- Home
- Show Content
52. मेरा हजुरबुबा
52. मेरा हजुरबुबा
मेरा हजुर बुबा निकै बुढा हुनुहुन्छ । मेरा हजुर बुबाले मलाई असाध्यै माया गर्नु हुन्छ । हजुर बुबाका चाउरी परेका मायालु हातले मेरा गालामा मुसार्दा मलाई कति धेरै आनन्द आउँछ । उहाँले मलाई हातमा समातेर डुलाउनु हुन्छ । उहाँ कहिलेकाहिँ मलाई पहिले पहिलेका कुरा सुनाउनु हुन्छ । मलाई हजुर बुबाका पहिले पहिलेका कुरा सुनेर अनौठो लाग्छ । हजुर बुबाका पालामा त एक रुपियाँमा सय ओटा मिठाइँ पाइन्थे भन्ने कुरा सुन्दा मलाई लोभ लागेर आउँछ । हजुर बुबा आफू सानो छंदाका कुरा सुनाउँदा सुनाउँदै रमाउनु हुन्छ । म चाहिँ पहिलेको जमाना कस्तो थियो होला भनेर मनमनै सोच्न थाल्छु । मेरो सानो दिमागले त्यसबेलाका कुराको कल्पना नै गर्न सक्दैन ।
मेरा हजुर बुबालाई देखेर मेरा मनमा धेरै धेरै कुरा खेल्छन । मेरा बाबाका बाबा मेरा हजुर बुबा हुनुहन्छ । मेरा बाबा त मेरा हजुर बुबाका छोरा हुनुहुन्छ । अहिले मेरा मनमा खेल्ने मुख्य कुरो के हो भने मेरा हजुर बुबाले पनि मेरा बाबालाई त्यस्स्तै माया गर्नु हुन्थ्यो होला जस्तो माया अहिले मलाई मेरा बाबाले गर्नु हुन्छ । त्यसबेला मेरा बाबालाई मेरा हजुर बुबाले काखमा राखेर डुलाउनु हुन्थ्यो होला । सानो छंदा मेरा बाबा पनि चकचक गर्नु हुन्थ्यो होला । धेरै धेरै चकचक गरेका बेला हजुर बुबाले मेरा बाबालाई गालामा चडकन पनि दिनुहुन्थ्यो होला । त्यसपछि बाबा धुरुधुरु रुनुहुन्थ्यो होला । यस्ता कुरा मनमा खेलाउँदा र सम्झदा अहिले मलाई सारै रमाईलो लाग्छ ।
मेरा हजुर बुबा बूढो हनुभएको छ र मेरा बाबा ठूलो हुनुभएको छ । मेरा बुबा अहिले सरकारी अफिसमा काम गर्नुहुन्छ । मेरा बाबालाई ठुलो मान्छे बनाउने हजुर बुबाको ठुलो धोको थियो रे। हजुर बुबाले चाहे जस्तै मेरो बुबा आहिले ठुलो मान्छे बन्नुभएको छ । उहाँले काम गर्ने ठाउँमा सबैले उहाँलाई असाध्यै माया गर्छन् । अफिसमा काम लिएर आउने मानिसको काम उहाँ सजिलैसँग गरि दिनुहुन्छ । सबैले बाबाको कामको राम्रो बयान गर्छन् । उहाँलाई ठुलो मान्छे र राम्रो मान्छे मान्छन् । बाबालाई सबैले राम्रोमान्छे भनि दिदा मेरा हजुर बुबा सुसीले गदगद हुनुहन्छ र उहाँ मुसुमुसु मुस्कुराउनु हन्छ ।
मेरा हजुर बुबा सधै हँसिलो र खुसी देखिनु हुन्छ । कहिले काही मात्र त्यतिबेला उहाँको अनुहार दुखी देखिन्छ जतिबेला टी भी मा बुढाबुढीलाई छोराछोरीले हेला गरेको समाचार आएको हुन्छ । आफूले पालेका आफ्नै छोराछोरीले हेला गरेर घरबाट निस्कनु परेको समाचार हेर्दाहेर्दै उहाँ टोलाउनु हुन्छ । उहाँका आँखा आँसुले टल्पलाएका हुन्छन् । उहाँ त्यस्तो दृश्य हेरिरहेका बेला भने निकै दुखी हनुहुन्छ । त्यतिबेला उहाँ मनमनै सोचि रहनुहन्छ होला कतै आफूलाई पनि छोराछोरीले हेला गर्ने हुन् कि ? तर मेरा बाबाले त हजर बुबालाई त्यसो कहिल्यै गर्नुहुन्न नि । मलाई माया गर्ने मेरा हजुर बुबालाई बाबाले हेला गर्नु भयो भने म पनि त हजुर बुबासगै हिडिदिन्छु नि ।
मेरा जस्तै सबैका घरमा हजुर बुबा हनुहोला । सबैले आफ्ना आफना बाबालाई र हजुर बुबालाई आदर गर्नुपर्छ । हेला गर्नु हुन्न । हामी पनि भोलि पर्सि ठुला भएर बाबा बनौला । हजुर बुबा बनौला । हामीले हाम्रा बाबालाई र हजुर बुबालाई आदर गरेनौं भने हामीलाई पनि हाम्रा छोरा नातिले आदर गर्ने छैनन् । हामीले आदर गर्यौं भने पछी गएर हाम्रा छोरा नातिले आदर गर्ने छन् ।
मेरा हजुरबुबा परिवारको आदरणीय व्यक्ति हुनुहुन्छ । हाम्रो पूर्वीय समाजमा त झनै हजुरबुबाको स्नेही सम्बन्धहरू सनातनकाल देखि नै दृश्टान्तका रुपमा रहेका छन् । महाभारतकालीन समयमा भीष्म पितामह आफना कौरब तथा पाण्डव नातिहरुको गुरु तथा मार्गदर्शकको रुपमा रहेको कुरा सर्वविदितै छ। मेरो परिवारमा पनि जीवनमा धेरै कुरा भोगिसक्नु भएका अनुभवी एवम् परिपक्व हजुरबुबा हुनुहुन्छ । उहाँहरूले आफ्ना अनुभवबाट बडो स्नेहपूर्वक मलाई जहिले पनि जीवनमा प्रगति गर्न र असल बन्न निरन्तर पेरणा दिइरहनु हुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review