तपाइँ खुसि किन हुनु हुन्न ?

तपाइँ खुसि किन हुनु हुन्न ?

एउटा काग जो आफ्नो जीवनमा अत्यन्त खुसि थियो ।एक दिन काग तलाउमा पानी पिउन गयो । त्याहाँ कागले तलाउमा सेतो हाँसलाई देख्यो । कागले सोंच्यो - म यति कालो छु ,यो हाँस यति धेरै सेतो छ । कागले सोच्यो कि सायद यो हाँस नै सबै भन्दा खुसि होला ।


काग हाँसको नजिक गयो र हाँसलाइ सोध्यो - के तपाईं संसारमा सबै भन्दा खुसि हुनुहुन्छ ? हाँसले भन्यो - पहिला त म त्यहि सोंच्थे तर एक दिन मैले तोता देखेपछि त्यहि तोता नै संसारको सबै भन्दा सुन्दर पंक्षी हो भन्ने महसुस गरें ।


त्यस पछि काग तोतालाई भेट्न गयो । उसले तोता संग सोध्यो - के तपाईं संसारमा सबै भन्दा खुसि हुनुहुन्छ ? तोताले भन्यो - म पहिला एकदम खुसि थिएँ तर एक दिन मैले मयुर देखे पछि आफूमा भएको त्यो भ्रम पनि हट्यो ।मेरो बिचारमा मयुर नै सुन्दर पंक्षी हो ,ऊ नै सबै भन्दा खुसि पंक्षी हो


यो सुने पछि काग फेरी चिडियाखानामा भएको मयुर भेट्न पुग्यो । त्यहाँ मयुरलाइ हेर्न हजारौं मानिसहरु आएका थिए । कागले सोध्यो - के तपाईं संसारमा सबै भन्दा बढी खुसि हुनुहुन्छ ? मयुरले जवाफ दियो - मैले सोंच्थे संसारमा म नै सबै भन्दा बढी सुन्दर र खुसि पन्छी हुँ ।


तर अहिले थाहा भयो कि यहि सुन्दरताका कारण नै मानिसहरुले मलाइ चिडिया घरमा पिजडा भित्र थुनेर राखेका छन् । आज म खुसि छैन । मलाइ लाग्छ कि म तिमी जस्तै काग भएको भए खुल्ला आकासमा कति उडथें ।मयुरले भन्यो - मलाइ लाग्छ कि काग नै संसारमा सुन्दर र खुसि पंक्षी हो । काग अवाक भयो ।

सारांश
-----------
हामी आफुलाई अरु संग तुलना गरेर ग्लानिभाव नराखौं । हामीले देखेको ,सोचेको अरु मानिस भित्र उसको आफ्नै पिडा छ । अरुलाई अशल र सुखी ठानेर हामी आफुँ दुखि हुनु हुदैन । हामी आफुँ संग भएको कुरामा खुसि हुन सकौं ।आफुँ स्वयम् संग सन्तुष्ट हुने व्यक्ति नै अधिक खुसि हुन सक्छ ।



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login