- Home
- Show Content
मान्छेलाई प्रकृतीको चिठी
मान्छेलाई प्रकृतीको चिठी
प्रिय मान्छे,
फेरि तिमीलाई संझे !
तिमी बुझ्ने प्रयत्न गर। कुनै बेला डाइनोसर पनि यो सन्सारमा राज गर्थ्यो तर आज खोइ त्यसको राज्य ? तिमीलाइ थाहा छ ? प्रत्येक दिन तिम्रो कारणले हजारौं बोट बिरुवा , चराचुरिङ्गी, कयौं पुतली र हजारौं हजार अन्य जिब -जन्तु लोप हुदै छ्न् । के तिमीलाई लाग्दैन त्यस्को प्रत्येक कारण तिमी हुन सक्छौ भनेर । तिमी कति स्वर्थी र कति निच छौ ? तिमीलाई देखेर मलाई लाज लाग्छ त कहिले हासो उठ्छ तर के गर्ने मैले जति सम्झाए पनि तिमी सुन्ने वाला छैनौ ।आफ्नो मात्र ब्याख्या गर्ने र आफ्नो मात्र स्वर्थ हेर्ने तिमी कति निर्दयी ।
तिमीले छर्केका विष ले प्रत्येक दिन हजारौं भमरा र भगेराहरु मर्न सक्छ्न भन्ने तिम्रो सोचमा आएन होइन ? के यो तिम्रो स्वर्थ होइन ? छि ! छि। के तिमीलाई मेरो बारेमा सबै जाने जस्तो लाग्छ ? के तिमीले मलाई साच्चै चिनेका छौ त ? मलाई लग्दैन । तिमी कति सम्म कम्जोर भै सकेउ कि तिमीले तिम्रो सुक्रकिट र डिम्ब को भरपुर प्रयोग गर्न समेत सकेनौ। म त चाहन्थे यो सन्सारमा अहिले सम्म करिब ५० अरब मान्छे हुनु पर्थ्यो । तर खोइ ? तिमी गलि सकेउ । तिमीसँग केहि छैन । कति नराम्रो बानी तिम्रो। न अरुलाइ बाच्न दिएउ न आफु नै सफलता पुर्वक बाँचेउ । तिमीले मलाई बुझ्न् सकेनौं ।
सुन,नत्र यति धेरै राज्य किन बनाको ? यति धेरै अड्डा अदालत को निर्माण के का लागी । तिमी बाहेक मेरा अन्य सन्तानलाई त यति धेरै नियम त चाहिएको छैन त। हेर न त्यो साइबेरिया को चरा बिना भिसा कसरी त्यो नेपाल भन्ने देश आइपुग्छ । तिमीले मेरो सम्पत्ति माथि लुछा-चुडि गर्न पैसा बनाएउ होइन ? के काम छ त्यसको ? च्यतिदेउ । नाफा पाएपछि आफ्नो आमा समेत मार्न तयार तिमी थुक्क ! तिमीले बनाएको आर्थिक सम्राज्यवाद त्यही होईन ? खै त मेरो अगाडी कति दिन टिक्न सक्ला र यो । मलाई थाहा छ तिमी पसिना पसिना छौ । तिमीलाई विज्ञान को विकास गरेको घमण्ड होला । त्यो त तिमीले मेरा लाखौं लाख रहस्य मध्य केहि लाई बुझ्ने कोशिश गरेको हो तर कति बुझेर सक्छौ ? म धेरै गहन छु यति धेरै रहस्यमय छु।
प्रिय मान्छे, धेरै समय खेर नफाल । बरु सक्छौ भने मेरो सेवा मात्र गर र मेरो भक्तीमा लाग । त्यसमै तिम्रो हित छ । तिमीले अति गरेपछि कहिलेकाही रिसाउन मनलाग्छ । तिमीलाई आफ्नो कर्तब्य प्रति सजग गराउन अहिले भर्खर एउटी नानी पठाइ दिएको छु। अलि चंचल छिन सायद। त्यही भएर होला तिमीले यीनलाई कहिले सार्स भनेउ काहिले मार्स भनेउ अनि अहिले कोरोना भनेकाछौ। जे नाम दिए पनि यी नानी पनि मेरै अङ्ग हुन । नडराउ । केहि हुदैन । मलाई थाहा छ तिमी फेरि एक पटक यिनलाई मार्ने औषधिसमेत बनाउन तम्सिने छौ । ठिकै छ कोशिस गर । मेरो सन्सार मा हरेकले बाच्न सिक्नु पर्छ ।
प्रिय मान्छे, हो तिमीसँग एक मात्र विकल्प मात्र छ कि तिमी मेरो संरक्षक बन्नु । तर मलाई थाहा छ तिमीले यो विकल्प मान्ने छैनौ बरु मेरो रिस शान्त गर्न तिम्रा अन्य कृतिम उपाय को प्रयोग गर्दै जाने छौ । त्यो पनि मेरै रहस्य को खोजी हो गर ।तर बुझी राख म मेरा सबै सन्तति को सन्तुलन म आफै मिलाउँछु। त्यसैले मेरो नाम तिमीले नै प्रकृती राखेको होइनौं ? तिमीलाई थाहा होला नि अब त , तिमी १० मिटर दौडिदा म १०० मिटर दौडिन्छु भनेर । त्यसैले ति डार्बिन भन्ने बुढाले प्रकृतीले बेला मौकामा आफै काटछाट गर्छ भनेर भनेका थिए। बुढाको बिचार अनुसारनै मैले कोरोना नानी पाठाइदिएकि हु ।
तिमीले मलाई नसोधी बनाएका आधुनिक खान पिन् ले सायद तिमी धेरै कमजोर भएका छौ । तिम्रो पैसा संग सटिएका तिम्रा आहार ले तिमी गलेको बेला यी नानीसँग लड्न तिमीलाई निकै हम्मे हम्मे होला । जे होस केहि दिन वा केहि महिना तिमी तिम्रो घर भित्र बस र फेरि एक पटक मतिर फर्केर हेर। सायद त्यति बेला सम्म मेरो न्यायलयले तिमी माथी एक पटक लाई दया गर्देला । धेरै दुखी नबन , माया लाग्छ तिम्रो । बानी नराम्रो भएपनि तिमी पनि मेरै सन्तान त हो नि । तर के गर्नु तिमिले मलाई रात दिन आक्रमण गर्दा मैले पनि त कहिलेकाही प्रतिकार गर्नु पर्यो नि । मलाई थाहा छ तिमी सुध्रने त कुनै सैकेत नै छैन । तर पनि एकएटकलाई तिम्रो गल्ति माफ गरिदिन्छु। अब आमामाथी आक्रमण नगर। प्रकृती तिम्री आमा हुन। माया गर। संरक्षण गर।
तिम्री आमा
प्रकृती
डा. दयाराम भुषाल
सह-प्राध्यापक
त्रि.वि.
facebook :


Only rated.
Leave a review