घरमै शिक्षण गरौँ यसरी ?

घरमै शिक्षण गरौँ यसरी ?

सामान्य परिस्थितिमा विद्यालयमा नियमित शिक्षण हुने समय शुरू भएको छ । अहिलेसम्म विद्यार्थी भर्ना अभियानसमेत सम्पन्न भैसकेको हुन्थ्यो । विद्यार्थीका झोलामा नयाँनयाँ पुस्तक र जिउमा नयाँ कपडा हुन्थ्यो । विद्यालयले शिक्षण तालिका बनाइसकेको हुन्थ्यो । विश्वभरि फैलिएको महामारी रोग कोभिड १९ को संक्रमित र विशेषगरि भारतीय खुला सिमानाबाट लुकिछिपि आएका मानिसहरूमा संक्रमण फैलिरहेको पाइएका कारण सरकारले लकडाउनको अवधि बढाउने बाध्यता परिरहेको छ । आम वालवालिकामा रोग संक्रमण हुने जोखिम भएकाले विद्यालय तत्काल खोल्नु हुदैन । विश्वव्यापि रूपमा रोग नियन्त्रणमा आएर लकडाउनअवधि समाप्त भैसकेपछि पनि विद्यालय केही समय ढिलो सञ्चालनमा आउने छन् । तसर्थ अझ कति समय विद्यालय सञ्चालन नहुने भन्ने कुनै अनुमान गर्न सकिदैन । यसैविचमा सरकारले लकडाउन समाप्त भएको एकहप्तामा नतिजा प्रकाशन र त्यसपछि मात्र विद्यार्थी भर्ना भनेको छ ।

यसरी सरकारको अनुसार लकडाउन समाप्त भएको तेस्रो हप्तादेखि मात्र विद्यालय निरन्तर सञ्चालन हुने देखिन्छ । तर विद्यालयमा छटपटि बढेको छ । कतिपय साधनसम्पन्न विद्यालयले एप्स् वा फेसबुकमार्फत् नतिजा प्रकाशन गर्न शुरूगरेपछि अन्य विद्यालयले समेत विभिन्न तरिकाले नतिजा सार्वजनिक गरेका छन् । यसले गर्दा वालवालिकामा माथिल्लो कक्षाका विषयवस्तुको अध्ययनको रहर पलाएको छ । यद्यपि अहिले विद्यालयका क्रियाकलापमा एकरूपता र नियमनको अभावका कारण शिक्षाक्षेत्रमा धेरै अराजकता पैदा हुने खतरा बढेको पनि छ । अर्को पक्षबाट भन्ने हो भने विद्यालयका प्रयासलाई विद्यालयको संस्थागत र शिक्षकको वैयक्तिक दक्षताको रूपमा पनि लिन सकिन्छ । उपलव्ध प्रविधि पुर्वाधारका आधारमा अनलाइन वा टेलिभिजन वा रेडियो शिक्षा कार्यहरूलाई पनि उत्प्ररित गर्नुपर्ने हुन्छ भने यी विभिन्न आधुनिक प्रविधिको पहुँचमा नभएका र लकडाउनमा घरमै बस्न बाध्य वालवालिकाले समेत घरमै बसेर कही शैक्षणिक धिmयाकलापमा सहभागिता जनाउँदै ज्ञानको पुनःतजगि र थप ज्ञान आर्जनका लागि स्वसिकाइका केही उपायहरूअपनाउन सकिन्छ ।

यी क्रियाकलापका तरिका, विषयवस्तु आदिका बारेमा अभिभावकलाई केही थाहा नभएको भए तापनि वालवालिकालाई लकडाउनमा पनि केही सिकाइ होस् भन्नाका लागि यी कार्य गर्न लगाउनुहोस् र धैर्यतापूर्वक हेर्नुहोस्, सुन्नुहोस् ।


१. सामाजिक अध्ययनः

वालवालिकाको पहिलो पाठशाला घर हो । वालवालिका सामाजिक अध्ययन विषयमा कमजोर देखिने गरेका पनि छन्र । अभिभावकको समय, विद्यार्थीलाई विद्यालयको कार्यबोझ जस्ता तर्क गरिने गरिन्छ । वास्तवमा लकडाउनको समय सामाजिक अध्ययनका लागि अन्य विषयको तुलनामा सामान्य पारीवारिक अवस्था भएका वालवालिकाका लागि पनि उपयोगि समय हो । घरमै बस्दा पनि निम्न क्रियाकलाप गर्न सकिने हुन्छ ।

क. संस्कार:

समाज विकासका बारेमा, गाउँ तथा शहरिकरणको क्रम, सामाजिक, आर्थिक, धार्मिक, जीवनशैलीका आधारमा समाजका प्रकार, असल समाज र असल समाजका लागि व्यक्तिमा हुनुपर्ने गुणहरू जस्ता विषयवस्तुमा स्थानीय परिवेश, भोगाइ, अनुभूति आदिका आधारमा दन्त्यकथाका शैलीमा अभिभावक वा दाजुदिदीहरूले बताउन सक्छन् । जस्तै कि समाजमा असल नागरिक हुनका लागि सामाजिक सम्पति नोक्सान गर्नु हुदैन । अन्य व्यक्तिको वा सार्वजनिक सम्पति नोक्सान गर्नु हुदैन । चौतारिमा बस्ने ढुंगा हल्लाउने, फाल्ने गर्नुहुदैन । हाम्रो पानी पिउने धारा वरपर फोहर गर्ने, धारामा झुण्डिने, पानी भर्ने पालो मिच्ने गनर्स हुदैन आदि ।

ख. सामाजिकिकरणः

वालवालिकालाई हाम्रो सामाजिक पहिचान, हाम्रो पुख्र्यौली इतिहास, हाम्रो मा्रलिक भाषा, मूल्यमान्यता, धर्म, संस्कृति, चाडपर्व लगायतका विषयमा घरमै पनि अभिभावकले केही बताउन सकिन्छ । समाजमा एकअर्कालाई आदरसम्मान गर्ने, अभिवादन गर्ने, सहयोगसहकार्य गर्ने, सामाजिक कार्यमा सहभागिता जनाउन आवश्यक, समाजको विकास र प्रगतिका बारेमा समाजका मानिसले गर्नसक्ने योगदानका बारेमा पनि बताउन सकिन्छ । तल्लो कक्षाका वालवालिकालाई परीवार र छिमेकि तथा नाता सम्बन्धका मानिसहरू बारेमा बताउने, उनिहरूका पेशा, व्यवसाय, बसाइ आदिका बारेमा बताउनाले पारीवारिक सम्बन्धको ज्ञान प्राप्त हुन्छ । धार्मिक सहिष्णुता, सांस्कृतिक बहुलता, परानुभूति लगायतका सामाजिक सिपको विकास गर्न समाजका घटनाको उदाहरणसहित अभिभावकले बताउन सक्छन् ।

ग. लोकसंस्कृतिः

हाम्रो समाज विभिन्न जातजाति, भाषा, संस्कृति आदिले भरिएको छ । विभिन्न प्रकारका चालचलन, लवाइखवाइ, भेषभुषा, आभुषण, हतियार, बाजा, गितसंगित लगायत धेरै कला संस्कृति र सम्पदाले भरिएको छ । यी पहिचान दिलाउने वस्तुहरूकाबारेमा र तिनीहरूको महत्वकाबारेमा बताउन सक्यो भने वालवालिकाहरू अपनत्व विकास गर्दछन् ।

घ. विकाससम्बन्धि अवधारणाः

वालवालिकालाई अभिभावकले ग्रामीण र शहरीया जीवनका बारेमा सोध्ने, गाउँ र शहरमा भएका विकास कार्य र सुविधाका बारेमा जानकारी भएको बताउने, गाउँमा के कस्ता विकास निर्माणको आवश्यकता छ भन्ने चर्चा गर्नुकासाथै हाम्रो जीवनशैलीको तुलना गर्ने गर्न सकिन्छ । मानिसहरूमा बढेको शहर बसाइ, गाउँमा बन्दै गरेका बाटो लगाउतका विकास निर्माण र तिनीहरूले गर्दा बढेको बाढीपहिरो, प्रदुषण आदिका बारेमा अभिभावकले चर्चा गर्न सक्नुहुन्छ । यस्ले गर्दा दिगो विकाससम्बन्धि अवधारणा अमूर्त रूपमा बसिसकेको हुन्छ । यसका अतिरिक्त मानिस र प्रकृतिविचको सम्बन्धबारे बोध हुन्छ ।

ङ. परम्परागत तथा आधुनिक पेशा, व्यवसाय र उद्योगः

हामीसँग घरमा भएका परम्परागत औजार, हाम्रो परम्परागत सिप, परम्परागत उद्यम र कृषिप्रविधिका बारेमा बताउने र सम्भव भएको हकमा सहभागि गराउने गर्नाले वालवालिकामा श्रमप्रति सम्मान गर्ने र सिपयुक्त बन्नुपर्छ भन्ने भावना विकास गर्न सकिन्छ । त्यसैगरी समाजमा भएका उद्योग, कारखाना, पसल, व्यवसायकाबासेमा जानकारी गराउनाले वालवालिकामा औद्योगिकीकरणको जिज्ञासा बढ्दै भविष्यमा स्वरोजगारमूलक उद्यमीका रूपमा जीवन निर्वाह गर्ने आशा पलाउँछ ।

च. सामाजिक तथा नागरिक सिपः

वालवालिकालाई समाजको निर्माणसँगै सामाजिक नीतिनियम, चालचलनकासाथै राज्यका कतिपय नीतिनियमका बारेमा अभिभावकलाई जानकारी हुन्छ । उदाहरणका लागि नागरिकता, मतदाता, जग्गापास आदिका बारेमा व्यवहारिक ज्ञान सबै अभिभावकमा छ । समाजमा बसेपछि यो परीवार, समाज र राष्ट्रकाप्रति एउटा नागरिकको योगदान के हुनुपर्छ ? ती पक्षका बारेमा जानकारी गराउँदै गर्नाले विद्यालय शिक्षाका अतिरिक्त व्यवहारिक जीवनसमेत सरल हुने छ ।

छ. भौगोलिक अवस्थाः

नेपालको तीन प्रकारको भौगोलिक धरातीय अवस्थाका बारेमा छलफल चलाउन सकिन्छ । उत्तरमा सेता हिमाल, विचमा पहाड र दक्षिणमा समथर तराईका बारेमा जो कोहिलाई जानकारी छ । ती धरातलीय अवस्था अनुसार वनस्पति, हावापानी, माटो, उत्पादन, पेशा आदिका बारेमा चर्चा गर्न सकिन्छ ।

 

२. नेपाली भाषा शिक्षणः

विद्यालय जान नपाएका विद्यार्थीलाई नेपाली भाषा सिकाइका केही क्रियाकलाप निम्न अनुसार सुझाव गरिन्छ ।

क.श्रुतिलेखनः

आफ्नी आमा वा बाबा वा दाइदिदी वा हजुरबा वा हजुरआमा वा परिवारको कुनै जेष्ठ सदस्यले जानेको कुनै एक लोक कथा सिलसिला मिलाएर भन्ने र वालवालिकाले सुनेर लेख्ने र त्यही कथा परिवारका सदस्यहरूलाई सुनाउन लगाउन सकिन्छ ।
ख. वर्णनात्मक लेखनः विद्यार्थीलाई मन पर्ने चाडका बारेमा एक पाना लेख्न लगाउने र परिवारका सदस्यलाई सुनाउन लगाउने । आवश्यक परेमा सल्लाह गरी थपघट गर्न लगाउन सकिन्छ ।सरल वाक्यको प्रयोग गरेर आफु बसेको घरको बारेमा वर्णन गर्न लगाउने र तपाइँको घरमा कहिल्यै नआएको तपाईँको साथी वा आफन्तीलाई फोन गरी घरको बारेमा सुनाउन भन्न सकिन्छ ।

ग. जीवनी लेखन र घटना वर्णनः

नेपाली विषयमा जीवनी शिक्षण हुन्छ । यसका लागि सहयोगी क्रियाकलापका रूपमा परिवारका सदस्यको जानकारीमा रहेको कुनै एक ऐतिहासिक व्यक्ति वा समाजमै भएको कुनै समाजसेवी वा परीवारकै कुनै सदस्यको वाल्यावस्था, शिक्षा, पेशा, कुनै महत्वपूर्ण योगदानको चर्चा गर्नुहोस् । विद्यार्थीलाई ती जानकारीका आधारमा उक्त व्यक्तिको जीवनी लेख्न लगाउन सकिन्छ । यसैगरी कुनै घट्नासँग सम्बन्धित बुँदाहरू सङ्कलन गरी एउटा लेख तयार गरी परिवारका सदस्यहरूलाई सुनाउने कार्य गर्न सकिन्छ । स्वयम् आफ्ना बारेमा चिनारी दिने अथवा भविष्यको लक्ष्य बताउने जस्ता बुँदाहरू बनाएर परिवारका सदस्यलाई सुनाउन  पनि सकिन्छ ।

घ. सृजनात्मक चिन्तनः

कोरोना रोगका कारण भएको बन्दाबन्दी (लकडाउन) भई वालवालिका आफ्नो विद्यालय नजानु भएको धेरै भयो । यस अवस्थामा विद्यालयको वातावरण कस्तो भएको होला ? एक अनुच्छेद लेखेर मोवाइल वा टेलिफोनमार्पmत् आफ्नो मन पर्ने साथीलाई सुनाउन लगाउनुहोस् । यसैगरी कोरोना (कोभिड–१९) बाट मूक्ति’ शीर्षकमा एउटा अनुच्छेद लेख्न लगाई नेपाली विषय शिक्षण गर्ने आफ्ना शिक्षकलाई मोवाइल फोन गरी सुनाउन भन्न सकिन्छ ।

ङ. कार्यमूलक व्याकरणः

हिजो ठीक यसै समयमा आफू र परिवारका अरु सदस्यहरूले के के गर्दै हुनुहुन्थ्यो ? अपूर्ण भूतकालको प्रयोग गरी दस वाक्यमा वर्णन गर्न र परिवारका सदस्यहरूलाई सुनाउन लगाउनसहोस् ।

छ. बोलाइ सिप विकासः

साँझपख वालवालिकाका एकदमै मन मिल्ने दुईजना साथीहरूलाई पालैपालो फोन गर्न भन्नुहोस् । उहाँका परिवारका सदस्यहरूकोदिनचर्या र ती दुई साथीहरूले दिनभर गर्नु भएको क्रियाकलापका बारेमा बुँदामा टिपोट गरी अर्को मन पर्ने साथीलाई फोन गरी सुनाउन भन्नुहोस् ।

ज. विश्लेषणत्मक सिप विकासः

कोरोना रोगका कारण भएको बन्दाबन्दी (लकडाउन) का अवधिमा घरमा बस्दा वालवालिकाले टिभीमा कुनकुन कार्यव्रmम वा चलचित्र वा खेल हेरेका छन् ? सोको सूचि तयार पार्न लगाई तिनीहरूमध्ये सबभन्दा मन परेको कार्यक्रम वा चलचित्र वा खेल कुनकुन हसन् ? त्यसका कुनकुन कुरा मन प¥यो ? पाँचवटा बुँदा तयार गरी साथीलाई सुनाउन लगाउनुहोस् ।

झ. सिर्जनाः

वालवालिकालाई आफ्ना दुईजना साथी वा साथीका बाबाआमालाई फोन गरी चार ओटा गाउँखाने कथा र त्यसका उत्तर सोध्न लगाउनुहोस् र घरपरिवारका सदस्यहरूलाई सोधी गाउँ जित्ने प्रयास गर्ने खेल खेलेर मनोरञ्जन प्रदान गर्न सकिन्छ । यसैगरी कोरोना रोगका कारण भएको बन्दाबन्दी (लकडाउन) का अवधिमा घरमा बस्दा वालवालिकाले टिभी, रेडियो, एफ.एम. वा युटुवबाट देखेसुनेको आफुलाई मन परेको कविता वा गीत राम्रा अक्षरमा लेखी वाचन गर्ने र लेखपढ गर्न जान्नुभएको घरपरिवारको सदस्यलाई देखााउन भन्न सकिन्छ ।आफूलाई मनपर्ने विषयमा कुनै एक गीत वा कविता लेखेर परिवारका सदस्य वा साथीलाई सुनाउनुले पनि वालवालिकाको सिर्जना तथा भाषिक सिपको विकास हुन्छ ।

 

३. अंग्रेजी भाषा शिक्षणः

अंग्रजी भाषा हामी नेपालीहरूका लागि नचिनेको पाहुनाजस्तै हो । यसको प्रयोग नेपालमा विशेषगरी विद्यार्थीहरूले अनिवार्य विषयका रूपमा पढ्नुपरेका कारण गृहकार्य गर्ने क्रममा धेरै हुन्छ । सामान्यतया अंग्रेजी माध्यममा शिक्षण हुने विद्यालयमा अंग्रेजी भाषाको पाठ्यपुस्तकको प्रयोगका कारण धेरै मात्रामा अंग्रेजी प्रयोग गर्ने अवसर विद्यार्थीलाई हुन्छ । सामान्यतया घरमै बन्दाबन्दीको अवस्था रहेको बेलामा समेत अंग्रेजी भाषाको अभ्यास र सिप विकासका लागि तल उल्लेखित क्रियाकलाप सहयोगी हुने छन् ।

क. कथाकथन र लेखनः

अभिभावकले जानेका धेरै कथाहरू छन् ।, गाउँठाउँमा प्रचलित कथा, बच्चा सुताउने कथा, मेलापात गर्दा भनिने कथा आदि धेरै छन् । ती कथा वालवालिकालाई सुनाउने र वालवालिकाले पछि बताउने वा ठूलो कक्षाका वालवालिकाले लेखेर सुनाउने गर्न सकिन्छ । वालवालिकालाई कथा मन पर्ने र सबै कक्षामा कथा पढाउने लेखाउने चलन भएकोले घरमै कथाकथन र लेखन अभ्यास गराउनु आवश्यक छ ।

ख. वर्णनातमक लेखनः

अभिभावकले आफु वा समाजको कुनैपनि समयमा भएको घटनाको बारेमा वर्णन गरिदिने र वालवालिकाले यसलाई सरल वाक्यमा लेखेर पढ्न सक्छन् । यसप्रकारको क्रियाकलाप अंग्रेजी तथा नेपाली भाषा सिप विकासका साथै सामाजिक अध्ययनमा समेत उपयोगी हुनेभएकाले समाज र राष्ट्रमा भएका महत्वपूर्ण घटनाका बारेमा जानकारी गराउने र वालवालिकालाई बोलेर वा लेखेर राख्न लगाउन सकिन्छ । यही क्रियाकलापमा अभिभावकको वर्णनलाई मोबाइलमा रेकर्ड गरेर पछि वालवालिकाले सुन्दै लेख्दै गर्न पनि सकिन्छ । यसरी घटना वर्णनका अतिरिक्त कुनै स्थानको परिचय दिने, धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानको विशेषता र महत्वका बारेमा परिचय दिने र वालवालिकाले बोलि वा लेखन विधिमा प्रस्तुत गर्ने गर्न सकिन्छ । अथवा आँगनको वीचमा वा कुनै अग्लो स्थानमा उभिएर चारैतिर हेर्न लगाउनुहोस् । के देखियो त्यही लेख्न लगाइएरु सुन्नुहोस् । आफुले नजाने पनि सुन्न खोज्नुहोस् । वालवालिकाले सरर्र भन्न सक्दछन् होला ।

ग. जीवनीः

वालवालिकालाई परिवारका कुनै सदस्यका बारेमा उनीहरूको वाल्यकाल, शिक्षा, पेशा, रुचि र महतवपूर्ण यादगारहरू सोध्न लगाउने र ती बुँदाका आधारमा केही अनुच्छेदसहितको पाठ लेख्न लगाउन सकिन्छ । वालवालिकाले आफ्नै परिवारका सदस्य, मामामाइजु, अंकलआन्टिका बारेमा जान्न चाहन्छन् ।

घ. एकिकृत भाषिक सिप विकासः

वालवालिकालाई अंग्रेजी भाषामा आउने समाचार सुन्न वा हेर्न लगाउने र सँगसँगै टिपोट गर्न लगाउने । यसरी टिपेको मुख्यमुख्य समाचारलाई समाचार रिपोर्टका रूपमा लेख्न लगाउने र आफुलाई मन पर्ने साथीलाई फोनबाट सुनाउन लगाउने गरियो भने वालवालिकाको सुनाइ, बोलाइ, लेखाइ, पढाइ सबै भाषिक सिपको विकास हुन्छ ।

ङ. प्रक्रिया लेखनः

वालवालिकालाई खाना पकाउँदा सबै प्रक्रिया अवलोकन गर्न भन्नुहोस् । त्यसपछि खानामा प्रयोग भएका पदार्थको सूचि निर्माण, खाना पकाउने विधि र यस्काृे स्वाद आदिको वर्णन गर्न लगाउनुहोस् । त्यस्तै अन्य क्रियाकलापहरू जस्तै साइकलको टायर फेर्ने, चिया पकाउने आदि प्रक्रियाको बुँदागत टिपोट गर्न लगाउन सकिन्छ ।

च. विज्ञापनः

तपाईंका घरमा तेलको पोका, सलाईको बट्टा आदि जे जे सामानमा कम्पनिको प्रचारप्रसार सामग्री छ वालवालिकालाई हेर्न भन्नुहोस् । त्यस्तै प्रकारको सामान अर्को कम्पनिबाट उत्पादन गरेर कस्तो विज्ञापन बनाउनुपर्ला ? लेख्न भन्नुहोस् । लेखाइमा अलि डिजाइन मिलाउन लगाउनुहोस् ।

छ. समिक्षालेखनः

वालवालिकालाई कुनै सिनेमा हेर्न लगाउनुहोस् । यसैगरी उनीहरूले कुनैपनि पुस्तक पढ्न सक्छन्् । यस्तै कुनैपनि गित सुन्न सक्छन् । यी सामग्री कुनैपनि भाषामा हुनसक्छन् । त्यसपछि वालवालिकालाई त्यो सिनेमा वा पुस्तक वा गितमा कुनकुन पक्ष वा घटना वा पात्र मन प¥यो र किन भनेर जवाफ माग्नुहोस् । यो जवाफलाई लेखेर सुनाउन लगाउनुहोस् । यस्तै लकडाउनमा धरमै बस्दा अनुभूति गरेको विषयवस्तुका बारेमा साथी वा शिक्षकलाई चिठि लेखेर पठाउन लगाउन सकिन्छ ।

 

४. गणितः

गणित विषयलाई धेरै विद्यार्थीले अति अप्ठेरो विषयका रूपमा लिने र प्रायः गणित विषयको गृहकार्य पनि नगर्ने हुनाले अहिले परीक्षामा अनुतिर्ण हुने विद्यार्थी धेरे भेटिन्छन् । तर वास्तवमा गणित विषय राम्रो उच्च शिक्षाका लागि अनिवार्य र अत्यन्त व्यवहारिक विषय हो । तसर्थ लकडाउनका बेलामा घरमै बसेर गर्न सकिने केही क्रियाकलाप तल दिइएको छ ।

क. व्यवहारिक हिसाबः

घरमा विद्युत सेवा छ भने विद्युतमिटर दैनिक चेक गर्ने, त्यसका आधारमा मासिक खपत कति हुन्छ निकाल्ने । यसैगरी एक युनिटको महसुल कति लाग्छ ? यसका आधारमा मासिक शुल्क कति लाग्ला ? वा मासिक शुल्कका आधारमा वार्षिक शुल्क कति लाग्ला ? यस्तै पानीको शुल्क तिर्नुपर्ने ठाउँमा पानीको खपत र महसुल हिसाब गर्न सकिन्छ । त्यसैगरी दुध, घिउ, तेल आदि उपभोग्य वस्तुको दैनिक, मासिक र वार्षिक परिमाण इकाइ र शुल्कको हिसाब निकाल्न लगाउन सकिन्छ ।

ख. मापनः

वालवालिकालाई घरमा भएका खाट, बाकस आदिको लम्बाइ, चौडाइ, उचाइ आदि नाप्न लगाई आयतन निकाल्ने, ती वस्तुले ओगटेको ठाउँको लम्बाइ र चौटाइ मापन गरी क्षेत्रफल निकाल्ने, आफु बस्ने कोठाको आयतन, सिंगो घरकै लम्बाइ, चौडाइ र उचाइ हिसाब गरी आयतन निकाल्ने, आँगनको षेत्रफल निकाल्न लगाउने आदि क्रियाकलापबाट मापनसम्बन्धि धेरै अभ्यास गराउन सकिन्छ ।

ग. इकाइ परिवर्तनः

हाम्रा परम्परागत मापन इकाइहरू मानापाथी, हात आदिबाट आधुनिक इकाइ पद्धति किलोग्राम, लिटर, मिटर आदिमा परिवर्तन गर्ने अभ्यास गराउन सकिन्छ ।

घ. सेटः

वालवालिकाले घरमै भएका भान्सामा भएका विभिन्न भाँडाहरू, अन्य सामग्री, कोठाभित्रका वस्तु, गोठमा भएका जनावर, कुखुरापरेवा आदिको सेट निर्माण गर्न सकिन्छ । सेट निर्माणको आधार व्याख्या गर्न सकिन्छ ।

ङ. ब्याजः

वालवालिकाले घरमा भएका वील, तमसुक आदि हेरेर व्याज हिसाब गर्ने गर्न सक्छन् । अथवा व्याज प्रतिशत हेरेर चुक्ता गर्नुपर्ने कूल रकम निकाल्न सक्छन् । विभिन्न विल हेरेर कर आदिबाट लागेको दस्तुर हिसाब गर्न सक्छन् ।

च. वस्तुका आकारप्रकारः

वन्दका बेलामा वालवालिकाले घरमा भएका विभिन्न वस्तुको आकार प्रकार वर्गीकरण गर्ने र ती वस्तुहरूको क्षेत्रफल, आयतन र परिधि निकाल्न सक्दछन् ।

 

५. विज्ञानः

विज्ञान विषय अति व्यवहारिक र उच्च शिक्षाका लागि अनिवार्य विषय हो । विज्ञानका धेरै विषयवस्तु हाम्रा दैनिक जीवनका क्रियाकलपहरूको अवलोकन गरेर ती व्यवहारको सूत्रवद्ध प्रतुति हो । सतर्थ बन्दाबन्दीका बेलामा समेत वालवालिकाले विज्ञानसम्बन्धित क्रियाकलाप गर्न सक्ने देखिन्छ ।

क. मापनः

कुनैपनि वस्तुको मापनका लागि प्रयोगमा आउने उपकरणको नाम, कार्य, इकाइ आदिका बारेमा बताउने र ती मापन औजारको प्रयोग गरी वस्तुहरूले ओगटेको क्षेत्रफल निकाल्ने, आयतन निकाल्ने, तौल निकाल्ने जस्ता क्रियाकलापमा वालवालिकालाई संलग्न गर्न सकिन्छ ।

ख. साधारण यन्त्रः

दैनिक जीवनमा प्रयोगमा आउने कुनकुन साधारण यन्त्रको प्रयोग घरमा भैरहेको छ सूची बनाउन लगाउने र ती यन्त्रको उपयोगका बारेमा टिप्पणी गर्न लगाउने । यसका साथै ती यन्त्रका कार्यका बारेमा पनि छलफल गर्न लगाउन सकिन्छ ।

ग. विद्युतः

यदि घरमा विद्युतको प्रयोग भएको छ भने र वालवालिकाले विद्युत उत्पादन परियोजनाको अवलोकन भ्रमण गरेका छन् भने उनीहरूलाई विद्युत उत्पादनका बारेमा सोध्ने र टिपोट गर्न लगाउन सकिन्छ । नेपाललाई जलस्रोतका माध्यमबाट धनि बनाउन कसरी सकिएला ? चिन्तन गर्न लगाउने र छलफल गर्ने । यदि इन्टरनेटको सुविधा छ भने विद्युत उत्पादन प्रक्रिया हेर्न लगाएर व्याख्या गर्न लगाउन सकिन्छ । घरमै भएका कुनै वस्तुमध्ये केही सुचालक र केही कुचालकको नाम सूचिवद्ध गर्न लगाउन सकिन्छ ।

घ. शक्तिः

घरमा उपलब्ध र प्रयोगमा आइरहेका शक्तिका स्रोतको सूचि बनाउन लगाउने र ती स्रोतबाट कस्ता प्रकारका शक्ति पैदा भएको र के का लागि उपयोग भएको छ कपिमा टिप्न लगाउने । त्यसैगरी घरमा भएका दिप्त र अदिप्त वस्तुहरूको वर्गीकरण गरी सूचि निर्माण गर्न लगाउन सकिन्छ ।

ङ. वनस्पतिः

वनस्पतिका विभिन्न आधारमा वर्गीकरण गरी नामसहित सूचि बनाउन लगाउन सकिन्छ । घर वरपर घुमफिर गरी विरुवा, फूल आदिका विभिन्न भागहरूको पहिचान गर्न लगाउने, चित्र कोर्न लगाउने, हर्वेरियम निर्माण गर्न लगाउने, विउ रोपेर विरुवा हुर्काई अभिलेख राख्न लगाउन सकिन्छ । घरमा पाइने अन्न, सागसब्जी, फलफुल आदिको वर्गीकरण, अंगहरू पहिचान र चित्रलेखन आदि कार्य सम्भव हुन्छ ।

च.समय:

घरमा भएका विभिन्न वस्तुका विचमा इकोसिस्टम कायम गर्न सहयोगी प्रक्रियाका बारेमा सचित्र वर्णन गर्न लगाउने, उपलब्ध जीवजनावरका आधारमा आहारचक्र सचित्र बनाउने, विरुवा, किरा आदिको जीवनचक्र सचित्र वर्णन गर्ने आदि कार्य गर्न सकिन्छ ।

छ. स्वास्थ्य र सरसफाइः

मानिसको वैयक्तिक स्वास्थ्य, पौष्टिक आहार पिरामिड निर्माण गर्ने र घरमा खाइने खानाको अभिलेख राखी पौष्टिक आहारको पक्षबाट विश्लेषण गर्ने, वानी व्यवहारलाई वैयक्तिक स्वास्थ्यका हिसाबले विश्लेषण गर्ने, भाञ्सा, कोठा आदिको सरसफाइ हेरी सरसफाइमा संलग्न हुने, घर वरिपरिको वातावरणीय सरसफाइमा ध्यान दिने, घरबाट उत्सर्जित फोहोरको वर्गीकरण गरी व्यवस्थापनका लागि आवश्यक तयारी गर्ने, फस्ट एड बाकस निर्माण, औषधि संकलन र उपयोगको वानी बसाल्ने लगायतका स्वास्थ्यसम्बन्धि कार्यमा वालवालिकालाई संलग्न गराउन सकिन्छ ।

ज.दिन रात:

हरेक दिन कति बजे सूर्योदय हुन्छ र सूयास्त कति बजे हुन्छ टिपोट गर्ने, करिव एक महिनापछि फरक पत्ता लगाउने । त्यस्तैगरी हरेक रात चन्द्रमाको आकार हेरी चित्र कोर्ने र फरक देखिएको बारेमा चिन्तन गर्ने, सम्भव भएमा कारणसहित विश्लेषण गर्ने गर्न सकिन्छ । ग्रहण कसरी लाग्छ भन्ने परीक्षण गर्न सकिन्छ ।


झ. प्रयोगात्मक अभ्यासः

न्युटनका तीन सिद्धान्त, चाप सिद्धान्त, साधारण यन्त्र लगायत जति पनि प्रयोगात्मक विषयवस्तु छन् घरमा सम्भव भएसम्म प्रयोग गर्ने र प्रयोग विधि र नतिजाका बारेमा टिपोट गर्न प्रेरित गर्नु आवश्यक छ ।

यी केही उदाहरण नमुनाका रूपमा उल्लेख गरिएको छ । यी नमुना क्रियाकलाप खास गरी माध्यमिक तहका विद्यार्थीका लागि उपयोगी छन् । शिक्षकहरूले यस्तै थप सामग्री समेत निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । हरेक शिक्षकले आफूले अध्यापन गर्ने विषयका बारेमा घरमै गर्न सकिने क्रियाकलापको टिपोट गर्ने, सम्भव भएका इन्टरनेट, टेलिभिजन, रेडियोजस्ता माध्यमबाट र सामग्री वा क्रियाकलाप छिमेकमा पठाएर हल्ला गरेर आम विद्यार्थीमा पुग्ने गरी वितरण गर्नु आवश्यक छ । कतिपय स्थानीय सरकारको सहयोगमा स्थानीय शिक्षकहरूले टोलटोलमा दूरी कायम गरेर यस्ता क्रियाकलाप वितरण गर्न सकियो भने वालवालिकाहरूघरमै केही रचनात्मक कार्यमा संलग्न हुने र उनीहरूको संवेगात्मक भावनालाई सहजीकरण हुनुका साथै सिकाइ प्रक्रियालाई समेत सहजीकरण हुने देखिन्छ । लकडाउनकै क्रममा सम्भव भएमा र नभएमा विद्यालय नियमित सञ्चालनमा आएपछि शिक्षकले विद्यार्थीले लकडाउनका समयमा गरेका क्रियाकलाप र रिपोर्टहरूको परीक्षण गर्नुपर्ने हुन्छ । उदार तथा लचक तरिकाले ती सामग्रीका आधारमा विद्यार्थी मूल्याङ्कन गर्न पनि सकिन्छ ।

(प्रस्तुत सामग्री शिक्षा तालिम केन्द्र, रुपन्देही अन्तर्गत पाल्पा शाखाका प्रशिक्षक गोपालप्रसाद वश्यालद्वारा संयोजन एवम् सम्पादन गरी तयार गरिएको हो । यसमा शाखाका रोष्टर प्रशिक्षकहरू हरिप्रसाद घिमिरेले नेपाली, गोपालप्रसाद वश्याल र हरिप्रसाद घिमिरेले अंग्रेजी, हरिलाल गैरेले गणित, कपिल कुँवरले विज्ञान र विष्णुप्रसाद पोखरेल र भिमलाल बस्यालले सामाजिक अध्ययन विषय क्रियाकलाप निर्माणमा योगदान गर्नुभएको छ ।)

 

स्रोत : newsbutwaltoday.com



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login