- Home
- Show Content
कोरोनाले यी ८ अंगमा गर्छ संक्रमण
कोरोनाले यी ८ अंगमा गर्छ संक्रमण
कोरोना भाइरसले फोक्सोमा आक्रमण गर्छ भन्ने कुरामा सबै सहमत छन् । तर चिकित्सक तथा अनुसन्धानकर्ताहरुको एक शोध रिपोर्टअनुसार कोरोना भाइरसले फोक्सोका साथै मुटु, मिर्गौैला, आन्द्रानली र कलेजोमा समेत आक्रमण गर्छ ।
वास्तममा धेरै हदसम्म साइकोटिन स्टर्म यी अंगलाई नोक्सान पुर्याउनमा जिम्मेवार हुन्छ । विज्ञहरु थप कारणहरु खोज्न लागेका छन् । किनकि भाइरसले शरीरका केही अंगलाई प्रभावित पार्छ । त्यसैकारण यसका विरामीका सबै लक्षणहरु पत्ता लगाउन कठिन भइरहेको छ भने यसबाट पार पाउन समेत समस्या देखिएको छ ।
मिर्गौला
अमेरिकामा कोरोना भाइरसका कारण अस्पताल भर्ना भएका बिरामीमध्ये करिब आधामा पिसाबमा रगत या प्रोटिन पाइएको छ । जसको अर्थ भने ती बिरामीको मिर्गौलामा समेत समस्या देखिएको छ । न्युयोर्क र वुहानमा १४ देखि ३० प्रतिशत कोरोना भाइरसका विरामीमा मिर्गौला फेल भएर डायलासिस या रिनल रिप्लेसमेन्ट थेरापीको आवश्यकता परेको थियो ।
मुटु
चीन र न्युयोर्कका डाक्टरले कोरोना भाइरसका कारण मुटुमा समस्या भएको विरामी समेत पाइएको बताएका छन् । बिरामीको मुटुमा इन्फ्लामेसन अर्थात मयोकारडाइटिस र एरिथमिया जस्ता समस्या देखिने र हृदयघातसमेत हुने गरेको चिकित्सकको भनाई छ ।
ब्लड क्लट्स
केही विरामी पल्मोनरी एक्बोलिजमको सिका भएका छन् । जसमा नसामा ब्लड क्लाटिङ (तरलबाट ठोस) हुन्छ र केही रक्तनलीहरु फुट्छन् । जसबाट रगत फोक्सोमा पुग्छ र मृत्यु हुन्छ । वुहानमा कोरोना भाइरसका ८० विरामीमा गरिएको सोधमा २० जना पल्मोनरी एम्बोलिजमको सिकार भएको र ८ जनाको मृत्यु भएको पाइएको छ । अमेरिकामा कोरोनाका विरामीलाई बचाउनका लागि रगत पातलो बनाउने औषधि समेत दिइरहेको छ ।
गन्ध र स्वाद नआउनु
गन्ध र स्वाद नआउनु पनि कोरोना भाइरसको लक्षण हो । अक्सर गम्भीर लक्षणभन्दा पहिले मानिसको सुँघ्ने र स्वाद थाहा पाउने क्षमता गुमाउछन् ।
आँखा
केही विरामीमा पिंक आई अर्थात कन्जेक्टिभाइटिस देखिएको छ । चीनका ३८ विरामीमा गरिएको शोधमा हरेक तेस्रो बिरामीलाई कन्जेक्टिभाइटिस भएको थियो । यद्यपि यस्ता लक्षण धेरै कम बिरामीमा देखिएको थियो । शोधमा कोरोना भाइरस आँखाको माध्यमबाट शरीरमा प्रवेश गरेमा यस्तो हुने बताइएको छ ।
आन्द्रामा समस्या
चीनमा भएको शोधमा कोरोना भाइरसका आधा बिरामीमा झाडा र उल्टीजस्ता समस्या समेत देखिएको थियो ।
कलेजो
कोरोना भाइरसका केही बिरामीमा गम्भीर हेपाटाइटिस देखिएको थियो । जसको कारण कोरोना भाइरस भएको दाबी गरिएको छ ।
source : शिलापत्रबाट
facebook :


Only rated.
Leave a review