- Home
- Show Content
लकडाउनमा बालबालिकालाई प्रधानाध्यापकहरुको सुझाव
लकडाउनमा बालबालिकालाई प्रधानाध्यापकहरुको सुझाव
लकडाउनमा बालबालिकालाई प्रधानाध्यापकहरुको सुझाव
कोभिड १९ को कारण लकडाउनले महिना दिनको अबधि पूरा गरिसकेको छ । नयाँ शैक्षिक शत्रको समय शुरु भएपनि विद्यालय र स्थानीय तहहरु नतिजा प्रकाशन गर्न सकिरहेका छैनन् । केही विद्यालयहरुले अनलाईन र फेसबुक मार्फत नतिजा प्रकाशन शुरु गरेका पनि छन् । लकडाउनका कारण सार्वजनिक रुपमा विद्यालयहरुले आफूले पठन पाठन गर्ने पाठ्यपुस्तकको सूची अभिभावकलाई जानकारी हुनेगरी सार्वजनिक गरेका छैनन् भने स्थानीय तहलाई पनि बुझाएका छैनन् ।
एसएईईका विद्यार्थीका लागि लक्षित गरि भने कतै स्थानीयत तह नै अग्रसर भएर त कतै विद्यालयहरुले विकल्प प्रयोग गरी तयारी कक्षाहरु संचालन गरिरहेका छन् । यो परीक्षा पनि कहिले हुने र कसरी हुने ? निश्चित भएको छैन् ।
नयाँ शैक्षिक शत्रको संचालनका लागि संघीय सरकारले मुख खोलिसकेको छैन् । उसले आफुहरु विज्ञको सल्लाह लिइरहेको, अध्ययन समुहको प्रतिवेदन अध्ययन गरिरहेको र लकडाउनको मोडेलको निश्चित भएपछि विद्यालय संचालनको खाका ल्याउने भनिरहेको छ ।
तर प्रदेश ५ सकारले स्थानीय तहसँगको समयन्वयमा कक्षा ९ सम्मको नतिजा क्रमशः प्रकाशन गर्ने, उपयुक्त माध्यमबाट विद्यार्थी भर्ना लिने र पाठ्यपुस्तक बालबालिकाको हातमा पुर्याउन भन्दै सूचनामूलक निर्देशन गरेको छ ।
यसका बीच हामीले यस क्षेत्रका केही प्रधानाध्यापकहरुलाई दुई जिज्ञासा राखेका थियौं । पहिलो जिज्ञासा लकडाउनको समय कसरी बिताउनु भएको छ ? र दोस्रो जिज्ञासा लकडाउनको समयमा बालबालिकाहरुलाई के सल्लाह दिनुहुन्छ ?
प्रस्तुत छ, प्रधानाध्यापकहरुको भनाईः
0000
घनश्याम पाठक
प्रधानाध्यापक, कालिका मानवज्ञान मावि
मेरो धेरैजसो समय घरमै बितेको छ । किताबहरु पढिरहेको छु । पढनका लागि मुख्यगरी शिक्षा र दर्शनका किताब छानेको छु । अबको नयाँ शैक्षिक शत्र के कसरी संचालन गर्न सकिएला भन्ने चिन्ताले छोएको छ । त्यस बिषयमा पनि अध्ययन र सरसल्लाह गरिरहेको छु । भेटघाट भन्दा पनि फोन र भर्चुअल माध्यमबाट बैठकहरु गरिरहेको छु ।
बालबालिकाहरुलाई सल्लाह/सुझावः
इन्टरनेट उपलब्ध भएकाहरुका लागि त अध्ययन सामग्री उपलब्ध छन् । पहुँचमा हुने नानीबाबुहरुले त्यसबाट अध्ययन गर्ने र पढ्ने बानीको अध्ययन गर्न सक्छन् । अरु नानीबाबुहरुका लागि त किताब र अभिभावक नै स्रोत सामग्री हुन जस्तो लाग्छ ।
एसर्ईई, कक्षा ११ र १२ का विद्यार्थीले उपलब्ध भर्चुअल कक्षा, दूर शिक्षा, आफुसँग रहेको पाठ्यपुस्तक, नोट र अध्ययन सामग्रीलाई भरपूर उपायोग गर्न सक्छन् । नबुझेका कुराहरु साथीभाई र शिक्षकसगको फोन सम्पर्कबाट पनि सल्लाह लिन, स्पष्ट हुन सकिन्छ ।
0000
लोकनाथ उपाध्याय
प्रधानाध्यापक
न्यू होराइजन मावि
मेरो समय घरमै बित्ने गरेको छ । टेलिभिजन हेर्ने, इन्टरनेट हेर्ने र पुस्तक पढेर समय विताईरहेको अवस्था छ । शिक्षा, धर्म र संस्कृतिका पुस्तक मेरो रोजाईमा परेका छन् । पूर्वीय दर्शको व्यावहारिक पक्षको तुलना गरिरहेको पनि छु । अध्ययन गर्दै जाँदा उपचार गर्नु ठूलो भन्दा पनि सावधानी ठूलो भएको हाम्रो संस्कृतिले ठान्दो रहेछ । यो मलाई अहिलेको अवस्थामा सान्दर्भिक पनि लाग्यो ।
बालबालिकाहरुलाई सल्लाह/सुझावः
अहिले सबैलाई फुर्सद मिलेको छ । यो अवस्थामा इच्दा लागेको कविता, कथा लेख्न र चित्र कोर्न सकिन्छ । हस्तलेखन पनि सुधार्न सकिन्छ । अहिले कक्षा १०, ११ र १२ को परीक्षा रोकिएको छ यसले अवसर दिएको किसिमले बालबालिकाले बुझ्नुपर्छ । हामीलाई तयारी गर्न समय पनि त भएको छ भन्ने हिसाबले लिइ अध्ययन गर्नका लागि बालबालिकाहरुलाई आग्रह गर्दछु ।
परिवारसँग रहने, बुढापाकाका कुरा सुन्ने, आफ्ना कुरा सुनाउने पनि गर्न सकिन्छ । बुढापाकाका कुराबाट संस्कृति, समय र परिस्थितीलाई बुझ्न सकिन्छ ।
0000
टिकाराम शर्मा पौडेल
प्रधानाध्यापक
ज्ञानोदय मावि
लडडाउनको पूर्णपालना गरी घरमै बसिरहेको छु । पुस्तक र शैक्षिक दस्ताबेजहरुको अध्ययन गरिरहेको छु । यसले आफुलाई अपडेट गराइरहेको महशुस भइरहेको छ । प्रत्यक्ष सम्पर्कलाई बन्द गरी फोन र भर्चुअल तरिकालाई प्रयाग गरि शिक्षक कर्मचारी, साथीभाई, आफन्तसँग सम्पर्कमा रहिरहेको छु । यो अवस्थामा नयाँ शैक्षिक शत्र शुरु भएको हुँदा के कसरी जान सल्लाह लिने र विकल्पहरुको अध्ययन गरिरहेको छु । सरकारहरुले यस बिषयमा के तयारी गरिरहेका छन् सुन्ने र बुझ्ने कामलाई प्राथमिकता दिएको छु ।
बालबालिकाहरुलाई सल्लाह/सुझावः
यो अवस्थामा स्वःअध्ययन नै सबैभन्दा उपयुक्त बिधि हो । भर्चुअल कक्षा, इन्टरनेटको प्रयोग, साथीभाई र शिक्षकसँगको बैकल्पिक विधिको सम्पर्कबाट पनि अध्ययनलाई अगाडी बढाउन सकिन्छ ।
परीक्षाको तयारी गर्ने बाहेकका बालबालिकाहरुले अहिले कोर्स बाहिरकाका उपयोगी र रोचक लाग्ने पुस्तकहरु पढन पनि सक्दछन् ।
0000
गोविन्द ज्ञवाली
प्रधानाध्यापक
कान्ति मावि
बढीजसो समय घरमै छु । पछिल्लो पटक विद्यालयमा पनि जान थालेको छु । टेलिभिजन हेर्ने, पुस्तक अध्ययन गर्ने, शिक्षक कर्मचारीसँग सम्पर्कमा रहने गरिरहेको छु । महामारीलाई प्रत्यक्ष रुपमा अनुभव गरिरहेको अवस्थामा त्यससँग सम्बन्धित अनुसन्धान, प्रगति के कस्तो भइरहेको छ चासोको रुपमा हेरिरहेको छु । पहिले पहिले भएको महामारीलाई पनि फर्केर हेरिरहेको छु ।
बालबालिकाहरुलाई सल्लाह/सुझावः
नानीबाबुहरुले यो समयमा दैनिक रुटिङ बनाउनुपर्छ । त्यसको लागि अभिभावकले पनि सहयोग गर्नुपर्छ । सिर्जनशील काममा समय खर्च गर्ने । घरको काममा सघाउने ।अनलाईन माध्यमलाई सिकाईमा भरपूर उपयोग गर्ने । संस्कारजन्य कुराहरु सिक्ने अवसरको रुपमा पनि प्रयोग गनुपर्छ ।
कक्षा १०, ११ र १२ ले विद्यालयका साथै विभिन्न ठाउँबाट संचालित भर्चुअल कक्षा र इन्टरनेटको प्रयोगलाई उपयोग गर्न सक्छन् ।
0000
धनेश्वर गौतम
प्रधानाध्यापक
नहरपुर मावि
घर नै सुरक्षित हुने हुदा लकडाउनको पालना गरिरहेको छु । बर्षौदेखि बिहानको खाना घरमा नआएको अवस्थामा अहिले परिवारसँगै छु, परिवारसँगै खाइरहेको छ । कोभिड १९ का धेरै नकारात्मक प्रभाव भएपनि मेरा लागि यो पक्षलाई हेर्दा सकारात्मक देखिएको छ । पुस्तक अध्ययन र टेलिभिजन हेर्ने काम दैनिक रुपमा चलिरहेको छ । शैक्षिक शत्र शुरु भएको हुदा त्यसका चिन्ताले सताएको छ । त्यसैले शिक्षक कर्मचारीसँग यस बिषयमा सल्लाह लिने काम गरिरहेको पनि छु ।
बालबालिकाहरुलाई सल्लाह/सुझावः
यो समयमा अध्ययनलाई निरन्तरता दिनका लागि मेरो बालबालिकाका लागि आग्रह छ । त्यसका लागि अभिभावकबाट पनि सहयोग गर्दै पारिवारिक वातावरण बनाइदिनका लागि अनुरोध छ । बाल सामग्री अध्ययनमा जोड दिने र अभिभावकले जुटाइदिनमा सघाउ पुर्याउनुपनि पर्छ भन्ने मलाई लाग्छ । मोबाइलको प्रयोग सिकाइका लागि प्रयोग गर्न सकिन्छ । परीक्षाको तयारीमा रहेका बालबालिकाहरुले तयारीको समय प्रशस्त उपलब्ध भएको रुपमा लिई अध्ययनलाई निरन्तरता दिन सक्छन् ।
0000
कृष्ण प्रसाद पौडेल
प्रधानाध्यापक
सगरमाथा आवाशीय मावि
लकडाउनमा मेले दैनिक रुटिङ नै बनाएको छु । व्यायाम गर्ने, अध्ययन गर्ने, घरको काममा सघाउने र साथीहरुसँग बैकल्पिक माध्यमको प्रयोग गरी सम्पर्कमा रहने रुटिङ भित्र पर्दछन् । नयाँ शैक्षिक शत्रमा के कसरी जाने ? भन्ने बिषयमा पनि अध्ययन, छलफल गरिरहेको छु ।
बालबालिकाहरुलाई सल्लाह/सुझावः
स्कुल नखुलेको अवस्थामा बालबालिकाहरु मोबाइलमा मात्रै झुम्मिने गरेको देखिन्छ । त्यसरी मोबाइल प्रयोग गर्दा मनोरञ्जन मात्रै नभई अध्ययन सामग्री पनि हेर्नका लागि अनुरोध गर्दछु । घरमा हुने सानो तिनो कामहरु तरकारी काट्ने, झाडु लगाउने, भाडा माझ्ने, खाना पकाउने जस्ता काम सिक्नका लागि यो अवसर पनि हो । त्यसैगरी परिवार, समाजभित्रका संस्कार सिक्ने समय भएको हुदा अभिभावकले यि कुरामा ध्यान पुर्याउन जरुरी देखेको छु ।
एसईई, कक्षा ११ र १२ को परीक्षा स्थगित भयो बिग्रीयो भन्ने भन्दा पनि अध्ययन पूरा गर्नका लागि समय उपलब्ध भयो भन्ने हिसाबले लिनका लागि बालबालिकाहरुलाई अनुरोध छ । यो समयको सदुपयोग गरी ग्रेड बृद्धि हुनेगरी अध्ययन गर्न सकिन्छ ।
0000
प्रेमबहादुर बस्नेत
प्रधानाध्यापक
नविन औद्योगिक कदरबहादुर रीता मावि
घरभित्रै किताब पढ्ने, इन्टरनेट हेर्ने मेरो दैनिकी बनेको छ । घरायसी काममा पनि सघाइरहेको छु । स्कुल घरदेखि नजिक भएको हुदा र स्कुलमा दुबो रोएिको हुँदा पानी चाहार्ने कामलाई हेरिरहेको छु । नयाँ शैक्षिक शत्रले च्यापेको हुदा त्यसको तयारी पनि के कसरी गर्ने ? भन्ने बिषयमा अध्ययन र सल्लाह लिइरहेको छु ।
बालबालिकाहरुलाई सल्लाह/सुझावः
लकडाउनको पालना गर्ने ।
एनटिभि प्लसमा दिएको भर्चुअल कक्षामा भाग लिने ।
नोट बनाउने ।
स्कुलले गरेको सूचनालाई ख्याल गर्ने ।
पढाइलाई रुटिङमा राखेर निरन्तरता दिने ।
0000
टिकाराम न्यौपाने
प्रधानाध्यापक
दिप बोडिङ हाई स्कुल
घरमै छु । मैले दैनिक रुटिङ बनाएर दिन बिताइरहेको छु । उनको रुटिङ यस्तो छ ।
1. 6:00-6:30- नित्यकर्म।
2. 6:30-7:30 -विपासना ध्यान ।
3. 7:30-8:00 -बिहानको नास्ता ।
4. 8:00-9:00-समाचार update।
5. 9:00-11:00-बुद्धिनारायणश्रेष्ठको सीमासंग्रामको बाँकी अंशकोअध्ययान पुरा।
6. 11:00-11:30- बिहानको खाना।
7. 11:30-12:00 -बिश्र्ाम।
8. 12:00-2:00 SEE दिने करिब ३०जना विद्यार्थीसँग फोनबाट सम्पर्क ।
9. 2:00-3:00- सामाजिक सन्जालमा update।
10. 3:00-3:30 दिउँसोको चिया नास्ता ।
11.3:30-5:00 घरको सरसफाइ ।
12.5:00-6:00 पुस्तक अध्ययान।
13.6:00-7:00 हल्का ब्यायाम ।
14.7:00-8:30- vipassana meditation day-2
15.8:30-9:00- साँझको खाना।
16.9-00 -10:00 समाचार update।
बालबालिकाहरुलाई सल्लाह/सुझावः
पारिवारिक सिकाईको अभ्यास गर्नका लागि अनुकुल समय हो । परिवारबाट सिकौं । मानसिक रुपमा आत्तिनु पर्दैन । अध्ययनलाई निरन्तरता दिने । बालबालिकाहरुलाई पढाई, आराम र मनोरञ्जनलाई सँगसँगै लैजाानका लागि अनुरोध छ ।
0000
दिनेश भुसाल
प्रधानाध्यापक
अक्सफोड मावि
घरमै अध्ययन गर्ने, परिवारसँग समय बिताउने काम भइरहेको छ । घरको काममा सघाउने र छोराछोरीलाई अध्ययनमा सघाई पनि रहेको छु । नयाँ शैक्षिक शत्र शूरु भएको हुदा के कसरी अघि बढ्न सकिन्छ सल्लाह लिने र विकल्पहरुको अध्ययन गर्ने पनि गरिरहेको छु ।
बालबालिकाहरुलाई सल्लाह/सुझावः
लकडाउन पालना गर्ने ।
सिर्जनशील काममा समय खर्च गर्ने ।
घरको काममा सघाउने ।
अनलाईन माध्यमलाई सिकाईमा भरपूर उपयोग गर्ने ।
पढ्ने, योगा र प्रणायाम गर्ने ।
0000
बाबुराम बन्जाडे
प्रधानाध्यापक
स्कलर्स होम बोडिङ हाई स्कुल
लकडाउनको पालना गरि घरमै बढी समय बिताइरहेको छु । समय विभाजन गरी दिन बिताएको छु । २ घण्टा अध्ययन, २ घण्टा घरको काम, २ घण्टा परिवारलाई समय, २ घण्टा समाचारमा अपडेट हुने गरेको छु ।
बालबालिकाहरुलाई सल्लाह/सुझावः
बालबालिकालाई यो समयमा अभिभावकले नै ख्याल गर्ने र सिकाउने समय हो । साना बालबालिकाका लागि कार्टुन देखाउने, कथा सुनाउने, रचना गर्न र सुनाउन प्रोत्साहित गर्नमा जोड दिनुपर्छ । ठूला बालबालिकाले पाठ्यपुस्तक बाहिरका ज्ञान र सीप सिक्नका लागि जोड गर्न र अभिभावकबाट सिक्नका यो अवसर पनि हो । दैनिक रुपमा कुनै न कुनै पुस्तकका कुरा पढ्ने र लेख्ने कामलाई निरन्तरता दिनका लागि आग्रह गर्दछु ।
source :newsbutwaltoday.com
facebook :


Only rated.
Leave a review