प्रिय एसईईका विद्यार्थीहरू

प्रिय एसईईका विद्यार्थीहरू

सञ्चै हनुहन्छ नी?

कोभिड १९ विश्वमा नआएको भए तपाई र हाम्रो विचमा अनलाईन/भर्चुअल कक्षा भनेर अहिले भेटनै हने रहेनछ। मलाई त क्लासरुम एप्स, जुम एप्स लगायत दर्जनौ एप्सका नाम मात्र कण्ठ थियो तर प्रयोग गर्ने अवसर पाएको थिईन । यसले यो अवसर पनि जुटाईदियो।

हुन त प्यारा विद्यार्थीहरु, कक्षा एउटा सहायक हो, सर्वोपरी म हो भन्ने वुझ्नुभयो नी रु संसारको सबभन्दा ठूलो कुरा मनोवल हो, तपाइको सोच हो, विचार हो । कुवाँमा वसेको माछाले आफुलाइ सर्वेसर्वा ठान्छ, तर समुद्रमा छाडिदिदा बल्ल त्यसको अवस्था थाहा हुन्छ । तपाई त समुद्रको माछा हो, तपाईको जन्म सन् १९८० भन्दा पछि भएको हो, विश्वमा सन् १९८० भन्दा पछि जन्मेका बालबालिकालाई “ईलेक्ट्रोनिक्स चाईल्ड" भनिन्छ । अव आफै बुझ्नुहोस् , अहिले तपाईले के को सहायताले पढ्ने अवसर पाईराख्नुभएको छ। तेहि पनि म तपाईलाई यी कुरामा ध्यान दिन अनुरोध गर्दछु ।

  • सकारात्मक वन्नुहोस्।
  • - करियरको योजना परिवारसंग वसेर वनाउनुहोस् ।
  • - लक्ष्यमा केन्द्रित हुनुहोस्।
  • - ईमान्दार बन्नुहोस, कहिल्यै झुट नवोल्नुहोस्
  • - तपाईको सफलता अन्यत्र जोड्ने कोशिस गर्नुहोस, गल्ति/असफलतावाट सिक्नुहोसर त्यसलाइ पुन नदोहोर्याउनुहोस् ।
  • - नयाँ कुराहरु सिक्न उत्साहित वन्नुहोस् ।

गुरुत्वाकर्षणको नियम न्युटनले पत्ता लगाएका हुन् भन्ने त थाहा छ नी ? त्यो स्याउको रुखमुनि म भएको भए पुछेर, धोएर खान्थे । तर उनले जिज्ञासा देखाए र नियम पत्ता लगाए । आशा,उत्साह र उमंगको श्वास लिनुपर्दछ । वाहिरवाट जति आधी वेहरी आएपनि भित्रको वलियो र निर्धक्कपनले तपाईलाई ढल्न दिदैन । सत्यको साँचो नैतिकता हो। नैतिकवान् वन्नुहोस् ।

हामी त मानव हो नी । हामीलाई जुका किरा गड्यौला त वनाएका छैनन् नी । अथाह क्षमता र दिमाग दिएका छन् । हामीले त्यसको सदुपयोग गर्नुपर्दछ । अधिकार र नैतिकता भन्ने कुरा सङ्गसङ्गै आउने कुरा हो । म को सट्टा हामि भन्न सक्नुपर्दछ । समाजको राम्रो पात्र बन्न सक्नुपर्दछ। तपाईसंग ज्ञान, विवेक, क्षमता छ तर राम्रोको लागि प्रयोग गर्न सक्नुभएन भने अर्थ हुदैन । माटो मलिलो भएपनि त्यहाँ वीउ रोपिएन भने केही पनि उम्रदैन । अव तपाईले यो समयको सदुपयोग गरेर दिमागमा राम्रो वीउ रोप्नुहोस् , लक्ष्य लिनुहोस् , अव उम्रन्छ, बढ्छ, हुर्कन्छ। 

कल्पना गर्नुहोस्, तपाई ठूलो मान्छे बन्नुभयो, डाक्टर वन्नुभयो, शिक्षक बन्नुभयोवा कुनै संस्थाको प्रमुख हुनुभयो भने यस्तो यस्तो राम्रो गर्छ भनेर एउटा आदर्श निर्माण गर्नुहोस् जस्तै “म संस्थाको प्रमुख भए भने शुशासन कायम गर्छ। भ्रस्टाचार गर्दिन। कमिशन माग्ने कर्मचारीलाई ठाडो कारवाहि गर्छ । पक्षपात गर्दिन, पक्षपात गर्न दवाव आए पद छाइछतर सम्झौता गर्दिन । म भन्दा माथिका निकायवाट विधी पर्याई आएका वाहेक एकैघरका दाईभाई, भान्जाभान्जी, छोरीवुहारी,लोग्नेस्वास्नी तथा आफन्तहरुलाई नियुक्ति गरी रोजगार दिदिन। उनीहरु क्षमतावान् भएपनि विकल्प खोज्छु । कानुन र विधीको शासन गर्छ । " यस्तो एउटा आदर्श परिवारसंग वसेर निर्माण गर्नुहोस्।

यो तपाईको जिन्दगीको क्रिम (Cream) समय हो। आजदेखी समय तालिका अझै राम्रो बनाएर पढ्छ । खराव काम गर्दैगर्दिन । म देशप्रति समर्पित हुन्छु । समय कहिल्यै खेर फाल्दिन भनेर अठोट लिनुहोस् । त्यस्तो अठोट अव दिने एसईई मा पनि पूरा गर्नुहोस् ।

माछा रुखमा चढ्नका लागि र सवै सर्प उड्नका लागि जन्मेका होइनन् । तपाईको जन्म उज्वल भविष्य, प्रगति र नेपालको मुहार फेर्न भएको हो नी । त्यसैले “लकडाउनको सम्मानस् समृद्धी तर्फको प्रस्थान"।

तपाईहरुको शिक्षक

बिष्णु प्रसाद ज्ञवाली ज्ञानोदय माद्यमिक विद्यालय,बाफल,काठमाडौं



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login