५५. मानिसको मुख्य कर्तव्य सेवा

५५. मानिसको मुख्य कर्तव्य सेवा

सेवा शब्दले त्याग सहयोग र योगदानलाई जनाउँछ । त्याग मानवको लागि मानव समाजमा गरिन्छ । मानिस सार्वजनिक र सामाजिक प्राणी भएकाले उसको जीवनमा सेवाको महत्व अधिक हुन्छ । समाजमा एक अर्को व्यक्तिका बिचमा मानवता , आत्मियता , सहयोगीपन , अपनत्व र विश्वबन्धुत्वको भावनालाई चरमचुलीमा पु¥याउनको लागि मानव सेवा परम आवश्यक हुन्छ ।

मान्छे भएर मान्छेलाई गर्ने सहयोग पनि एक प्रकारको सेवा हो  मान्छेले सेवालाई एकदिनको लागि मात्र उपयोगमा ल्याएर हुँदैन । यसलाई आफ्नो जीवनको अभिन्न तत्व मानेर निरन्तर सेवा गर्न सकेमा जो कोहि पनि सफल बन्न सक्छन् । समाजसेवाले नै ठुला ठुला कार्य सम्पादन गर्न सकिने भएकाले समाज सेवाभित्र ठुलो आत्मिय शक्ति लुकेको हुन्छ । मानिस भएर समाजमा कुनै देन छोड्न सकिएन भने उसको जीवन सामाजिक बन्न सक्दैन । आफ्नो लागि गर्ने प्राणी त यो संसारमा धेरै नै छन् परन्तु मान्छेले आफ्नो लागि मात्र नभएर सर्वत्र क्षेत्रमा आफ्नो योगदान दिन सक्छ । यो उसको कर्तव्य पनि हो र मान्छेले गरेका सेवाबाट नै उसले मानिसको परिचय पाउँछ ।

समाजसेवा , स्वास्थ्य सेवा , साहित्य सेवा,शिक्षा सेवा आदि सेवाका प्रकार हुन सक्छन् । यिनै प्रकारभित्र मान्छे आफ्नो कर्तव्य सम्झेर परिश्रम गर्छ । फलत:उसले आफू, आफ्नो समाज ,राष्ट्र हुँदै विश्व परिवर्तन गर्न सक्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login