका पढ्ने बानी बसाल्न राम्रो हुन जान्छ । विद्यार्थीले पनि केबल पत्रपत्रिकामै एकोरिरहने बानी गर्नुहुँदैन । यसले विद्यार्थीलाई आफ्नो अध्ययनमा हानी पु¥याउँछ । विद्यार्थीले समयको सदुपयोग गर्न सिक्नु महत्वपूर्ण हुन जान्छ ।

पत्रपत्रिकाका नकारात्मक पक्षहरु पनि हुन्छन् । कहिलेकाहीं पत्रपत्रिकाले झुठो समाचार पनि दिने गर्दछ । गलत समाचारले समाजमा नराम्रो असर पार्दछ । कुनै ठाउँको उन्नति र प्रगतिका लागि पत्रपत्रिकाको ठूलो महत्व छ । पत्रिकाको अभावमा शिक्षा, व्यापार, उद्योग, कृषि आदि कुनै पनि क्षेत्रको विकास हुन सक्दैन । विज्ञापन बेगर कुनै पनि वस्तुहरुको राम्रो विक्री हुन पनि सक्दैन । उद्योग, व्यापारलाई बढाउने धेरै ज्ञान पत्रपत्रिकाले दिन सक्छन् । आजको आधुनिक युगमा सञ्चारका साधनदेखि टाढा बस्न सकिदैन । यसले हामीलाई सरकारी नीति निर्देशन र योजनाबारे पनि ज्ञान दिन्छ । मानिसहरु बिहान उठ्ने बित्तिकै रेडियो र पत्रपत्रिकाका समाचारका प्रतिक्षा गर्न थाल्छन् । पत्रपत्रिका पढिसकेपछि मात्र मानिसका मनमा उठेका खुल्दुली मेटिन्छन् । पत्रपत्रिका दैनिक, साप्ताहिक, अर्धमासिक,मासिक आदि हुन्छन् । गोरखा पत्र, कान्तिपुर, द काठमाण्डु पोष्ट, नागरिक, अन्नपूर्ण पोष्ट, द राइजिङ नेपाल आदि दैनिक रुपमा छापिने ठूला पत्रिका हुन् भने छलफल, विमर्स, जनादेश, दृष्टि, घटना र विचार, बुधवार आदि साप्ताहिक पत्रिका हुन् । झापाबाट पूर्वाञ्चल, प्रतिदिन, जनसंसद, न्यू मेची टाइम्स, पिपुल्स टाइम्स,पूर्व सन्देश आदि दैनिक पत्रिका प्रकाशित भइरहेका छन् ।

पत्रपत्रिका हाम्रो जीवनको अति आवश्यक वस्तु हो । कुनै पनि समाजको विकास गर्न पत्रिकाले ठूलो भूमिका खेल्दछ । जनतालाई सूचना दिन, जनचेतना बढाउन र देश विकासमा पत्रपत्रिकाले सहयोग गर्छ । समाजमा रहेका कुरीतिहरु हटाएर असल बाटोमा लैजान पत्रपत्रिकाको धेरै ठूलो महत्व हुन्छ ।


(समिरा खरेल,  कनकाई उच्च मावि, झापामा अध्ययनरत विद्यार्थी हुन् । )

यो सामग्री राम्रो लागेमा वा यस्तै थप  Post हरू चाहनुहुन्छ भने  comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला । 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login