बालबालिकाले घरमै सिक्न सक्ने १०१ जीवनोपयोगी सीप(part-२)

बालबालिकाले घरमै सिक्न सक्ने १०१ जीवनोपयोगी सीप(part-२)

अभिभावकज्यू,
यो भन्दा अगाडिको पोष्टमा मैले बालबालिकाले घरमै गर्न वा सिक्न सक्ने ५० ओटा जीवनोपयोगी सीपको कुरा गरेको थिएँ। आज बाँकी उल्लेख गरेको छु । अघिल्लो पोस्ट हेर्न पाउनु भएको छैन भने मेरो Timeline मा गएर हेर्न सक्नु हुनेछ।
मैले उल्लेख गरेका सीप सोझै नभएर विभिन्न गतिविधि मार्फत अप्रत्यक्ष रुपमा सिकाउन सकिन्छ । कुनै समस्या आएमा avi.ghimire@gmail.com मा इमेल गरेर सोध्न पनि सक्नु हुनेछ ।

बांकी सीपहरु यहाँ हेर्न सक्नुहुनेछ।
☑️पेशा/व्यवसाय तथा आयमुलक गतिविधि
५१. विभिन प्रकारका पेशा तथा व्यवसाय सम्बन्धी जानकारी राख्ने,
५२. जीवनको लक्ष निर्धारण गर्ने,
५३. निर्धारण गरिएको लक्ष अनुरुप आफूलाई योग्य र क्षमतावान बनाउन लागि पर्ने,
५४. आय आर्जनका विविध तरिका बारे खोज्ने
५५. आफूसंग भएका स्थानीय स्रोतलाई कसरी व्यवसायिकता दिन सकिन्छ भनेर योजना बनाउने,
५६. वस्तु तथा सेवाको उत्पादन तथा वितरणबारे जानकारी राख्न खोज्ने,
५७. विक्रीवितरण सम्बन्धी सामान्य जानकारी राख्ने,
५८. विभिन्न स्कीम बनाएर सोही अनुसार विक्री वितरण गर्ने क्षमता राख्ने,
५९. नाफा तथा घाटाका विषमा राम्रो हेक्का र जानकारी राख्ने

☑️समुदाय तथा वातावरणप्रतिको उत्तरदायित्व
६०. सामाजिक कार्यमा रुचि राख्ने,
६१. वातारणीय सरसफाई बारे सचेत रहने र सरसफाई कार्यक्रममा सहभागी हुने,
६२. जीवजन्तु तथा वनस्पतिले वातावरणमा पार्ने प्रभावबारे ज्ञान राख्ने,
६३. वातावरण, जीवजन्तु तथा बोटविरुवाको संरक्षणमा सहभागी हुने,
६४. वातावारणको संरक्षणबारे समुदायका अन्य सदस्यलाई सिकाउने, जनचेतना जगाउने
६५. वातावरणमा वनस्पति, बोटविरुवा, जीवजन्तुबीच रहेको अन्तरसम्बन्धबारे ज्ञान राख्ने,
६६. सामाजिक कार्यमा सहभागी हुने, विवाह/व्रतबन्ध लगायत विविध कार्यका बारे जानकारी राख्ने,
६७. दिएको जिम्मेवारीलाई पूर्ण रुपमा निर्वाह गर्न सक्ने,
६८. कुनै पनि कामलाई सम्मान गर्ने, सानो ठुलो नभन्ने र जिम्मेवारी लिन सधैं तत्पर रहने

☑️शारीरिक तथा मानसिक स्वास्थ्यसम्बन्धी असल बानीहरु
६९. नियमित रुपमा विभिन्न शारीरिक व्यायाम तथा कसरत गर्ने, योग तथा ध्यान गर्ने,
७०. शारीरिक विकास सम्बन्धी ज्ञान राख्ने,
७१. स्वास्थ्यलाई हानी गर्ने धुम्रपान, मध्यपान लगायत गलत खानपानका विषयमा जानकारी राख्ने,
७२. सन्तुलित भोजनका बारेमा ज्ञान राख्ने र सोही अनुरुप खानपिनको बानी बसाल्ने,
७३. व्यक्तिगत सरसफाइका विषयमा ज्ञान राख्ने र व्यबहारमा पनि पालन गर्ने,
७४. आफ्नो घर, कोठा तथा घर वरिपरिको वातावरण सफा राख्न प्रयत्न गर्ने,

☑️आपसी सहयोग तथा सहकार्य
७५. समूहमा काम गर्ने, सहकार्य गर्न रुचाउने,
७६. दिएको जिम्मेवारी समूहको सहयोगमा पूरा गर्ने,
७७. समूहका साथीलाई उत्प्रेरणा दिने, हौसला प्रदान गर्ने,
७८. समूहप्रति बफादार हुने, समर्पित रहने,
७९. आफूले जानेका र सिकेका कुरा समूहलाई सिकाउने,
८०. साथी तथा अन्य व्यक्तिलाई सहयोग गर्न हरदम तयार रहने,
८१. साथी तथा अन्य व्यक्तिलाई आवश्यक पर्दा सृजनात्मक सुझाव दिन सक्ने,
८२. समूहमा आफूलाई परेका समस्या राख्न सक्ने र सहयोग लिन सक्ने

☑️भावनात्मक, अन्तरवैयक्तिक सीप
८३. अन्य व्यक्ति, समूहमा आफ्नो परिचय निर्धक्क साथ् राख्न सक्न्ने,
८४. नयाँ साथीसंग कसरी प्रस्तुत हुने भनेर जान्ने,
८५. अन्य व्यक्तिको भावना, विचार, दृष्टिकोण बुझ्न सक्ने,
८६. विविध जात जाति, रहनसहन, संस्कृति तथा भाषा बोल्ने व्यक्तिसंग पनि निर्धक्कसंग बोल्न सक्ने,
८७. शारीरिक अपाङ्गता भएका व्यक्तिको भावना र विचार बुझ्न सक्ने, उनीहरुलाई सम्मान गर्ने,
८८. अन्तरक्रिया तथा छलफल गर्दा विभिन्न हाउभाउ, भाव तथा प्रस्तुतिमा रहने,
८९. उच्च आत्मविश्वास तथा व्यक्तित्व झल्काउने,
९०. आफ्ना विचार र दृष्टिकोण दृढताका साथ राख्न सक्ने,
९१. आफ्ना विचार र दृष्टिकोणलाई सरल, सहज तथा प्रष्टसंग राख्ने क्षमता निर्माण गर्ने,
९२. छलफल तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुने
९३. आफ्ना विचारलाई सन्तुलित र तार्किक रुपमा राख्न सक्ने,
९४. समसामयिक विषयमा तार्किक ढंगले बहस गर्न सक्ने,
९५. अरुको प्रस्तुति र विचारलाई विभिन्न आयामबाट मूल्याङ्कन गर्न सक्ने,
९६. सामूहिक तथा व्यक्तिगत धारणा सुनेर आफ्नो ढंगले निष्कर्ष निकाल्न सक्ने,
९७. कस्ता विचार सही वा गलत भनेर छुट्ट्याउन सक्ने,

☑️भविष्यका बारे तयारी
९८. भविष्यका बारे सोच्ने
९९. पछि हुन सक्ने सम्भावित अवस्थाको आंकलन गरेर पूर्व तय्यारी गर्ने,
१००. पछिका निम्ति जोहो गर्ने,
१०१. स्पष्ट दूरदृष्टि निर्माण गर्न सक्ने

✍️ अभिषेक घिमिरे (लेखक )



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login