असल पुस्तक भन्दा राम्रो साथी छैन

असल पुस्तक भन्दा राम्रो साथी छैन

वर्नर हाइजेनबर्ग जब १९ वर्षको उमेर सम्म जर्मनीको एक विद्यालयमा गार्डको ड्युटी गर्थे।उनलाई पुस्तक पढ्न औधि मन पर्थ्यो।एक दिन स्कूलकै पुस्तकालयमा प्राचीन यूनानी दार्शनिक प्लेटोको पुस्तकTimaeus पढ्ने अवसर पाएछ्न जसमा प्लेटोले परमाणु र पदार्थ सम्बंधित आफ्नो सिद्धांत प्रस्तुत गरेका थिए ।


यो पुस्तकले उनको मनमा भौतिक विज्ञानप्रतिको तिर्खा बढ्यो।पढ्दापढ्दै वर्नरलाई भौतिक विज्ञानमा यति रूचि जागेर आयो कि उनले यो क्षेत्रमा केही गर्ने प्रतिज्ञा गरे।उनले कडा मेहनत गरे।२३ वर्षको उमेरसम्म उनले आफ्नो बेजोड प्रतिभाको बलमा गोटिजेनमा प्रोफेसर मेक्स प्लङको सहायकको पदमा नियुक्त भए।यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।


आफ्नो जीवनको २४ वसन्त बितुन्जेल हाइजेनवर्ग केपनहेगनको विश्वविद्यालयमा लेक्चरर भइसकेका थिए।३१ वर्षको उमेरसम्म पुग्दा आफ्नो पहिलाको ६/७ वर्षको अनुसन्धानको आधारमा उनलाई भौतिक विज्ञानमा असाधारण योगदानका लागि नोबेल पुरस्कार प्रदान गरियो ।


यसरी विद्यालयको गेटमा पाले बनेर बाँचिरहेका उनलाई एउटा पुस्तकले नोबेल पुरस्कार विजयी बनाइदियो।यसर्थ,असल पुस्तकभन्दा ठूलो साथी संसारमा केही छैन
 



  • Reviews (2)
  • deepak
  • 6 Years, 1 Month ago

I need this .I like it sir

  • Bishnu Dhu
  • 6 Years, 1 Month ago

????????????????????????

Leave a review

To leave a review, please login to your account. Login