- Home
- Show Content
44. बालअधिकार
44. बालअधिकार
- बालअधिकार
मानिस विवेकशील प्राणी हो । यहि विवेककै कारण मानव सामाजिक प्राणीमा उच्च मानिन्छ । आज विश्वमा प्रविधि र आधुनिकताले छाएको छ । संसारमा जिवित सबै मानवहरुले मानवअधिकार वा न्यायको प्रत्याभुति पाउनुपर्छ । त्यसैले गर्दा निर्वमान समयमा मानवअधिकार र संरक्षणका लागी संयुक्त राष्ट्र संघको स्थापना भएको छ । यसमध्ये बालअधिकार प्रमुख पक्षका रुपमा पाईन्छ ।
बालअधिकारको ब्यूत्पत्ति बाल + अधिकार मिलेर बनेको हो । बाल भनेको बालबालिका र अधिकार भनेको उसले पाउनैपर्ने जन्मसिद्ध अधिकार हो । त्यहि जन्मसिद्ध एवम् मौलिक अधिकारको स्वतन्त्र रुपले उपभोग गर्नु नै बालअधिकार हो ।
बालबालिका भनेका काँचा माटा हुन् । यीनीहरुको रुप सृजना गर्ने काम वयस्कको हो । बालबालिकाको हेरविचार गर्भभित्र रहदा देखि नै गर्नुपर्छ । उसलाई कुपोषण हुन सक्छ, विभिन्न रोगको संक्रमण हुन सक्छ । हो, त्यसलाई हामीले गर्भभित्रै नै उसलाई विभिन्न आन्तरिक एवं बाह्रय अवरोधवाट छुटकरा दिनुपर्छ । चाहे उ गरिब किन नहोस्, चाहे उ राजा किन नहोस्, तैपनि उसले गर्भभित्र नै सुरक्षित एवं स्वतन्त्र रुपले जीवन सन्चालन गर्नु बालबालिकाको जन्मसिद्ध अधिकार हो । प्रत्येक बालबालिकाको माया, दया र शान्ति समझदारी एवं उचित शिक्षा पाउनु उसको जन्मैवाट पाएको र सन्तुलित भोजन आवासको प्रवन्ध र आफ्नो शरीर ढाक्ने लुगाकपडा (लत्ताकपडा) आदी आधारभूत आवश्यकताको स्वतन्त्र रुपले परिपुर्ति गर्न पाउनु हरेक बालबालिकाको अमुल्य अधिकार हो । हाल नेपालमा बालअधिकार निवारण सम्बन्धि विभिन्न प्रयासहरु भएता पनि दिनदिनै बालश्रमशोषण बालदुराचार जस्ता घटनाहरु घटीरहेका छन् ।
सन् १९९० को सेप्टेम्बर १४ देखि हालसम्म विश्वमा अन्तरराष्ट्रिय रुपमा बाल दिवस मनाउदै आएको पाईन्छ । यो दिवस हालसम्म मनाईरहदा विश्वमा बालबालिका विरुद्ध दैनिक अकाल्पनिक एवम् अप्रिय घटनाहरु घटेको पाईन्छ । अब हाम्रो मस्तिस्कमा बालहिंसा नियन्त्रणबारे जनचेतना अपनाउनुप¥यो । यी घटना घटाउने भनेकै बालअधिकारको बारेमा बेवास्ता हुन् । एउटा सज्जन मस्तिष्क भएको मानिस हातमा हात हल्लाई बालअधिकार र बालश्रम अन्त्यमा प्रवचन दिन्छ तर त्यहि व्यक्तिले आफ्ना बालबालिकालाई कोठामा थुनी गोजीमा साँचो बोकेर प्रवचन दिन्छ । आजका बालबालिकाको राम्रो हेरविचारले भोलिको देश राम्रो बन्न सक्छ । देश उन्नतीतिर लम्कन सक्छ । बालबालिकाको शैशैवकाल देखि उचित पौष्टिक आहारका साथै यथेष्ट बौद्धिक तिक्षणताका भोजन गर्न गराउन नितान्त आवश्यक छ । हामीले नैतिक आदर्श र अनुसासनका पाठहरु सिक्न पाए भोलिको राष्ट्र नै सुदृढ, नैतिकवान् र सदाचार भरिएको सभ्य राष्ट्र बन्न सक्छ । हालका बालबालिका हाम्रौ समाज र राष्ट्रका प्रतिविम्ब हुन् भने समाजका उपज पनि हुन् ।
बालबालिकाको अपहरण, लुटपाट, हत्याहिंसा जस्ता बालजधन्य अपराधमा सत्ता, शक्ति र धनको मोहपासोमा फसेर समाजनै आक्रान्त हुन्छ भने त्याहाँ बालअधिकारको के अर्थ ? यो अवस्थामा बालअधिकार निरर्थक हुन जान्छ । नेपालमा बालबालिकाको अधिकारलाई वैज्ञानिक आधार दिएको र सोहि अनुरुप बाल ईजलासको स्थापना हुनु, बालकल्याण गृहको स्थापना हुनु, बालसचेतना गृहको स्थापना हुनु जस्ता बालअधिकारका क्षेत्रमा भएका सकारात्मक उलपब्धिले बालबालिकाको उन्नती र प्रगती हुन्छ । त्यहि उन्नती र प्रगतीको फलस्वरुप बालअधिकार सुनिश्चित हुन सहज हुन्छ । आफ्नो जीवनलाई चाहेजस्तो रुपमा अघि बढाउदै लैजान, शिक्षा आर्जन गर्ने, खेलकुद र मनोरन्जनमा भाग लिने आदी बालबालिकाका महत्वपुर्ण अधिकारहरु हुन् ।बालअधिकार अन्तरगत कुनैपनि बालबालिकालाई दुव्र्यवहार गर्न नपाईने र बालबालिकाहरु असहाय तथा अपांग छन् भने तिनिहरुलाई अझ विशेष रुपले हेरविचार गर्नुपर्ने हुन्छ ।
विशेष गरी नेपाल सरकारले बालबालिकाको स्वास्थ्यको रक्षा, शिक्षा प्राप्ती र व्यक्तित्वको विकासमा सहयोग पुग्ने कार्यक्रमहरु ल्याएको छ तर देशमा व्याप्त गरिबी र पछौटेपनले गर्दा अझैपनि कतिपय बालबालिकाहरु पिडित अवस्थामा छन् । यस्ता बालबालिकाको रक्षाका लागि सरकारी एवं गैरसरकारी क्षेत्रवाट सहयोग जुटाउन जरुरी छ । विगतको तुलनामा बालअधिकारको क्षेत्रमा वर्तमान समयमा धेरैनै राम्रा कार्यहरु भएका छन् । हाल बालबालिकाको स्वास्थ्य रक्षाका लागि विभिन्न कार्यक्रम पनि भईरहेका छन् । बालअधिकारको क्षेत्रमा शिक्षाको पनि विकास हुदै आएको छ । तर यतिले मात्र सन्तुष्टि हुने अवस्था भने छैन् । बालबालिकाको क्षेत्रमा सर्वप्रथम बालचेतना जगाउन आवश्यक छ । बालअधिकारको रक्षाका लागि सबैतिरवाट दवाव दिनुपर्छ ।
यो सामग्री राम्रो लागेमा वा यस्तै थप Post हरू चाहनुहुन्छ भने comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review