43. बालश्रम र यसको निवारण

43. बालश्रम र यसको निवारण

  1.  बालश्रम र यसको निवारण

सामान्य भाषामा बालश्रम भन्नाले बालबालिकाद्वारा गराइएको कामलाई बुझिन्छ । तर यो बालश्रमको संकुचित परिभाषा हुन जान्छ । यसलाई बृहत रुपमा व्याख्या गर्दा बालश्रम दुई वटा शब्दहरुले बन्दछ, त्यो हो बाल र श्रम । बालश्रमको व्याख्या गर्नुभन्दा पहिले बाल र श्रम छुट्टा छुट्टै परिभाषित गर्नुपर्दछ । बाल र श्रमको परिभाषामा नै धेरै विवाद छन् । सर्वप्रथम बाल भनेको बालबालिकालाई जनाउँदछ । बालबालिकाको परिभाषा र उमेर विभिन्न देशहरुमा भिन्दा भिन्दै पाइन्छ । कहि ५ वर्षदेखि १४ सम्मको लाई, कहि ५ वर्षदेखि १६ वर्षसम्म, कहि ५ वर्षदेखि १७ वर्ष सम्मको लाई, कहि ५ वर्षदेखि १८ सम्मको लाई, कहि १४ वर्ष मुनिका लाई, कहि १८ वर्ष मुनिलाई आदि उमेरका बालबालिकालाई बाल भनिन्छ भने कहिले बालबालिकाबाट गरिने सम्पूर्ण कार्यलाई श्रम अन्तर्गत राखिन्छ कहि केहि वर्गको कामलाई मात्र श्रम भनिन्छ । यसरी बालश्रमलाई परिभाषित गर्नु अत्यन्त अप्ठयारो छ ।

कुनै समूहमा “बालश्रम भन्नाले बालबालिकालाई कुनै किसिमको काममा लगाउनु हो जसले बालबालिकालाई बाल्यवस्था, दैनिक विद्यालय जानबाट वञ्चित गराउँदछ जसले गर्दा तिनीहरुमाथि मानसिक, शारीरिक, सामाजिक, मौखिक, खतरा उत्पन्न हुन्छ । यस्तो कुराहरुले बालबालिका शोषण भएको बुझिन्छ । यहाँ बालबालिकाको श्रम, बालबालिकाको हितको लागि दिइएको तालिम अन्य कार्य र केही निश्चित किसिमका कार्य जस्तै एमिस बालबालिका गर्ने कार्य र रेडक्रमस सर्कल र अन्य केहीलाई बालश्रम मानिदैन ।

भनिन्छ “बालबालिकाहरु देशका कर्णधार हुन्” र ‘स्वस्थ शरीरमा स्वस्थ मस्तिष्क हुन्छ ।’ बालश्रमले गर्दा बालबालिकाको शरीरमा प्रतिकूल असर पर्दछ । त्यसको प्रभावले गर्दा दिमाग राम्ररी विकास हुन पाउँदैन । जब कर्णधारहरुको स्वास्थ्य दिमाग सोचाईमा विकास आउँदैन तबसम्म हामीले कसरी नयाँ, समृद्ध र आर्दश नेपालको कल्पना गर्न सक्छौ ? त्यसैले बालश्रमको निवारण अपरिहार्य छ ।

मुलुकमा विद्यमान सामाजिक, आर्थिक र राजनैतिक परिस्थितिले गर्दा बालश्रमको समस्या कठिन र जटिल देखा पर्छ । नेपालमा जनसंख्याको ९० प्रतिशत भाग ग्रामीण क्षेत्रमा रहेको त्यसको पनि अधिकांश भाग कृषि क्षेत्रमा संलग्न गरेको (लगभग ८१ प्रतिशत) वयस्क साक्षरता दर कम रहेको (लगभग ५० प्रतिशत), वैकल्पिक, आर्थिक अवसरहरुको अभाव रहेको र सामाजिक तथा आर्थिक सुरक्षाका प्रावधानहरु अपर्याप्त रहेको सन्दर्भमा बालश्रम निवारण गर्ने कार्य आफैमा ठूलो चुनौतीको रुपमा देखा परेको छ । त्यसमा पनि गरिब परिवारका बालबालिकाहरुले काम गर्नुपर्छ भन्ने कुरालई सामाजिक अनुमोदन प्राप्त छ । “गरिबहरुको सम्पत्ति भनेको तिनका सन्तानहरु हुन्” भन्ने भनाई पनि छ । तर नेपाली समाजका सीमान्त गरिब परिवारमा बालश्रम भनेको नियती हो, विकल्पहिनताको स्थिति हो । बालश्रमको निवारण सबैका लागि अपरिहार्य छ । यसका लागि ऐन, नियम, कानून र सम्बन्धित निकायहरुले मात्र गर्नुपर्छ भन्ने कुरा आफैमा बेइमानी हुन आउँछ । हामी सबैले आ–आफ्नो ठाउँबाट कोशिश गर्ने भने हामी अवश्य नै सफल हुने छौँ ।

कुनैपनि बालबालिका स्वेच्छाले बाल श्रमिक हुने प्रश्न नै आउँदैन । गरिबी, अशिक्षा, अनाथ हुनुलगायतका कारणले बाध्यतावश र जबरजस्ती रुपमा बालबालिकाहरुलाई जोखिमपूर्ण बालश्रममा लगाइने गरेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको पहलले ालबालिकाहरुको अवस्था उजागर गर्ने तथा जोखिममा परेका केहीलाई उद्धार र सहयोग गर्ने काम गर्दै आइरहेका छन् । यसलाई सकारात्मक रुपमा लिनुपर्छ तर यो पर्याप्त भने छैन । अर्कोतर्फ राज्यका कार्यक्रमहरु न त प्रभावकारी छन् न त समस्याप्रति सरोकारवाला निकाय नै गम्भीर छन् ।


सरकारी निकाय र गैरसरकारी संस्थाहरुबीच कार्यक्रम सञ्चालनको सन्दर्भमा समेत समन्वय हुन सकिरहेको छैन । कतिपय कार्यक्रमहरु त बजेट सिध्याउने ढङ्गले मात्र सञ्चालन गरिएका हुन्छन् । यही तरिकाले बालश्रम उन्मूलनको सरकारको लक्ष्यले पूर्णता पाउने सम्भावना अत्यन्तै न्यून छ । नाराले मात्र बालश्रम उन्मूलन हुन सक्दैन, यसको लागि राज्य र नागरिकको ठोस प्रतिवद्धता, पहल र सकारात्मक भूमिका जरुरी हुन्छ । तसर्थ भयावह रुपमा रहेको बालश्रमको वर्तमान अवस्थालाई अन्त्य गर्न बालश्रमिकको रुपमा रहेका बालबालिकाहरुलाई श्रमबाट मुक्त गर्ने मात्रै होइन उनीहरुको शिक्षा, स्वास्थ्य, पोषण लगायतका विषयमा समेत ध्यान दिनु जरुरी छ ।

यो सामग्री राम्रो लागेमा वा यस्तै थप  Post हरू चाहनुहुन्छ भने  comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login