विद्यार्थी भर्ना तथा परीक्षा सम्बन्धमा मन्त्रालयको पत्र

विद्यार्थी भर्ना तथा परीक्षा सम्बन्धमा मन्त्रालयको पत्र


नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
सिंहदरबार, काठमाडौ, नेपाल


विद्यार्थी भर्ना तथा परीक्षा सम्बन्धमा ।


कोभिड–१९ को संक्रमग रोकथामका लागि लकडाउनको अवस्था रहेको र लामो समयदेखि देशभर विद्यालयहरू बन्द भएको सन्दर्भमा परीक्षा तथा विद्यार्थी भर्नाको विषयलाई लिएर उठाइएका विषयहरूका सन्दर्भमा यस मन्त्रालयको मिति २०७७।०१।२२ को माननीय मन्त्रिस्तरीय निर्णयानुसार देहाय बमोजिमको व्यहोरा जानकारी एवम् कार्यान्वयन गर्ने गराउने व्यवस्थाका लागि यो सूचना प्रकाशित गरिएको छ ।


१) हाल सबै विद्यालयहरूको भर्ना तथा पठनपाठन स्थगित रोको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा या तहमा नयाँ भर्ना नगर्न, नगराउनु हुनका साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरू नगर्नु, नगराउनु हुन सूचित गरिन्छ ।


२) कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११ तथा १२ का परीक्षाहरू स्थगित रहेको अवस्थामा मन्त्रालयबाट वस्तुस्थितिको सुक्ष्म अध्ययन र परामर्श लिने कार्य जारी रहेको हुँदा परीक्षा संचालन सम्बन्धमा हालसम्म कुनै अप वा नयाँ निर्णय नभएको व्यहोरा जानकारी गराइन्छ । म संस्थागत विद्यालयहरूले माध्यमिक तहसम्मको एक महीनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनी नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई आवश्यक जानकारी दिनुहुन सूचित गरिन्छ ।


दीपक शर्मा
सहसचिव एवम् प्रवक्ता



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login