प्रेरणात्मक प्रसंग

प्रेरणात्मक प्रसंग

धेरै समय पहलेको कुरा हो । कुनै गाउँमा एक किसान बस्दथे । उनी हरेक दिन बिहान उठेर झरनावाट स्वच्छ पानी ल्याउने गर्दथे ।


यो कामको लागि किसानले आफ्नो दुईटा घडाको प्रयोग गर्दथे । घडालाइ बाँसमा बानेर काधमा बोक्दथे ।उनको एउटा घडा चुहिने थियो ,एउटा चाहि ठिक थियो ।


एक दिन चुहिने घडाले किसान संग दुख मनाउ गरेछ - " मैले कहिल्यै पुरा पानि घर लान सकिन " । अर्को तिर सद्दे घडाले फूर्ति गर्दो रहेछ । किसानले चुहीने घडालाइ भनेछन - " पिर नगर , आज बाटोमा फूलहरुलाई हेर्नु "।


घडाले वाटोमा राम्रा रंगीन फूलहरु हेरेछ । उसले आफ्नो कम्जोर अवस्था भुल्न सकेनछ । फेरी किसान संग ग्लानिभाव ब्यक्त गरेछ । किसानले सोधेछन - "वाटोमा फूलहरु देख्यौ "? चुहिने घडाले उत्तर दिएछ-"देखें हजुर ।एकदमै सुन्दर फूलहरु मगमगाईरहेका थिए " ।


किसानले फेरी सोधे - " ती फूलहरु तिमी संग एकदमै खुसि छन् "। चुहिने घडाले सोधेछ - " किन मालिक " ?


किसानले जवाफ दिए - " तिमी नाचुहेको भए यिनीहरुले पानी पाउदैनथे , यति धेरै हरियाली हुन सक्दैनथे । हाम्रो घर आगन र वाटो रमणीय हुदैनथ्यो ।यो सबै तिम्रो योगदानले सम्भव भएको हो "। चुहिने घडाको मन शान्ति भयो । उसले चित्त वुझायो ।

 

सारांश :
-------------
सबै संग केहि न केहि प्रतिभा हुन्छ । तर हामी त्यो नचिनेर दुखि छौं । हामीले हाम्रो कमजोरी हटाउनु त छ नै । तर त्यो भन्दा बढी हाम्रो सकारात्मक पक्ष हेरेर अघि वढ्नु पर्छ । जीवनमा धेरै गुनासो गर्नु हुन्न ।

----------------
 अनुवादित अंश



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login