53. आमा

53. आमा

  • जसको साथमा ममतामयी आमा हुन्छिन्, उ कहिल्यै पनि गरिब हुन सक्दैन । - अब्राहम लिंकन
  • मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु। - नेपोलिएन बोनापार्ट
  • दिल खोलेर रुनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो। - जोड़ी पिकोल्ट
  • मेरा लागि मेरी आमा सर्वगुण सम्पन्न व्यक्ति हुन् । - माइकल ज्याक्सन
  • बावुको माया पाउन तिमी योग्य हुनु पर्छ तर आमाले तिमी योग्य नभए पनि माया गरि रहन्छिन् । - रोबर्ट फ्रोष्ट

हरेक आमा महान हुन्छन् । नवजात शिशुले पहिले देख्ने पनि आमा, पहिले चिन्ने पनि आमा । पहिले संसार देखाउने पनि आमा, पहिले स्तनपान गराउने पनि आमा । परमानन्दको अनुभूति गराउने पनि आमा, शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने पनि आमा ।  "आमा"  यो एउटा यस्तो शब्द हो, जसले जती बयान गरे पनि नसकिने अर्थ आफै बुझाईदिन्छ । जन्म दिने या भनौ प्राण दाता मेरी आमा । आफ्नो वालवच्चाका लागि आफ्ना धेरै इच्छाहरु कुल्चेर बच्चाको खुशीमा रम्ने नै आमा हुन् । आमा यानी मेरो पहिलो शिक्षक । जसबाट मैले खान, बोल्न, हिड्न, महशुस गर्न, हरेक कुराबारे जान्न या भनौ जिन्दगीसंग डटेर लड्न अनमोल ज्ञान सिकें । मनका कुरा पढेर नभनीकन नै पुर्याई दिने मेरी आमा । मलाई सञ्चो नहुँदा, डर लाग्दा, कुनै चोटपटक लाग्दा रातभर नसुती बस्ने मेरी आमा । कहिलेकाही झूक्किएर मलाई पिट्दा पछि आफै रुने मायाकी खानी मेरी आमा । नौ महिना आफनो गर्भमा राखेर यो संसार देखाउने आमा नै हुन् । सबै बच्चाको पहिलो शब्द नै "आमा" हुदो रहेछ ।

आमा भनेको शब्द हो जसले सबैलाई भावनाहरूले भर्दछ। नेपाली शब्दकोश मा आमा लाई जननी,माता,महतारी ,जन्मदिने स्त्री का पर्यायका रूपमा अर्थाइएको छ । आमा पक्कै पनि सबैको जीवनमा सबै भन्दा महत्त्वपूर्ण व्यक्ति हुन्। आमाको बच्चाको लागि पक्कै पनि कुनै कुराको तुलना गर्न सकिँदैन। उनको माफीको स्तर अपरिवर्तनीय छ। एउटी आमा कुनै पनि गल्तीलाई क्षमा गर्न सक्षम छ। आमा सबैको जीवनमा सबैभन्दा महत्त्वपूर्ण महिला हुन्। एउटी आमाले आफ्नो बच्चाको लागि खुसीको त्याग गर्छिन्। अरू कसैले पनि आफ्ना बच्चाहरूको लागि आमाले जस्तै हेरचाह गर्न सक्दैनन्।

बच्चाको दुःखमा दुःखी हुने अनि एउटा सानो मुस्कानमा सबै दुःख विर्सने आमा नै हुन् । गल्ती गर्दा सम्झाएर राम्रो कुरा सिकाउने, असल बाटोमा हिडाएर ठूलो मान्छे बनाउने आमा नै हुन् । त्यसैले त भनाई नै छ नी ''आमा जत्तिको शत्तिशाली यो दुनियामा अरु कोही हुदैन'' किनकी मृत्युको मुखमा पुगेर पनि उसले आफ्नो सन्तानलाई जन्म दिन्छन् । हामीले कुनै कुरा आमावाट लुकाउन जतिसुकै कोशिस गरौ आमाले सबै कुरा हामीले नभनीकनै थाहा पाउनु हुन्छ । भगवानभन्दा माथिको स्थान भनेकै आमाको स्थान हो।

आमाको स्मरणले मात्र पनि भारी भएको मन हलुका हुने, जसको हातको स्पर्श मात्रले पनि आत्तिएको मन शान्त हुने हुन्छ । म सानो हुँदा मेरा कतिपय चाहना र सपना आमाले पुरा गरि दिनुहुन्थ्यो, अब आमाका सपना अनि चाहना मैले पूरा गर्नुछ । भगवानसंग यही प्रार्थना छ की आमाको मन खुशी पार्ने काम गर्न सकु।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login