50. गाई

50. गाई

  1. गाई

गाई एउटा घरेलु चौपाया हो । यो नेपालको राष्ट्रिय जनावर पनि हो । गाई निकै उपयोगी जनावर हो । जिवित हुँदा गाईले दुध दिन्छ । दुध, दही, घ्यू, र मोही बच्चा र बुढा सबैको निम्ति पोषिला खानेकुरा हुन् । गाईको गोबर राम्रो मल हो । यसले बाली उब्जनी राम्रो गरेर अरु खानेकुरा प्रदान गर्न सहयोग गर्छ । गाईको छोरा गोरुको प्रयोग खेत जोत्नको लागि हुन्छ । मृत भएपछि पनि गाईको छाला र हड्डी कपडा, टाँक आदि बनाउन प्रयोग हुन्छ । यसरी हाम्रो खानेकुरा र दैनिक जीवनको निम्ति गाईको निकै महत्व छ ।

गाई एउटा घरपालुवा तथा स्तनधारी जनावर हो । गाईलाई दुध, गुइठा र कम्पोस्ट मलका लागि पाल्ने गरिन्छ । यसका अलावा गाईको छाला समेत उपयोगि हुन्छ । यो जनावरको भाले पशुलाई साँढे वा गोरु भनिन्छ । गोरुलाई गाडाहरू तान्ने र खेत बारीमा जोत्ने काममा प्रयोग गरिन्छ । गाई हिन्दुहरूको पुज्य पशु हो । गाई नेपालको राष्ट्रिय जनावर हो । हिन्दुहरूले गाईलाई लक्ष्मीको रूपमा मान्नेगर्दछन् । नेपालमा गाई तिहारको दिन गाईको पूजा धुमधामले गरिन्छ । दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक रूपमा एक गिलास दुध पिउनाले मष्तिष्कलाइ निकै फाइदा गर्छ । गाईको दुध त्यसै कारणले पनि प्रसिद्ध छ। पश्चिमी राष्ट्र र मुश्लिम समुदायमा गाई माशुका लागि पनि गाई प्रयोग गरिन्छ ।

यसका चार ओटा खुट्टा, दुई-दुई ओटा सिंग, कान र आखा हुन्छन् । कुनै गाई त मुडुला पनि हुन्छन् । यसको थुतुनो लाम्चो आकारको हुन्छ। यसको कान लामो हुन्छ र पुच्छर पनि लामो हुन्छ। गाईको घाँटीमा तल्लोपट्टि लामो मासुको भाग झुण्डिएको हुन्छ, त्यसलाई माल भनिन्छ । गाई नेपालको राष्ट्रिय जनावर पनि हो ।

गाई शाकाहारी प्राणी हो । यसले हरियो घाँस, पराल, भुस्सा कंडो खान्छ । यसलाई हरियो घास खुब मनपर्छ । त्यसैले बन, पाखा, चउर आदिमा चर्न पनि त्यत्तिकै मन पराउँछ । गाई विभिन्न आकार, प्रकार र रड़का हुन्छन् । लेकतिर पाइने गाईलाई चौरीगाई भनिन्छ । चौरी गाईको भालेलाई याक भन्ने गरिन्छ । नेपालको हिमाल, पहाड, तराई, उपत्यका सबै ठाउँमा गाई पालन गरेको देखिन्छ। हिजोआज हाइब्रिड जातका दुधालु गाईहरू पाल्ने चलन बढ्न थालेको पाइन्छ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login