५६. मलाई मन पर्ने साहित्यकार

५६. मलाई मन पर्ने साहित्यकार

साहित्यकार र साहित्यिक कृतिहरु सबै राम्रा हुन्छन् तर मलाई मन पर्ने साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन्  । पण्डित तिलमाधव देवकोटा र अमर राज्यलक्ष्मी देवकोटाका सुपुत्रका रूपमा वि.सं. १९६६ साल कार्तिक २७ गते लक्ष्मीपूजा (औँसी) का दिन काठमाडौँमा जन्मिएका हुनाले उनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको थियो । उनको न्वारनको नाम तीर्थमाधव देवकोटा थियो । देवकोटा सानै उमेरदेखि लगनशिल, प्रतिभाशाली थिए । उनी सामान्य परिवारमा जन्मिएकाले उनको बाल्यकाल सुखमय बित्न सकेन । उनको औपचारिक शिक्षाको प्रारम्भ दरबार हाइस्कुलबाट भएको थियो भने उच्च शिक्षा उनले त्रि–चन्द्र कलेजबाट गरेका थिए । सन् १९२९ मा स्नातक तहको आफ्नो अध्ययन पूरा गरिसकेपछि सन् १९३१ मा छात्रवृत्ति लिएर अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्न भारतको पटना गए तर त्यहाँ उनले अङ्ग्रेजी विषयमा अध्ययन गर्न स्थान पाएनन् र कानून विषय अध्ययन गरे । देवकोटा स्वच्छन्द प्रकृतिवादी थिए, उनको सानैदेखि साहित्यमा रुचि थियो । उनले थुप्रै काव्यहरु, महाकाव्यहरु, निबन्धहरुको रचना गरी नेपाली साहित्यलाई उन्नत दिशामा डोर्याउन सफल भए ।  

लक्ष्मीप्रसाद देवकोटालाई आशु कवि पनि भनिन्छ । उनमा यस्तो सहित्यिक खुबी थियो उनले वर्षौँ लाग्ने शाकुन्तल महाकाव्य तिन महिनामै लेखेका थिए । उनको शाकुन्तल महाकाव्य नेपाली साहित्यिक जगतको पहिलो महाकाव्य थियो । सुलोचना महाकाव्य दश दिनमा र कुञ्जनी खण्डकाव्य एकै दिनमा रचना गरेका थिए । यिनका कृतिहरु मध्य मुनामदन सर्वोत्कृष्ट काव्य रचना हो । देवकोटा बहुमुखी र विपुल लेखक थिए ।  उनले नछोएको कुनै साहित्यिक विधा थिएन । उनले कविता र महाकाव्य मात्र रचना गरेनन् कथा, नाटक, निबन्ध, गीत, समालोचना आदि थुप्रै विधामा हात चलाएका थिए । यी मद्दे काव्य र निबन्धमा नै उनी परिचित छन् ।

 

 देवकोटा साहित्यमा मात्र नभएर शिक्षाका क्षेत्रमा पनि अग्रसर थिए । उनी शिक्षामन्त्री पनि भए र राणाशासनको विरोधमा लागि परे । उनले नै नेपालमा पहिलो विश्व विद्यालयको स्थापना गरेका थिए । देवकोटा काव्यगत भाषाहरुमा आफ्नै मौलिकपना ल्याउने गर्दथे । देवकोटाको जीवन सुख सुविधामा कहिल्यै बित्न सकेन, उनी साह्रै दानी थिए आफूसँग भएका वस्तु कसैले माग्यो भने सबै दिने गर्थे । यस्ता साहित्यका महारथी देवकोटेले वि.सं. २०१६ भाद्र २९ गते सधैँका लागि यो धर्तिबाट हामीबाट बिदा लिए । उनी यस धर्तिमा हामी माझमा नरहे पनि उनका साहित्यिक कृतिहरु सधैँ हाम्रा मन मस्तिष्कमा रहने छन् । त्यसैले मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्यकार मद्दे सबैभन्दा बढी मन पर्ने साहित्यकार हुन् ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login