- Home
- Show Content
सामुदायिक विद्यालय कमजोर वा बन्द भए के हुन्छ ?
सामुदायिक विद्यालय कमजोर वा बन्द भए के हुन्छ ?
अहिले अभिभावकहरूमा अङ्ग्रेजी भाषाप्रति मोह जागेको छ । अङ्ग्रेजी भाषा हो कि गुणस्तरीय शिक्षा हो भन्ने कुरामा भ्रम र अन्योल उत्पन्न भई अङ्ग्रेजी भाषा जानेपछि सबै कुरा ठीकठाक भैहाल्छ भन्ने बुझाइ छ । परीक्षामा उच्च श्रेणी वा अङ्क प्राप्त गरेको विद्यार्थीको मात्र राम्रो योग्यता र सिकाइ हुन्छ भन्ने बुझाइका कारण कक्षा–५ सम्म भए पनि निजी विद्यालयमा आप्mना छोराछोरी पढाउने अभिलाषाका कारण आधारभूत तहका सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या कम हुने विद्यालयहरू मर्ज हुने र बन्द हुनेसम्मको क्रम पनि चलिरहेको छ ।
यसरी सामुदायिक विद्यालयहरूमा विद्यार्थी कम हुनुमा निजी विद्यालयको प्रभाव मात्र होइन, बसाइँ सराइ र जनसङ्ख्या वृद्धिदरमा आएको कमीले पनि प्रभाव पारेको छ । गाउँबाट शहरउन्मुख बस्तीतिर बसाइँ सर्ने क्रम तीव्र हुँदा गाउँका विद्यालयहरू बन्द वा मर्ज हुने अवस्थामा छन् । आजभन्दा २० वर्षअगाडि एउटा घरबाट ७ जनासम्म बालबालिका विद्यालय जान्थे भने अहिले बढीमा दुईजनामात्र जान्छन् । सामुदायिक विद्यालयको अवस्थालाई हेरेर आजकल आपूmलाई शिक्षित र बुझक्कड ठान्नेहरूले मात्र होइन, हिजो त्यस्तै निकम्मा विद्यालयमासम्म पढ्न नपाएर वा नसकेर ‘कालो अक्षर भैँसी बराबर’ भएकाहरूसम्मले अब सामुदायिक विद्यालयहरूको काम छैन भन्न जानेका छन् । कुरा बुझेर, सोचेर प्रतिक्रिया दिन आजका मानिसलाई फुर्सद् नै नभएको हुँदा यस्तो विचार वा प्रतिक्रिया व्यक्त गर्नु स्वाभाविक नै हो । तर सामुदायिक विद्यालयहरू कमजोर वा बन्द हँुदै गए भने के हुन्छ भन्ने कुरामा भने हामी सबैले सचेत हुनुपर्छ । निजी विद्यालयहरू भनेका व्यापार राम्रो हुञ्जेल, सहज वातावरण हुञ्जेल सञ्चालन हुने हुन् । व्यापार राम्रो भएन, वातावरण असहज भयो, सस्तो जनशक्ति पाउन छोडियो, शिक्षक –कर्मचारीहरूले आवश्यक सेवा–सुविधा माग्न थाले, सामुदायिक र निजी विद्यालयका विद्यार्थीबीचमा व्यक्तित्व भिन्नता नभएको कुरा अभिभावकहरूले विश्लेषण गरेर पत्ता लगाएर पढाउन छाडे भने यी साउने च्याउजस्तै खुलेका धेरै साना निजी विद्यालयहरू बन्द हुनेछन् ।
केही ठूला र सम्पन्न निजी विद्यालयहरू रहन्छन् । त्यस बेला उनीहरूको शुल्क अत्यन्त महङ्गो भइसकेको हुन्छ । शिक्षामा चरम व्यापारीकरण भएर त्यहाँ निम्न वर्गको त कुरै छाडौँ, हुने खाने मध्यम वर्गको समेत पहुँच नपुग्ने अवस्था आएपछि सामान्य आय भएका किसान, मजदुर सबैले सामुदायिक विद्यालय खोज्न थाल्नेछन् । त्यस बेला राज्यले सामुदायिक विद्यालय सञ्चालन गर्नुपर्छ । त्यसो भएकोले आज जति पनि मर्ज भएका वा बन्द भएका सामुदायिक विद्यालयका जग्गा, भवन, भौतिक सम्पत्तिहरू छन्, ती सबै स्थानीय तहको मातहतमा पछि विद्यालयकै प्रयोगका लागि संरक्षण गरेर राख्न जरुरी छ ।
facebook :


Only rated.
Leave a review