लकडाउनमा शिक्षणका बैकल्पिक विधिहरु

लकडाउनमा शिक्षणका बैकल्पिक विधिहरु

१. अनलाइन शिक्षण - इन्टरनेटको पहुँच भएका स्थानहरुमा फेसबुक, मेसेन्जर, जुम, स्काइप, गुगल क्लासरुम आदिको प्रयोग गरि गरिने अनलाइन शिक्षण प्रभावकारी हुन्छ । दाहोरो
संचार पनि हुने भएकाले यो सबैभन्दा उत्तम विधि हो ।

२. टेलिभिजन तथा केवल टिभिबाट भर्चुअल शिक्षण - इन्टरनेटको पहुँच नभएका स्थानहरुमा यो विधिबाट शिक्षण गर्न सकिन्छ ।

३. रेडियोबाट दुर शिक्षा - ग्रामिण तथा उच्च हिमाली भेकमा यो विधि प्रभावकारी हुन्छ।

४. घुम्ती शिक्षा - लकडाउन खुकुलो भएपछिको अवस्थामा शिक्षकहरु विद्यार्थीको घर घर पुगेर (दैनिक पर्दैन) सिकाइमा सहजीकरण गर्न सकिन्छ।

 ५. होम स्कुलिङ - अभिभावकहरुलाई सक्रिय बनाउने र आफ्ना नानीहरुलाई जीवनोपयोगी सामान्य सीपहरु सिकाउन लगाउने, सृजनात्मक कार्यहरु गर्न लगाउने, कोर्स भन्दा बाहेकका पुस्तकहरु पढ्न लगाउने, इनडोर खेलहरु खेल्ने गर्न सकिन्छ ।



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login