- Home
- Show Content
लकडाउनपछिको परीक्षा व्यवस्थापन
लकडाउनपछिको परीक्षा व्यवस्थापन
परीक्षाका बारेमा केही निर्णय नगरिकन अभिभावक र विद्यार्थीलाई तनावमा राख्ने त ? भन्ने प्रश्नलाई बेवास्ता गर्न मिल्दैन । अहिले लकडाउनमा रहनु भनेको सबै घरभित्र रहनु भन्ने हो । लकडाउनको अवधि र यसपछिको अवस्थाका बारेमा सोचेरमात्र थप निर्णय गरौँ ।
११ वा १० महिना अवधिको शैक्षिक सत्र बनाउनुपर्ने अवस्था आयो भने त्यति आत्तिनुपर्दैन । किनकि अहिले हामीसँग लगभग दुई महिनाजति समय हिउँदे र वर्षे बिदाका लागि दिने प्रचलन छ । यी बिदा कटौती गर्ने हो भने सजिलैसँग शैक्षिक सत्रको अवधि मिलान हुनसक्छ । तर भर्ना समय र परीक्षाका बारेमा केही समय मिलान गर्नु आवश्यक हुनसक्छ । यस्तो समय मिलान गर्न स्वदेशभित्रका विश्वविद्यालय र विद्यालय शिक्षासँग सम्बन्धित निकायहरू बसेर तालिका बन(ाउनुपर्ने हुन्छ । तसर्थ कति अवधिको शैक्षिक सत्र हुन्छ भनेर यकिन गरेपछि मात्र परीक्षा के कसरी लिने भनेर तय गर्नु उपयुक्त हुन्छ । विद्यालय तहका वार्षिक परीक्षा लिई सकिएको भए सोको नतिजा प्रकाशन छिटो विधिबाट गर्दा हुन्छ । परीक्षा लिन बाँकी भए विद्यालयले विद्यार्थीको विगतका अभिलेखको आधारमा कक्षोन्नतिका सम्बन्धमा निर्णय लिनु उपयुक्त हुन्छ । कक्षा १० भन्दा मुनिका कक्षामा पुनः परीक्षा लिने गरी कार्यतालिका बनाउनु आवश्यक छैन ।
कक्षा १० को परीक्षा कक्षा ११ मा लैजानका लागि मात्र नभएर रोजगारीमा प्रवेश गर्नका लागि पनि हो । राज्यका विभिन्न निकायमा प्रवेश गर्नका लागि कक्षा १० को प्राप्ताङ्कलाई न्यूनतम योग्यता मानिएसम्म मुलुकले यो परीक्षा लिनैपर्छ । परीक्षा कसले र कति विषयमा लिने भन्ने विषयमा बहस गर्दा हुन्छ । हाम्रा विद्यालयहरू सक्षम, उत्तरदायी र जवाफदेही भएको भए यो परीक्षा विद्यालयबाट लिँदा पनि हुन्थ्यो । तयार गरिएका प्रश्नपत्रका आधारमा विद्यालयले परीक्षा लिई उत्तरपुस्तिका निश्चित स्थानमा पठाउने व्यवस्था गर्न सके हुन्थ्यो जुन अहिलेका लागि सम्भव छैन ।
यसै वर्षदेखि कक्षा ११ को परीक्षा विद्यालयले लिने व्यवस्था गरौँ । यसबाट समयमात्र नभई मुलुकको धेरै स्रोत र साधनको बचतका साथै विद्यार्थी र अभिभावकको तनाव कम गर्न सकिन्छ । कक्षा ११ को परीक्षा विद्यालयबाट हुने निर्णयका लागि लकडाउन खुल्नु आवश्यक पर्दैन । यसले मुलुकमा सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ । विद्यालयलाई अनुकूल हुने गरी मुलुकभर एउटै तालिका बनाएर कार्यान्वयनमा ल्याउन सकिन्छ । अहिले परीक्षा बोर्डले बन(ाएका प्रश्नहरू प्रयोग गर्ने वातावरण बनाउँदा अझ राम्रै हुन्छ ।
कक्षा १२ को परीक्षा परीक्षा बोर्डबाटै लिनुपर्छ । उच्च शिक्षा अध्ययन गर्ने र कामको संसारमा प्रवेश गर्ने ढोकाका रूपमा रहेको यो परीक्षा आफैँमा विद्यालय तहको अन्त्यमा लिइने परीक्षा हो । विद्यार्थीले यस तहमा हासिल गरेको नतिजा उच्च शिक्षा तहको छात्रवृत्ति र राज्यका अन्य सुविधा प्रदान गर्नका लागि प्रयोग गरिने भएकाले यो परीक्षा लिनुपर्छ । १० महिनासम्मको शैक्षिक सत्र कायम हुने अवस्थासम्म यो परीक्षा बोर्डबाट सञ्चालन गर्नुपर्छ । समय बचतका लागि कक्षा १० मा जस्तै मुख्य विषयको परीक्षा बोर्डले लिने र बाँकी विषयहरू विद्यालयबाट लिँदा उपयुक्त हुन्छ । काम बाँड्दा अझ कम समयमा नतिजा प्रकाशन गर्न सकिन्छ ।
परीक्षा लिनैपर्दैन भन्ने सोचतर्फ अहिले जानु हुँदैन । लकडाउन नखुल्दासम्म हाम्रा क्रियाकलाप सञ्चालन हुन सक्दैनन् । यस अवस्थामा परीक्षा नलिने निर्णयबाट केही लाभ हुँदैन । हाम्रा सबै गतिविधि लकडाउन खुलेपछि मात्र सञ्चालन हुने हुन् । शैक्षिक सत्रको तालिका बिग्रन नदिन माथि भनिएजस्तै विभिन्न समयका नयाँ शैक्षिक तालिका बन(ाउने, पाठ्यभार र पाठ्यवस्तुको कन्टेन्ट्स रूप तयार गर्ने, शिक्षक सहयोगी मार्गदर्शन तयार गर्न विज्ञसमूह परिचालन गर्न सकिन्छ । विज्ञ समूहबाट कार्ययोजना बनाई अवस्था सहज भएपछि उपयुक्त विकल्प छनोट गरी निर्णय गर्दा हुन्छ ।
facebook :


Only rated.
Leave a review